परराष्ट्रमन्त्रीको भारत भ्रमण

सम्पादक
माघ १, २०७७

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छिमेकी भारत प्रस्थान गर्दैछन् । मन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन त्यसतर्फ जान लागेका हुन् । नेपाल–भारत संयुक्त आयेग २ देशका बीच विद्यमान कुनै संयन्त्रभन्दा उच्चस्तरीय आयोग हो । उच्चस्तरीय आयोग भएकोले यसको बैठकलाई नेपालमा महत्वका साथ हेरिएको छ । नेपाल र भारतका बीच कालापानीको विवाद सबैभन्दा चर्काे रुपमा आएको छ । कालापानी क्षेत्रमा विवाद छ भन्ने कुरा भारतका नेताहरुले पनि स्वीकार गरेका छन् । त्यति मात्र हुँदा हुँदै पनि भारतले त्यहाँ बाटो निर्माण गरेपछि नेपालमा त्यसको तीव्र विरोध भएको छ । त्यो विराधेले नेपाल सरकारलाई पनि अप्ठ्यारोमा पारेको छ । त्यो विवादले दुई देशको आपसी सम्बन्धलाई समेत असर पा¥यो र केही समय दुई देशको सम्पर्क र सम्बन्धलाई समेत निस्क्रिय पारेको अनुमान गरिएको थियो । अहिले त्यो सम्पर्क र सम्बन्ध सामान्य भएको छ । तर कालापानी क्षेत्रको विवादलाई बैठकमा महत्वका साथ उठाउनु पर्दछ र त्यो क्षेत्रबाट भारतीय सेना हट्नु पर्दछ नेर नेपाली जनताले आवाज बुलन्द गर्दैछन् ।

नेपाल भारतको सीममा बराबर विवाद हुने गरेको छ । भारतीय सीमा रक्षक सुरक्षा गार्डबाट सीमाना रहेका नेपालीहरु पीडित छन् । भारतले सीमानामा एकतर्फी रुपले बनाएको बाँघ र बरोबार पनि नेपालीहरु आक्रान्त छन् । ती बाँध र बारोबार वर्ष याममा नेपाली भूभाग जलमग्न हुने गरेको छ । त्यस्तै नेपाल भारतको सन्धि सम्झौतामा बराबर उत्पन्न हुने विवादलाई सधैका लागि समाधान गर्ने अभिप्रायले २ देशका सरकारले प्रबुद्ध वर्गको समिति गठन गरेको थियो । त्यो समितिले सबै सन्धि सम्झौताको अवलोकन गरेर दुई सरकारलाई सुझाव स्वरुप प्रतिवेदन तयार गरिएको छ । तर त्यो प्रतिवेदन सरकराले नबुझेवापत अप्ठ्यारो स्थिति उत्पन्न भएको छ ।

यी र यस्ता धेरै विवादका विषयहरु छन् । जसलाई छिटो टुंग्याउनु दुवै देशको हितमा छ । विगतमा भारतका परराष्ट्रमन्त्री नेपाल आउँदा पनि यी विषयहरुलाई महत्वका साथ उठाउने अपेक्षा गरिएको थियो । तर त्यो बैठकको खास उपादेयता भएन । अहिलेको यो बैठक महत्वपूर्ण बेलामा बस्दैछ । परराष्ट्रमन्त्री ज्ञवालीले पनि ती विवादलाई महत्वका साथ उठाउने अभिव्यक्ति दिएका छन् । बैठकको एजेन्डामा ती विषय परेको बुझिएको छ । बैठकको एजेन्डामा पर्नु पनि ठूलो कुरा हो । तर त्यत्तिले सन्तोष मान्नु हुँदैन । प्रतिफलको लागि हाम्रो तर्फबाट ठूलो र सशक्त प्रयास हुनु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width