सकारात्मक सन्देश

सम्पादक
वैशाख ११, २०७४

१. स्थानीय चुनाव शान्तिपूर्वक होला कि नहोला भन्ने सन्देह छाएको बेला अब चुनाव शान्तिपूर्वक हुन्छ भन्ने अवस्थाको सिर्जना भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका सत्तारुढ गठबन्धन र मधेशी मोर्चाहरुबीच भएको छलफल पछि त्यस्तो वातावरण बनेको हो।

२. मधेसवादी दलहरुको राष्ट्रिय जनता पार्टीका एकीकरण भएपछि राजनीतिमा एउटा सकारात्मक सन्देश फैलिएको छ। हामीले पनि त्यो कुरा इ·ति गरेका थियौं। त्यसको भोलिपल्ट नै सरकारमा सामेल पार्टीहरू, राष्ट्रिय जनता पार्टीर संघीय समाजवादी पार्टीको बैठकले एउटा मिलनविन्दु पहिल्याएको छ।

३. सरकारले संविधान संशोधनको विधेयकलाई परिमार्जन गरि फेरि संसदमा पेश गर्ने, आन्दोलनकारी दलहरुले घोषित आन्दोलन फिर्ता लिने र चुनाव बैशाख ३१ र जेठ ३१ दुर्इ चरणमा गर्ने गरी सहमति भएको छ। यो सहमतिलाई दुवै पक्षले ठूलो उपलब्धीका रुपमा लिएका छन्।

४. हामीकहाँ सहमति हुन्छ। तर त्यसलाई व्यवहारमा कार्यान्वयन नगर्दा मतभेद उत्पन्न हुने र विश्वासको संकट उत्पन्न हुने गर्दछ। राजनीतिमा उत्पन्न त्यस्तो स्थितिले राजनीतिलाई सधैं अस्थिर र अन्यौल बनाउँदैछ। यो सरकार गठन गर्ने बेलामा पनि ती दुर्इ पक्ष बीच तीन बुँदे सहमति भएको थियो।

५. विगतको सहमति भन्दा यो सहमति अरु महत्वपूर्ण छ। यी पंक्ति लेखिदासम्म यो सहमतिमा हस्ताक्षर भएको छैन। हस्ताक्षर भएर आन्दोलनरत दलहरु निर्वाचनमा गएमा यो संविधानप्रति उनीहरुको स्वीकार्यता रहने भएकोले पनि यो सहमति महत्वपूर्ण छ। उनीहरुकै कारण संविधान दुर्इ तिहाइ भन्दा बढीले हस्ताक्षर गरेको भनिएता पनि कार्यान्वयन हुन सकिरहेको छैन।

६. ती दुर्इ पक्षबीच सहमति त भएको छ। तर संविधान संशोधनको सम्बन्धमा एमालेको समर्थन विना त्यो संसदबाट पारित हुन सक्दैन। एमालेले त्यसलाई के कस्तो दृष्टिले हेर्ने हो, त्यो ठूलो कुरा हो। अहिले सबैको ध्यान एमालेतिर केन्द्रित भएको छ। सबै कुरा मिल्छ भने एमालेले पनि पक्षमा मत हाल्न दबाब बढ्ने छ।

७. प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो सहमति भएको दिनलाई आफ्नो विशेष दिन भएको बताएका छन्। निश्चय नै यसलाई महत्वको मान्नु पर्दछ। यो सहमतिलाई कसैले पनि तोडमरोड नगरोस्। यसको पूर्ण रुपमा कार्यान्वयन गर्ने दिशामा सबै अग्रसर हुनुपर्दछ र संविधानको कार्यान्वयन गर्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width