गण्डकीमा कोरोना संक्रमितमध्ये कुल १६ जना निको भइ घर फर्केका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति जारी गरी थप ५ जना निको भइ घर फर्केको जनाएको हो । यसअघि ११ जना डिस्चार्ज भैसकेका थिए।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १२ का २६ वर्षीय पुरुष शनिबार डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मध्यबिन्दु अस्पतालको आइसोलेसन कक्षमा राखी उपचार गरिँदैआएकोमा अस्पतालले डिस्चार्ज गरेको हो।
यस्तै, बागलुङ तमानखोला गाउँपालिका वडा ३ का २१ वर्षीय २ जना पुरुषहरु पनि निको भइ घर फर्किएका छन् । उनीहरुको बागलुङस्थित धौलागिरि अस्पतालमा उपचार हुुँदैआएको थियो।
काठमाडौंको ह्याम्स अस्पतालमा उपचारक्रममा कोरोना पुष्टि भएका पोखरा ८ निवासी ६० वर्षीय पुरुष पनि निको भएका छन्।
उता, गोरखा आरुघाट गाउँपालिका वडा २ का २५ वर्षीय पुरुषलाई पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डिस्चार्ज गरेको छ । कोरोना देखिएपछि उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका थिए।
प्रदेशमा १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
शनिबारसम्म प्रदेशमा १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारमात्र ५ नयाँ संक्रमित देखिएका हुन्।
हालसम्म ८ हजार १ सय ५० को नमुना संकलन गरिएकोमा २ हजार ५ सय २२ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेशमा स्याङ्जा वालिङका १ पुरुषको कोरोनाकै कारण मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पीसीआर चेक गरिएकामध्ये ५ हजार ४ सय ३१ को रिपोर्ट नेगेटिभ आएको छ।
Related News
सम्बन्धित समाचार
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१