असल संस्कारमा समृद्धि खोज्दै पशुपति

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५

पोखरा, ३ माघ। असल संस्कार नै समृद्धिको आधार भन्ने सिद्धान्तलाई शिरोपर गरेर समाजसेवी पशुपति गुरुङ पछिल्लो समय साहित्य साधनामा लागेकी छन्।

साहित्य सेवा र समाजसेवामा क्रियाशील गुरुङको पहिलो अुनभूतिपरक निबन्ध कृति असल संस्कार समृद्धिको आधारले यतिबेला चर्चा बटुल्दै छ।

संस्कार समाज नेपालले यही मंसिरमा बजारमा ल्याएको निबन्ध कृति धेरै पाठकले मन पराएका छन्।

एक सय ८० पृष्ठमा संरचित कृतिमा १७ थान निबन्ध रहेका छन्। आफ्ना निबन्धमा लेखक गुरुङले आफुलाई सुमार्ग भन्दा कुमार्गमा लैजाने पश्चिमा संस्कारको सिको छिटो गर्ने तर, असल संस्कारलाई पैतालामा दबाउनाले देशमा असल संस्कारको विकास हुन नसकेको र समृद्धिको आधार पनि खडा नभएको धारणालाई निबन्धमा अभिव्यक्त गरेकी छन्। गुरुङले घरदेश र परदेश बसेर सिकेका असल सिकाइ व्यवहारिक जीवनमा लागु गर्नका लागि आफ्ना निबन्धमा जोड दिएकी छन्।

यसैबीच, सङ्घर्षमा कलम साहित्य समाज पोखराले आइतबार बिहान उनको निबन्धकारिता र कृतित्वका बारेमा चर्चा परिचर्चा आयोजना गर्ने भएको छ।

¬¬कास्कीको घान्दु्रकमा जन्मेकी गुरुङले संस्कार समाज नेपाल स्थापना गरेर सभ्य समाजको सपना देखिरहेकी छन्।

यस्तै, गोधूलि साहित्यिक प्रतिष्ठान, माछापुच्छ्रे समाज, अन्नपूर्ण काठमाडौं समाजलगायतका विभिन्न साहित्यिक र सामाजिक संघसंस्थामा क्रियाशील रहँदै आएकी छन्। उनको प्रस्तुत निबन्ध पहिलो कृति हो।

Related News

सम्बन्धित समाचार

hero news full width