नवलपरासी, १२ जेठ । कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ का एक जना पुरुषको सम्पर्कमा आएका ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका स्वास्थ्य प्रमुख केशव चापागाईका अनुसार गएराति आएको रिपोर्टमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना पोजेटिभ देखिएका पुरुषको भने चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भईरहेको छ ।
भारतबाट नेपाल आएका ति पुरुषमा क्वारेन्टाइनमा बस्दा ज्वारो आएपछि उनलाई उपचारको लागि चोरमारा प्राथमिक स्वास्थ्य चौकीको आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।
स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा कोभिड १९ पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि चितवनको कोरोना विशेष अस्पतालमा लगिएको हो ।
यसैबीच उनलाई उपचार गर्न राखिएको चोरमारा स्वास्थ्य चौकीका कर्मचारीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने भएको छ ।त्यसैगरी आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका गैडाकोटका दुई जना स्वास्थ्यकर्मीसँगै उनको सम्पर्कमा आएका १७ जना सबैको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१