स्याङ्जा, ३१ जेठ । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका– ५ स्वरेक स्थित नेटामा शनिवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
भीरकोट नगरपालिकाको बयँरघारी बजारबाट स्वरेक हिडेको ग २ च २३७३ नम्बरको महेन्द्रा जीप दुर्घटना हुदाँ भीरकाेट नगरपालिका ५ निवासी १६ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको हो । जीपमा सवार घाइते ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएकोे स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिमलराज कँडेलले जानकारी दिए ।
अर्यालको उपचारका क्रममा कालिका अस्पताल हेलुमा मृत्यु भएको हो । घाइते हुनेमा भीरकाेट ५ का शान्ति अर्याल, गीता अर्याल, पार्वती अर्याल, शोभा अर्याल, हिमकुमारी अर्याल र सुष्मा अर्याल रहेका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जीप सडकभन्दा २० मिटर तल खसेको थियो । जीप चालक प्रहरी नियन्त्रणमा छन् । उनीहरु सबै एकाघरका नातेदार रहेको बताइएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१