पोखरा, १५ वैशाख । कोरोना भाइरसका कारण प्रसुति सेवा लिन समस्या नहोस भनेर पोखरा महानगरले निःशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय गरेको छ ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना संक्रमण नियन्त्रण मुल समितिको सोमबार बसेको बैठकले प्रसुति सेवाका लागि अस्पताल जानुपर्ने गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय गरेको हो ।
कुनै पनि महिलाले प्रसुति सेवा समयमै नपाएर समस्या भोग्न नपरोस भन्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख गुरुङले बताइन् । लकडाउनका कारण सवारी साधनको अभावमा प्रसुति सेवाका लागि अस्पताल जान समस्या हुने र ज्यानै जानसक्ने अवस्था आउने भएकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर यो निर्णय गरेका हौ उनले भनिन् ।
महानगरले प्रसुति सेवा लिन अस्पताल जानुपर्ने अवस्थाका महिलाका लागि चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए । आज विहान निर्णय भयो, त्यसपछि हामीले एम्बुलेन्सको ब्यवस्था गरेका छौ उनले भने, “एम्बुलेन्सका लागि पोखरा महागनरपालिका वडा नम्वर २० भलाम, पोखरा २४ पामे, पौखरा ३१ बेगनास र पोखरा १९ लामाचौरमा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौ ।”
उनका अनुसार एम्बुलेन्स सेवाका लागि ९८४६०२४४४६,९८४२००५१००, ९८०६५२९४६४ र ९८५६०२६५७४ मा सम्पर्क गर्न सकिने छ । त्यस्तै बैठकले आगामी दिनको (लकडाउन खुलेपछि) सुरक्षा कार्ययोजना तयार गर्न विज्ञ टिम गठन गर्ने र स्वास्थ्य विज्ञको सुझाव अनुसार कार्ययोजना बनाएर अगाडी बढने निर्णय गरेको समितिका सदस्यसचिब किरण कोइरालाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१