सरकारको तत्परता

सम्पादक
पौष २, २०७१

१. सरकारले हालै धर्म परिवर्तन सम्बन्धी विवादास्पद अभिव्यक्ति दिने बेलायती राजदूत एन्ड्रयु जेम्स स्पार्कससँग स्पष्टिकरण सोधेर जथाभावी नबोल्न भनेको छ। परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बेलायती दूतावासका कार्यवाहक राजदूत ह्यारीशनलाई परराष्ट्र मन्त्रालयमा बोलाएर त्यसरी अभिव्यक्ति नदिन सचेत गराएका छन्। राजदूत जेम्स स्पार्कस विदा लिएर अहिले बेलायत गएका छन्।

२. बेलायती राजदूत स्पार्कसले गत साता राजधानीको एक पत्रिकामा सभासद्लाई खुल्ला पत्र भन्दै एक लेख प्रकाशित गरेका थिए। लेखमा उनले नयाँ संविधानमा धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न आह्वान गरेका थिए। गत साताभरि त्यो विवाद चर्केर गयो र बेलायती दूतावासमा त्यसको विरोधमा ज्ञापनपत्र दिने काम पनि भयो।

३. बेलायती दूतावासमा जुलुशसहित गएर ज्ञापन पत्र दिनुलाई असाधारण कुरा भनिएको छ। प्रधानमन्त्री सुशील कोइरालाले बेलायती राजदूतसँग तुरुन्त स्पष्टीकरण लिन निर्देशन दिएका थिए। परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले त्यस अभिव्यक्तिलाई सरकारले गम्भीर रुपमा लिएको बताए। उनले यो घटनालाई ठाडो हस्तक्षेप भएको बताए।

४. नेपालमा पश्चिमा देशहरुको दबाबमा धर्म निरपेक्ष भएको र धर्म निरपेक्ष भएपछि क्रिश्चियनहरुले बलजफ्ती धर्म परिवर्तन गराई क्रिश्चियन बनाई रहेको व्यापक गुनासो छ। त्यस्तो गुनासो बढी रहेको बेलामा बेलायती राजदूतले त्यस्तो विवादास्पद अभिव्यक्ति दिनु कुनै पनि हालतमा उचित होइन्। उनको अभिव्यक्तिलाई अन्य कुनै पनि देशका कुटनीतिक व्यक्तिले साथ र समर्थन नगरेबाट प्रष्ट भएको छ।

५. विदेशी कुटनीतिकहरुले यस अघि पनि नेपालका सम्बन्धमा र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी भन्ने गरेका थिए। उनीहरुले त्यसरी भने पनि त्यो हाम्रो अन्तरिम कालको परिणाम भनेर सह्य मानिएको थियो। त्यसमा कतिपय अभिव्यक्तिलाई सुझाव सम्भिmने पनि गरिएको थियो। सरकार पनि कानमा तेल हालेर बस्ने गरेको थियो।

६. तर यस पटक सरकारले जे जसरी स्पष्टीकरण सोध्ने काम गरेको छ, त्यो एकदम उचित छ। यस्तो काममा परराष्ट्र मन्त्रालय सधैँ सजग र सतर्क हुनु पर्दछ। आन्तरिक मामिलामा हस्तक्षेप भएको टुलुटुलु हेरेर बस्नु हुँदैन। परराष्ट्र मन्त्रालयको निष्क्रियताले प्रोटोकल भन्ने नाम मात्रको भएको छ। त्यसको खुल्लम खुल्ला उल्लंघन भएको छ।

७. वास्तवमा देश धर्मनिरपेक्ष भएपछि क्रिश्चियनहरुको सांगठनिक शक्ति जोडबलले धर्म परिवर्तन गर्नमा लागेको छ। टोल र गाउँहरुमासमेत चर्चहरु खुलेका छन्। यहाँका पुराना धर्महरुको आलोचना गर्ने गरिएको छ। यस्तो बेलामा राजदूतलेसमेत त्यसो भन्नु कदापि उचित होइन, तिनीहरुकै ज्यादतीले गर्दा देशमा हिन्दुराष्ट्र फर्काउनु पर्ने कुरा आएको छ। राजदूतको त्यस अभिव्यक्तिले हिन्दु राष्ट्र चाहिन्छ भन्नेहरुलाई बल पुगेको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width