खैरेनीटार, २० जेठ । गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लामा रहेको शुक्लागण्डकी नगरपालिकाले लकडाउनको समयमा पनि भौतिक निर्माणको काम गर्न दिने भएको छ।
लकडाउन अगाडी ल्याएका निर्माण सामाग्री फाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै पाँच जनासम्म मजदुर खटाएर काम गर्न दिईने नगरप्रमुख किसान गुरुङले बताए । ‘मौज्दात भएका निर्माणका सामाग्री बिग्रन सक्ने भएकोले सामाजिक दुरी कायम गर्दैै सावधानी अपनाएर काम गर्न दिने निर्णय गरेको उनले जनाए । तर सामाग्री मौज्दात नभएमा काम गर्न नपाईने उनको भनाई छ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न मुलुक पुरै लकडाउन गरेपछि यहाँ सञ्चालित विकासका योजनाहरुसंगै भौतिक संरचना निर्माणको काम चार हप्तादेखी रोकिएको छ । निर्माणको क्रममा मौज्दात रहेको सिमेन्ट लगायत निर्माण सामाग्रीको हिनामिना भएपछि शनिवार बसेको कार्यपालिकाले बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै बाहिरी जिल्लाबाट निर्यात गरिने तरकारीमा रोक लगाईएको छ । भारतबाट आएका हरिया तरकारी देशका विभिन्न जिल्लाबाट ल्याएको बताउँदै व्यापारीले शुक्लागण्डकीका बजारमा बिक्रीवितरण गर्दा कोरोनाको जोखिम बढेकाले बाहिरी जिल्लाबाट निर्यात गरिने तरकारीमा समेत रोक लगाईएको छ ।
शुक्लागण्डकी नगरपालिकाले लकडाउनको अवधि अझै थपिने सम्भावना रहेकाले स्थानिय उत्पादनलाई बढवा दिने भएको छ । ‘स्थानिय उत्पादनलाई प्रोत्सहान गर्न सहुलियत दरमा आवश्यक विउविजन वितरण गर्ने साथै मल ढुवानीको व्यवस्थापनमा पनि सहजीकरण गरिने वताईएको छ ।
यस्तै, शुक्लागण्डकी नगरपालिकामा अति आवश्यकीय खाद्यान्न, तरकारी, दुग्धजन्य पदार्थ लगायत दैनिक उपभोग्य बस्तुको खरिदबिक्री गर्ने पसल सञ्चालनको समय विहान ७ बजेदेखी ९ बजेसम्म मात्र खोल्न दिने निर्णय गरिएको छ । उक्त समयमा खरिदबिक्रीका लागि वडाले एक घर एक पासको व्यवस्था गर्ने जनाईएको छ । साथै, कुखुराको बिक्रीवितरणमा सहज गराउने, लकडाउनले गर्दा चुल्हो बल्ने स्थिति नभएका विपन्न र मजदुर परिवारलाई यसअगाडी राहत वितरण गर्दा छुट भएकाले उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
Related News
सम्बन्धित समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१