कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा सोमबारसम्म ३ सय ५७ जना संक्रमित भएका छन् । सोमबारमात्र ६२ जना नयाँ संक्रमित देखा परेका हुन् । तीमध्ये गुल्मी जिल्लाका एक पुरुष पनि परेका छन् ।
गुल्मी मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरेको परिक्षणमा सोमबार उनमा संक्रमण देखिएको हो । यसरी संक्रमित भेटिनेमा गुल्मी प्रदेश ५ को पहिलो पहाडी जिल्ला समेत बनेको छ ।
दमका रोगी उनी जेठ १ मा तिलोत्तमा नगरपालिकामा रहेको क्रिमसन अस्पतालमा गुल्मीबाट उपचार गराउन एम्बुलेन्समार्फत आएका थिए । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि २ गते स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको जनस्वाथ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले बताए । उनको स्वास्थ्य बिग्रिदै गएपछि अस्पतालले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।
मदान गाउँपालिकाका शिक्षकसमेत रहेका उको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सकहरुले बताएका छन् । उनमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल शिल गर्ने तयारी भैरहेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१