कावासोतीमा बुहारीद्वारा सासुको हत्याः बुहारीलाई कर्तव्य ज्यान मुद्दा

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७७
rajkot-arrest

नवलपरासी, १८ जेष्ठ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ शितल चोकमा ८२ वर्षीया महिला जसुदा अधिकारीको हत्या भएको ठहर गर्दै प्रहरीले घटनामा संम्लग्नलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार जसुदा अधिकारीको हत्यामा सम्लग्न रहेको आशंकामा प्रहरीले उनकी बुहारी ४० वर्षीया नीरा खत्री अधिकारीलाई शनिबार नै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।मृतकका छोरा अर्थात प्रहरी नियन्त्रणमा रहेका नीरा खत्री अधिकारीका श्रीमान् चन्द्रकान्त अधिकारीले आफ्नी आमाको आफ्नै श्रीमतीद्वारा हत्या भएको भन्दै किटानी जाहेरी दिएको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरीले नीरा खत्री अधिकारीलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको जनाएको छ । शुक्रबार राति उनको हत्या भएको भए पनि घटनालाई लुकाउन घटनाका आरोपित महिला नीरा खत्री अधिकारीले जसुदा अधिकारी ट्वाइलेट जाने क्रममा अचानक लडी घाइते भएको भन्दै उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगेका थिए । अस्पताल नपुग्दै मृत्यु भएको अस्पतालले जनाएको थियो ।

पोष्टमाटर्मका क्रममा टाउकोमा चोट लागि मृत्यु भएको रिपोर्ट आएको र घटना शंकास्पद भएको भन्दै यथार्थ छानविनको माग गर्दै शनिबार दिन भर मृतकका घर अगाडि स्थानीय र मृतकका आफन्तले शव उठाउन दिएका थिएनन् ।प्रहरीले आइतबार नवलपुर जिल्ला अदालतमा कर्तव्य ज्यानमा मुद्दा चलाई आवश्यक अनुसन्धानका लागि म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

प्रहरीले घटना स्थलको पा्रकृतिक, मृतकको अवस्था, निजको शरिर टाउको लागेको घाउ चोटपटकहरुको प्रकृति अध्ययन गर्दा मृतकको टाउको पटक पटक प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको छ ।मृतकको शव शनिबार नै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको भएपनि घटना शंकास्पद भएको भन्दै स्थानीयले शव उठाउन दिएका थिएनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width