घोडाघोडी, २० वैशाख । सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी हुनुहुन्थ्यो।
“ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आकाशतिर हेर्दै खुशी व्यक्त गरिरहेका वीरसिंहका आँखाबाट खुशीका आँसु झरिरहेको थियो । उहाँ सरकारले आफ्ना नागरिकलाई सुरक्षित तरिकाले घरसम्म ल्याउने वातावरण बनाएकामा खुशी देखिनुहुन्थ्यो । “हामीले त आस मारिसकेका थियौँ घर फर्कन पाइन्छ भनेर तर सरकारले घर पुर्याइछाड्यो, सरकारले अभिभावक भएको कर्तव्य पूरा गरेको आभास भयो” उहाँले भन्नुभयो।
“हामी नेपाली भूमि फर्कन चाहन्थ्यौँ, बरु आफ्नै देशका क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर कुनै पनि अवस्थामा नेपाल आउन चाहन्थ्यौँ” धार्चुलाबाटै फर्कनुभएका घोडाघोडी नगरपालिका–९ का रामसिंह ऐडीले भन्नुभयो । तर सीमा बन्द र लकडाउन बढ्दै गएपछि घरमा रहेका दुई वर्षका छोरा र परिवारलाई सम्झेर रुँदै दिन काटेको उहाँले दुखेसो पोख्नुभयो । “लामो समय क्वारेन्टाइनमा बस्दा घरको चिन्ताले सताउँथ्यो, आज आफ्नै गाउँ पुग्दा असाध्यै खुशी भएको छु”, ऐडीले भन्नुभयो । अब केही दिन यहाँ क्वारेन्टाइनमा बस्नुपर्छ भन्नुभएको छ, बस्छु त्यसपछि घर गएर छोरालाई खेलाउने एकदमै चाहना भएको उहाँको भनाइ छ।
धर्चुलामै अलपत्र परेर शुक्रबार घोडाघोडी पुग्नुभएकी घोडाघोडी–८ लठुवाकी ६५ वर्षीया लक्ष्मीदेवीले विक आफ्नो भूमि आउन पाइएला भन्ने कुरा सोच्न छाडिसकेको अवस्थामा आउन पाइएकाले संसारभरको खुशी प्राप्त भएझैँ लागिरहेको बताउनुभयो । आर्थिकरूपमा कमजोर भएका कारण कमाउन बूढाबूढी भारत गएको दुई महिनामै रोग फैलिएका कारण फर्कनुपरेको बताउँदै उहाँले भएको पैसा सकिएर झनै समस्या भएको छ भन्नुभयो । सरकारले फर्काउलाजस्तो नलागे पनि आशा गरेर बसेका आफूजस्ता मजदुरलाई फर्काएकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।
“जिन्दगीमा कहिलेकाहीँ नसोचेको पनि हुँदोरहेछ”, घोडाघोडी नगरपालिका –९ का श्याम चौधरीले भन्नुभयो, “नेपाल भारतको सीमामा अलपत्र परेका आफ्ना साथी महाकाली पौडिएर नेपाल आएको देख्दा लाग्थ्यो अब हाम्रो पनि यस्तै अवस्था आउँछ । तर मनमा सरकारले आफ्ना जनतालाई त्यसै मर्न कहाँ देला र ? आखिर हामीलाई हाम्रो सरकारले घरसम्म ल्याइदियो सरकारलाई धेरै–धेरै धन्यवाद छ।”
विक, ऐडी, चौधरी मात्र होइन, कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपालीहरु विगत एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेपछि शुक्रवार आफ्नो घर फर्किन पाउँदा निकै खुशी भएका हुन्।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१