बुटवल, २२ जेठ । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ ।
अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचारबापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार १ गतेदेखि बन्द गर्ने घोषणा अस्पतालले गरेको हो । हाल प्रदेश नं ५ मा साढे ६ सयको हाराहारीमा मिर्गाैलाका बिरामी छन् । विपन्न वर्गका नागरिकलाई उपचार दिने सरकारबाट सूचीकृत सो अस्पतालमा मात्र साढे तीन सय बिरामीले निःशुल्क डायलायसिस सेवा लिँदै आएका छन् ।
अस्पतालले ११ महिना बितिसक्दा पनि सरकारबाट पाउनुपर्ने रकम पाउन नसकेको अध्यक्ष एजाज आलमले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हाल अस्पताललाई सरकारले विपन्न वर्गका नागरिकको उपचारमा दिएको सहुलियतवापतको रु सात करोड ७५ लाख निकासा हुन बाँकी नै रहेको उनकोे भनाइ थियो ।
उनका अनुसार चालु आर्थिक वर्षकै रकम नेपाल सरकारबाट भुक्तानी हुन नसक्दा बिरामीको उपचारका लागि चाहिने औषधि अभाव भएको छ । साथै बिरामीको डायलायसिसका लागि आवश्यक डाइलाइजर, फ्लुड, हेपारिन, ट्युब, फिस्टुलालगायत सामग्री उपलब्ध गराउंने सप्लायर्सले समेत सामान दिन बन्द गरेका कारण अस्पतालमा रहेको मौज्दातसमेत सकिने स्थितिमा रहेको उहाँको गुनासो थियो । उनले भने “बिरामीको उपचार सेवा रोक्ने अस्पतालको मनशाय नहँुंदा नहुंँदै पनि सरकारबाट भुक्तानी हुनुपर्ने रकम रोकिँदा अस्पताल चर्को आर्थिक सङ्कटमा पुगेको छ ।”
उक्त अस्पतालका डायलायसिस सेण्टर रहेका बुटवलमा २०, दाङ, लमहीमा १० र पाल्पाको तानसेनमा १० गरी ४० यन्त्रबाट बिरामीले नियमित डायलायसिस सेवा लिँदै आएका छन् । यस्तै स्याङ्जाको वालिङमा १० यन्त्र जडान गरी सेण्टर सञ्चालनको तयारी रहेको तर लकडाउनको कारण केही ढिलाइ भएको अध्यक्ष आलमले बताए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१