न्यूयोर्क, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना प्रकोपबीच हिन्दु पुजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्तिपाठ’ मन्त्र पढ्न लगाएका छन्।
न्यु जर्सीस्थित स्वामी नारायण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले गत बिहिबार ह्वाइट हाउसमा ट्रम्पको आग्रहमा ‘शान्तिपाठ’ मन्त्र पढे । मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए।
ट्रम्पले सो क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए । ट्रम्पले भने, ‘हाम्रो देशले ठूलो कठिनाइ सहेको छ। तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ। हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं।’
कोरोना संकट सामना गर्ने क्रममा विश्वमा धेरै उपायहरू अपनाइएका छन् जसमध्ये केही त धार्मिक पनि छन्। भारतमै पनि प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनासँग जुध्ने क्रममा शान्तिको कामना गर्दै द्वीप प्रज्जवलन गरेका थिए। राष्ट्रपति ट्रम्पले अमेरिका कोरोना भाइरससँग जुधिरहेका बेला यस्तो शान्ति मन्त्री वाचन गराएका हुन्।
सोमबारको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख पुगेको छ भने ७८हजार पाच सय जनाको मृत्यु भैसकेको छ। विश्वमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा धेरै हो।
Related News
सम्बन्धित समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१