पोखरा, ७ वैशाख । कसैलाई पानी खुवाउनु हेर्दा सामान्य हो । तर, धर्म पनि उत्तिकै हो ।देश लकडाउनका बेला प्रहरी चर्को घामबीच सडकमै ड्यूटीमा छन् । पानी खान मन लाग्ला तर बजार पसल बन्द छन् ।यसै विषयलाई मध्यनजर राखी नेपाल विद्यार्थी संघ (नेविसंघ), कास्कीले प्रहरीका लागि शुद्ध पिउनेपानी उपलब्ध गराएको छ ।
नेविसंघले ५१ औं स्थापना दिवस अवसरमा कास्की जिल्लाअन्तर्गत जिल्ला प्रहरी कार्यालय, सम्पूर्ण इलाका प्रहरी कार्यालय, प्रहरी पोष्ट, जिल्ला ट्राफिक कार्यालयमा गरी करिब २ सय कार्टून शुद्ध पिउनेपानी उपलब्ध गराएको हो ।नेविसंघका केन्द्रीय नेता एवं नेपाली काँग्रेस कास्की १ (ख) का सचिव सरोज केसीका अनुसार सो कार्यमा नेविसंघका किरण बराल र जनप्रिय क्याम्पसका स्ववियु सभापति आशिक गुरुङ लगायतको विशेष सहयोग थियो ।
कार्यक्रममा गोपाल गुरुङ, विकास थापा, टेनिस श्रेष्ठ, निरोज लामिछाने, डिफान भुजेल, विजय घिमिरे, विपीन पौडेल, निराकार सिग्देल, संघर्ष कोइराला, फिरोज सुवेदी लगायतको उपस्थितिमा प्रहरी कार्यालयमा पानी वितरण गरिएको थियो ।तत्कालीन समयमा राजा महेन्द्रको एकदलीय पञ्चायती व्यवस्थाविरुद्ध लड्न नेपाली काँग्रेसले विद्यार्थी वर्गलाई संगठित रुपमा अगाडि बढाउन २०२७ बैशाख ६ मा जेलमै नेविसंघ स्थापना गरेको हो ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१