नवलपरासी, २३ बैशाख । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नम्वर ९ मा रहेको ऐलानी तथा सार्वजनिक जग्गा वडा कार्यालय मातहतमा ल्याउने निर्णय भएको छ ।
मंगलवार वडा कार्यालय परिसरमा बसेको सर्बदलीय बैठकले घुमाउरीदेखि १० नम्वर वडाको सिमानासम्म लोकाहा खोलाले कटान गरेर छोडेको सार्वजनिक जमिन सदुपयोग गर्नका लागि पहलकदमी उठाउन यस्तो निर्णय गरिएको देवचुली ९ का वडाध्यक्ष मेखबहादुर सारुले बताए ।
उनका अनुसार सो क्षेत्रमा खोलाले छोडेको, खोल्सा–खाल्सी समेत गरी करीव १० देखी १२ बिगाहा एलानी जमिन हुनसक्ने अनुमान छ । अव वडाको सर्बदलीय निर्णय भएका कारण नगरपालिकाबाट अमिन प्राबिधिक सहितको टोली ल्याएर क्षेत्रफल नापजाँच गरिने उनले बताए ।
त्यस क्षेत्रका जमिनमध्ये केही भाग स्थानीयले घाँसपात लगाएर उपयोग गरिरहेको र केही भागमा खेतीपाती समेत गरिएको छ । धेरै क्षेत्रफल भने प्रयोग बिहीन रहेको छ । वडाध्यक्ष सारुको अध्यक्षमा बसेको बैठकमा वडासदस्यहरु, राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय संघसंस्थाका प्रतिनिधीहरु सहित स्थानीय बुद्धिजिबीहरुको संयुक्त बैठकले सर्बसम्मत निर्णय गरेको हो ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१