पाल्पाली समाजको सर्‍हानीय कदम

सम्पादक
असार १६, २०७७

१. आफु जन्मे हुर्केको ठाउँको सम्झना गर्नु, गर्व गर्नु र त्यसको विकासमा योगदान पुर्‍याउनुमानिसको धर्म हो, कर्तव्य पनि हो । कतिले यसलाई वेवास्ता गर्छन्, कतिले चाहेर पनि योगदान पु¥याउन सक्दैनन् । तर जसले गर्वसाथ सम्झन्छन् र योगदान पनि पुर्‍याउँछन् त्यो सन्तोष र आनन्दको सीमा रहँदैन ।

२. पाल्पाली समाज पोखराले जन्मभूमि पाल्पाको सम्झना गर्दै त्यस्तै सर्‍हानीय कार्य गरेको छ । समाजको पहलमा स्थापना भएको पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पाल्पाबाट उत्पादित सामग्रीको विक्री कक्ष पोखरामा हालै शुभारम्भ गरेको छ । उक्त कक्षमा पाल्पाको करुवा तथा ढाका लगायतका सामग्रीहरु रहेका छन् । पाल्पाको ढाका र पछ्यौरा भनेपछि देशभर प्रशिद्ध छ । ती सामाग्रीहरु उपहारको रुपमा पनि प्रयोग भएर जताततै पुग्ने गरेको छ ।

३. हातले बुनिएको ढाका टोपी, पछ्यौरा झोला लगायतका सामग्रीको विक्रीबाट एकातिर स्थानीय सीप तथा घरेलु उत्पादनलाई सघाऊ पुग्छ भने कलाको माध्यमबाट आफ्नो स्थानलाई पनि चिनाउँछ । आय आर्जनमा योगदान पुग्ने कुरा त छदैछ । बजारको भन्दा सुपथ मुल्यमा गुणस्तरीय पाल्पाली सामान उपलब्ध गराउने सहकारीको लक्ष्य प्रशंसनीय रहेको छ ।

४. उक्त विक्री कक्ष पाल्पा र पोखरा वीच मात्र होइन गण्डकी प्रदेश र प्रदेश नं. ५ को वीचको सम्बन्ध केन्द्रको रुपमा पनि विकास हुने विश्वास लिन सकिन्छ । पाल्पा–पोखरा धेरै टाढा छैन तथापि पाल्पालीहरु काठमाडौं जाँदा पनि अधिकांश तराईकै बाटो उपयोग गर्ने गरेको सन्दर्भमा विक्री कक्षका माध्यमले पोखरा आउने वा पोखरा भएर जाने क्रम पनि बढ्न सक्दछ । पोखरा मै पाल्पाको झल्को दिने अरु पनि धेरै सिर्जनात्मक कार्य गर्न सहकारी सफल हुनेछ ।

५. हरेक सहकारीले आ–आफ्नो मौलिक पहिचान बनाउनु पर्ने कुरा वारम्बार उठ्ने गर्दछ । यस्तो काम कमैले मात्र गरेका छन् । वहुउद्देश्यीय सहकारीले ७० प्रतिशत लगानी उत्पादन तथा आयमूलक क्षेत्रमा गर्नुपर्ने नियम छ तर पनि धेरैले त्यो व्यवहारमा ल्याएको पाइदैन । पाल्पाली बहुउद्देश्यीय सहकारीले जुन उदाहरण प्रस्तुत गरेको छ, यो सबैको लागि प्रेरणा बन्न सक्नेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width