६ जना आइशोलेसन कक्षमा

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७७
pic hospital Syangja

स्याङजा । जिल्ला अस्पताल स्याङजामा ६ जनालाई आइशोलेसन कक्षमा राखिएको छ । आइशोलेसनमा २ वर्षीया बालक सहित अन्य ३०/३५ वर्ष उमेरका छन् ।

काठमाण्डौं स्थित टिचिङ अस्पतालमा संक्रमितसंग प्रत्यक्ष सम्पर्कमा रहेको भन्दै उनीहरुलाई आइशोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट एवं अस्पताल प्रमुख डा. सुशील मरासीनीले जानकारी दिए ।

उनीहरु आफनो बच्चाको उपचारका लागि टिचिङ् अस्पतालमा पुगेको र ५ दिनअघि स्याङजा घर फर्केका थिए । उनीहरु पुतलीबजार नगरपालिका वडा नं. ४ निवासी हुन । तिनीहरु मध्ये ३ जना महिला र ३ पुरुष हुन ।

सबैका नमूना स्वाब संकलनगरी पिसिआर टेष्टका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालका प्रमुख डा. मरासीनीले जानकारी दिए । ६ जनाको अवस्था अवस्था सामान्य रहेको र चिकित्सकको प्रत्यक्ष निगरानीमा शनिवार साँझदेखि आइशोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै