२० दलीय मोर्चामा फुट

सम्पादक
मंसिर २३, २०७१

१. एमाओवादीले संविधान निर्माणका सम्बन्धमा आफूले राखेको अडानमा बल पुर्‍याउन संविधान सभाभित्र र बाहिर जे-जसरी प्रयास गर्दै आएको छ, त्यसमा धक्का लागेको छ। संविधान सभाभित्र त्यसले बनाएको २० दलीय मोर्चाबाट पाँच दलले नोट अफ डिसेण्ट लेखेका छन् भने अर्कोतिर त्यसको समर्थनमा पद्मरत्न तुलाधरको नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनबाट आदिवासी जनजाति महासंघले विवाद खडा गरेको छ।

२. बीस दलीय मोर्चाबाट त्यसरी नोट अफ डिसेण्ट लेख्नेहरूमा लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), परिवार दल, नेपाली जनता दल, दलित जनजाति पार्टी  मधेश समता पार्टी ेपाल छन्। ती पार्टी  नेताहरूले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कुरा तीन दलको बैठकमा प्रष्ट रुपमा राख्न नसकेको आरोप लगाएका छन्।

३. ती पार्टी  निर्वाचन प्रणाली पूर्ण समानुपातिक गर्ने भए स्पष्ट खाका ल्याउन अध्यक्ष दाहालसँग माग गरेका छन्। तिनीहरूले मधेशवादी दललाई फकाउन मिश्रति निर्वाचन प्रणाली भन्ने गरेको आरोप पनि अध्यक्ष दाहाल माथि लगाएका छन्। तिनीहरूले दाहालको भूमिका शंकास्पद रहेकोसमेत उल्लेख गरेका छन्।

४. संविधान सभाका बैठक बोलाएको पूर्व सन्ध्यामा यस्तो घटना घट्नुलाई यहाँ ठूलो रुपमा हेरिएको छ। नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले २० दलीय मोर्चाको उद्देश्य संविधान निर्माण हुने बताउँदै मोर्चाको औचित्य नरहेको उल्लेख गरेका छन्। यसमा एमाओवादीले के भन्छ, त्यो बाहिर आएको छैन।

५. पद्मरत्न तुलाधरको नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनबाट एमाओवादीले धेरै आशा गरेको छ। आन्दोलनको नेतृत्व सम्हालेका तुलाधरले पनि अनेक वाचा गराएर नेतृत्व लिन स्वीकारेका हुन्। उनले नतृत्व लिए पछि आफ्नो आन्दोलनलाई सम्झौताहीन आन्दोलन गर्ने भनी कम्युनिष्टहरूको मौलिक कुरा सम्झाएका छन्।

६. राष्ट्रिय आन्दोलनबाट छुट्टएिपछि महासंघका सल्लाहकार तथा थारु कल्याणकारी सभाका नेता राजकुमार लेखी, महासंघका अध्यक्ष नगेन्द्र कुमाल र महासचिव पम्बा गुरुङ भोटेले तुलाधरको कार्य गर्ने शैलीमाथि टिप्पणी गरेका छन्। उनीहरूले आफूहरू एकल जातीय राज्यको पक्षमा नभएको पनि प्रष्ट पारेका छन्।

७. यो मुलुकमा पार्टी  फुट्छन् भने मोर्चा फुट्नु ठूलो कुरा होइन। फेरि यो २० दलीय मोर्चालाई विश्लेषकहरूले धेरै टिक्ने ठानेका पनि थिएनन्। यसमा विभिन्न विचार र उद्देश्य भएका पार्टी  छन्। को-कोसँग सम्बन्धित छन्, त्यो बाहिरबाट ससती हेर्दा देखिँदैन। त्यस हिसाबले मोर्चा फुट्नुलाई ठूलो कुरा मान्न सकिँदैन तर अब मोर्चा के-कसरी अघि बढ्छ, त्यो सबैको चासोको विषय भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width