प्रतापपुर गाउँपालिका अध्यक्षको सवारी दुर्घटनामा निधन

रामकुमार श्रेष्ठ
जेठ ३२, २०७७
102988506_349055472746459_8019340219280146008_n

नवलपरासी, ३२ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधन भएको छ ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवार कार आइतबार दुर्घटनामा परेको हो छ । दुर्घटनामा परि गाउँपालिका अध्यक्ष शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको उपचारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरीक्षक अजय केसीले बताए ।

शर्मासंगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको हो । अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जादैगर्दा कार दुर्घटनामा परेको हो ।

शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीषक राजु लामाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width