पत्रकार नेपालीमाथि प्रहरी दुव्र्यवहार

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
96120355_10213050152447703_4595574775761338368_n

पोखरा, २३ वैशाख । पत्रकार प्रेम नेपालीलाई मंगलवार प्रहरीले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले भत्सना गरेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं आवर अल न्यूज डटकमका सम्पादक प्रेम नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको गेट बाहिर समाचार संकलनका क्रममा प्रहरी अधिकृतद्वारा दुव्र्यवहार गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पोखरा–१६ बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर पीडकलाई पक्राउ नगरेको भन्दै जम्मा भएका पीडित पक्ष, कानूनी व्यवसायी र जनप्रतिनिधिकोबारेमा समाचार संकलनका क्रममा भिडियो खिच्दै गर्दा प्रहरी अधिकृतले नखिच्न भन्दै क्यामेरा खोस्ने प्रयास गर्दै दुव्र्यवहार गरेकोप्रति महासंघले खेद व्यक्त गरेको छ ।

कोरोना संक्रमणको महामारीको बेला अग्रमोर्चामा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि गरिने यस्ता दुव्र्यवहार आगामी दिनमा नदोहोरियोस् भन्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति र पत्रकारको भौतिक सुरक्षा प्रति संवेदनशील बन्न प्रहरी प्रशासन सहित सम्पूर्ण सरोकारवालामा अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width

Recent Posts

भर्खरै