शहीदको सम्झना

सम्पादक
माघ १६, २०७१

१. आज शहीद सप्ताहको आखिरी दिन- शहीद दिवस। आज शहीदहरूको स्मृति दिवस। १९९७ सालमा माघ १० देखि १६ गतेभित्र राणा सरकारले शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथचन्दलाई शहीद बनाएको थियो। ती शहीदहरूले प्रजातन्त्र र प्रजातन्त्रको माध्यमबाट देश सुखी र समृद्धि होस् भन्ने कामना गरेका थिए।

२. शहीदहरूको त्याग तपस्या र जनताको आन्दोलनले गर्दा २००७ मा प्रजातन्त्र आयो। तर २०१७ सालमा प्रजातन्त्रको अपहरण भयो। तीस वर्षे पञ्चायती व्यवस्थाले एकछत्र शासन गर्‍यो। २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त गर्‍यो। त्यसबीचमा धेरै नेापलीले आफ्नो जीवन उर्त्र्सग गरे।

३. २०६२/६३ सालमा दोस्रो जनआन्दोलन भयो। दोस्रो जनआन्दोलनले राजतन्त्रको समेत अन्त गर्‍यो। त्यस आन्दोलनमा पनि धेरैले आफ्नो जीवनको आहुति दिए। ९७ सालदेखि अहिलेसम्मको हिसाब गर्ने हो भने शहीदको सङ्ख्या हजारौं पुगेको छ। तर उनीहरूबाट प्रेरणा लिएर काम गर्नेहरू विरलै भेटिन्छन्।

४. पछि शहीद हुनेको परिवारलाई पैसा दिने गरिएपछि पैसाको लोभमा टाठाबाठाहरूले जस्तोलाई पनि शहीद भन्न थाले। शहीदको सङ्ख्या धेरै बढ्यो। केही पार्टीरूले आ-आफ्नो कार्यकर्तालाई शहीद भन्न थाले। यस्तो प्रवृत्तिले शहीदको अवमूल्यन भयो। शहीदको सम्मानमा ह्रास आएको अनुभूति गर्नुपर्‍यो।

५. विगतमा त्यस्तो जे जस्तो भए पनि शहीद भनेको शहीद हो। शहीदको सम्मान गर्नुपर्दछ। श्रद्धा गर्नुपर्दछ र उनीहले बगाएको रगतबाट प्रेरणा लिएर लोकतन्त्रको लागि र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्नका लागि हामीले काम गर्नुपर्दछ। अहिल संविधान निर्माण गर्ने काममा अवरोध भई जुन अन्यौल र अनिश्चयको कालो बादल मडारिरहेछ, त्यसको अन्त गरिनुपर्दछ।

६. त्यसको साथै शहीद दिवस मनाउने काम काठमाडौं महानगरपालिकाको पेवाजस्तै भएको छ। काठमाडौं महानगरपालिकाले मात्र शहीद दिवस मनाउने गर्दछ। अरु नगरपालिका र संस्थाले त्यसमा जाँगर चलाएको देखिँदैन। पोखरामा धेरै वर्ष पहिले एक/दुर्इपटक शहीद दिवस मनाइएको थियो। तर त्यसले निरन्तरता पाएन।

७. देश, समाज र प्रजातन्त्रका लागि शहीद हुनु ठूलो कुरा हो। शहीदको त्याग र बलिदानलाई मान्नुपर्दछ। त्यो त्याग र बलिदानको उच्च मूल्याड्ढन गरी शहीद दिवस मनाउने गरिएको हो। तर त्यसरी मनाउने काम राजधानीमा मात्र सीमित भयो। त्यो पनि औपचारिकता मात्र भएको छ। शहीद दिवस स्वतस्फूत किसिमले मान्ने र मनाउने गर्नुपर्दछ र सबैले मनाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width