लकडाउनकाे समय जेठ ५ गतेसम्म

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७७
14536d4f8ad5d0ec0707a846ebf325a9_w1000_h500_cp

पोखरा, २४ वैशाख । नेपाल सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो। लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ। एक मन्त्रीका अनुसार थप गरिएको लकडाउन देशैभर कार्यान्वयन हुने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width