प्युठान जिल्लामा रोकिएकोे नियमित खोप पुनः शुरु

रासस
जेठ ३, २०७७
Khop

प्युठान, ३ जेठ । कोभिड–१९ ले बन्दाबन्दीका कारण रोकिएकोे नियमित खोप पुनः शुरु भएको छ ।

बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै जिल्लामा दुई चरणमा खोप लगाउन शुरु गरिएको हो । प्युठान जिल्लाका नौ स्थानीय तहमध्ये पहिलो चरणमा झिमरुक, गौमुखी, नौबहिनी र मल्लरानी गाउँपालिकाका २१ स्वास्थ्य संस्थाबाट बालबालिका र गर्भवतीलाई खोप दिन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बालबालिकालाई नियमितरुपमा दिइँदै आएको बिसिजी, डिपिटी, पोलियो, हेपाटाइटिस बी, दादुरा–रुबेला, पिसिभी, जापानिज इन्सेफलाइटिसलगायत ११ रोगविरुद्धका खोप र गर्भवतीलाई दिइने टिडी खोप वैशाखभर रोकिएको थियो । खोप छुटाउँदा बालबालिकालाई असर पर्ने विषयलाई ध्यान दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार खोप शुुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले सुरक्षित सामग्री प्रयोग गरी खोप लगाउन शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक कौशलराज वैद्यले जानकारी दिए । चार स्थानीय तहमा २ देखि ६ गतेसम्म र बाँकी पाँच स्थानीय तहमा ९ देखि १३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोेपबाट करीब छ हजार बालबालिका स्वास्थ्य सेवाबाट लाभान्वित हुने वैद्यको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width