पोखरा । आगामी जुन ११ बाट स्पेनिस ला लिगा पुनः सुचारु हुने भएको छ ।
पहिलो खेलमा रियल बेटिस र सेभियाबीच खेल हुनेछ । लिगमा ९२ खेल बाँकी छन् ।
कोरोना भाइरसको संक्रमणको स्थितिलाई मध्यनजर गर्दै यो सिजन १८/१९ जुलाईमा समाप्त गर्ने आयोजकहरुको तयारी रहेको छ । नयाँ सिजन १२ सेप्टेम्बरबाट हुनेछ ।
कोरोनाभाइरसको संक्रमण फैलिएपछि गत मार्च १२ मा लिग स्थगन गरिएको थियो । स्पेनिस सरकारको खेलकुद विभाग र ला लिगा र स्पेनिस फुटबल फेडरेसनबीच यसबारेमा सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ ।
ला लिगाका खेलाडीहरुले गत हप्तादेखि धेरैमा १० जनाको समूहमा प्रशिक्षण सुरु गरेका थिए । ला लिगाका अध्यक्ष ह्याभियर टेबासले अब खेलाडीहरुको पूर्ण प्रशिक्षण सुरु गर्ने तयारी रहेको बताए ।
हालसम्मको तालिकाअनुसार बार्सिलोना चरिप्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा २ अंकले अगाडि रहेको छ । बिहीबार मात्र प्रिमियर लिग आगामी जुन १७ देखि सुरु हुने निर्णय भएको थियो ।
Related News
सम्बन्धित समाचार
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१