ओली र प्रचण्डबीच भेटवार्ता

एजेन्सी
वैशाख २६, २०७७
1

काठमाण्डौ, २६ वैशाख । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड बीच शुक्रबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सपकोटाले बताए । दुई अध्यक्षबीच संसदको बजेट अधिवेशन र स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको थियो।

संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। त्यस्तै दुई अध्यक्षबीच कुरा मिल्न नसक्दा नेकपा स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन। वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

बैठक स्थगित भएकै दिन नेकपाका स्थायी कमिटी सदस्यले पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर स्थायी कमिटी बैठकको माग गरेका थिए । बैठक माग गर्नेहरू प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width