ला ग्राण्डी कलेजमा अनलाईन कक्षा तथा सेमिनार

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७
la

पोखरा, १० वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास क्रमिक रुपमा लम्विने आँकलनसँगै ला ग्राण्डी इनटरलेशनल कलेज, सिमलचौर, पोखराले आफ्ना विद्यार्थीलाई अनलाइन कक्षा तथा सेमिनार सञ्चालन गरेको छ ।

लकडाउनको समयमा पनि शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिदै उक्त कलेजले असहज परिस्थितिमा पनि अनलाइन कक्षाहरु सञ्चालन गरेको हो । बिसिए, बिबिए र बिपिएचको अध्यापन गराउने प्रविधिमैत्री उक्त कलेजले लकडाउनको समयमा प्रविधिको उचित उपयोग गर्दै नियमित शिक्षकहरुबाट शैक्षिक गतिबिधि संचालन गर्नुका साथै बिभिन्न बिधाका बिशेषज्ञहरुबाट समेत वेबिनार (अनलाईन सेमिनार) संचालन गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै