तुर्कनिमिस्तानमा स्थगित गरिएको घरेलु फुटबल लिगलाई फेरी संचालनमा ल्याएको छ ।
कोरोना भाइरस महामारीको कारण तुर्कमिनिस्तानको फुटबल लिगलाई गत महिना स्थगित गरिएको थियो । विश्वभर फैलिएको कोरोनाको कारण मार्च २३ मा लिग स्थगित भएको थियो ।
कोरोनाको त्रासकै बीच मार्च ६ मा शुरु भएको लिग करिब ३ सातापछि रोकिएको थियो । स्थगित भएको एक महिना नबित्दै तुर्कमिनिस्तानको फुटबल लिग अप्रिल १९ मा पुनः शुरु गरिएको हो ।
अल्तेन असर र कोपेडागबीचको खेल हेर्न करिब ५ सयको संख्यामा दर्शकसमेत उपस्थित थिए । अस्गाबातस्थित सेन्ट्रल फिल्ड रंगशालामा भएको उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।
तुर्कमिनिस्तानको लिगमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै बेलारुस, ताजिकिस्तानमा पनि फुटबल लिग भइरहेको छ । तुर्कमिनिस्तानमा अहिलेसम्म कोरोनाको संक्रमित देखिएको छैन । कोरोना भाइरस महामारीको कारण युरोपका ठूला लिगहरु भने अहिले स्थगित छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१