पोखरा, २४ जेठ । इभोलुसन डान्स क््रयू, बेलायतले पोखरा महानगरपालिका वडा नं. १, बगरमा बस्ने दृष्टिविहीन, गर्भवती र सुत्केरी तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
निश्चल गुरुङ नेतृत्वको सो नृत्य समूहले विभिन्न च्यारिटी कार्यक्रममार्फत् नृत्य प्रस्तुत गरी संकलन गरेको रकम नेपालमा सामाजिक कार्यमा खर्च गर्दै आएको छ । सोही अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका दृष्टिविहीन, अति विपन्न तथा गर्भवती र सुत्केरी गरी ४० जनालाई राहत वितरण गरिएको डान्स क््रयूका संयोजक निश्चल गुरुङका मामा लक्ष्मण गुरुङले जानकारी दिए ।
राहत अन्तर्गत साढे १२ किलो चामल, दाल, तेल, मसला, नुन र चाउचाउ वितरण गरिएको हो । सो अवसरमा निश्चलका हजुरबुबा समाजसेवी चम्फासिंह गुरुङ, हजुरआमा कन्याकुमारी गुरुङ, मामा लक्ष्मण गुरुङ, माइजू चन्दा गुरुङ, दीप आमा समूहकी अध्यक्ष विष्णु गुरुङ, समाजसेवी कल्पना बाँस्तोलालगायतले राहत वितरण गरेका थिए ।
बेलायतमा बस्दै आएका आफ्नो नाती निश्चल गुरुङले सानै उमेरमा सामाजिक कार्यमा लागिपरेकोमा आफूलाई खुशी लागेको उनका हजुरबुबा चम्फासिंह गुरुङले बताए । निश्चलले कोरोना भाइरस संक्रमणका कारण विश्व नै रोइरहेका बेलामा नेपालमा समस्यामा परेका दाजुभाइ तथा दिदीबहिनीलाई थोरै भएपनि सहयोग गर्न पाउँदा आत्म सन्तुष्टि मिलेको उल्लेख गरे । आफूले यसअघि, इन्द्रेणी कार्यक्रममार्फत् एक जना बिरामीलाई शल्यक्रियाका लागि १ लाख रुपैयाँ सहयोग गरेको र बगरको विन्दुवासिनी संस्कृत विद्यापीठमा विद्युतीय पुस्तकालयको स्थापना समेत गरिदिएको बताए । आगामी दिनमा पनि समस्यामा परेका दीनदुःखीका लागि निरन्तर सहयोग गरिरहने उनले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१