शताब्दी पुरुषको निधन

सम्पादक
मंसिर १५, २०७१

१. शताब्दी पुरुषका रूपमा चिनारी बनाएका पोखराका शिखर धरोहर सर्वज्ञमान प्रधाना·को शनिबार स्थानीय फिस्टेल अस्पतालमा निधन भयो। उनको करिब एक महिना पहिलेदेखि अस्पतालमा उपचार हुँदै थियो। उपचारकै क्रममा उनको निधन भएको थियो। १९७० सालको महाशिवरात्रिका दिन जन्मेका उनको गत वर्ष सार्वजनिक समारोह गरी शताब्दी वर्ष मनाइएको थियो।

२. सर्वज्ञमान प्रधानाङ्ग चौतर्फी प्रतिभाका धनी थए। उनी मूलतः व्यापारी थिए। तर उनको योगदान शिक्षा, स·ीत र संस्कृतिको क्षेत्रमा पनि उत्तिकै फैलिएको थियो। उनी एकातिर शिक्षासेवीका रूपमा प्रख्यात छन् भने अकोर्तिर सांस्कृतिक वाङ्मयका शिखर व्यक्तित्वका रूपमा पनि उत्तिकै चिनिन्छन्।

३. दिवंगत प्रधाना· पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य सङ्घका संस्थापक कोषाध्यक्ष हुन्। उनी त्यस सङ्घको अध्यक्ष पनि भए। उद्योग वाणिज्यको सङ्घको विकास र विस्तारमा उनको ठूलो योगदान छ। उनको योगदानको कदर गरेर सङ्घले उनको शताब्दी वर्ष भव्यरूपले मनाएको थियो।

४. पोखराको प्रख्यात १२ भैरव नाच, त्यसको संरक्षण र विकासमा पनि उनले अविष्मरणीय योगदान गरेका छन्। आफ्नो विरासतबाट आएको भैरव नाचको जिम्मेवारीलाई उनले कुशलतापूर्व्क निभाएका छन् र त्यसको संस्थागत विकास गरेर भैरव नाचलाई जीवन्त बनाएका छन्। भैरव नाच वषौर्ंदेखि यहाँको महत्त्वपूर्ण नाच रहिआएको छ।

५. उनी २००७ सालको क्रान्तिका एक योद्धा हुन्। उनी प्रजातन्त्र सेनानीका रूपमा सम्मानित व्यक्तित्व हुन्। उनी पोखरामा नेपाली काङ्ग्रेसका एक खम्बाको रूपमा रहेका थिए। त्यस्तै पोखराको शैक्षिक विकासमा उनले अथक प्रयास गरेका थिए। विभिन्न विद्यालयको स्थापना र सञ्चालनमा उनले गरेको योगदान स्मरणीय रहेकेा छ।

६. दिवंगत प्रधाना· धेरै सङ्घसंस्थाबाट सम्मानित र अभिनन्दित भएका थिए। उनी काठमाडौंबाट इन्दिरा कलानिधि स·ीत महाविद्यालय नेवा द्यदबूबाट पनि सम्मानित भएका थिए। जीवनको उत्तरार्द्धमा उनी आफैले पनि आफ्नो र आफ्नी धर्मपत्नीको नाममा सर्वज्ञमान विष्णदेवी प्रधाना· संस्कृति राष्ट्रिय पुरस्कार स्थापना गरेका छन्।

७. सर्वज्ञमान प्रधाना· एक शताब्दी बाँचे। एक शताब्दी बाँच्दा पनि उनी सक्रिय भएर बाँचे। जीवनमा उनले धेरै कुरा समाजलाई दिए। नेपाल भाषाको उन्नति र विकासका लागि उनले आफ्नै अध्यक्षतामा नेवाःखल कास्की गठन गरे। उनले स्थापना गरेका संस्थाहरू सबै फल्दोफुल्दो अवस्थामा रहेका छन्। उनी सबैसँग मिल्दथे। सबैप्रति समान व्यवहार गर्दथे। स्पष्ट वक्ता थिए। आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दथे। यस्तो व्यक्तित्व गुमाउनु सि·ो पोखराका लागि ठूलो क्षति हो। हामी उनको निधनमा गहिरो शोक प्रकट गर्दछौं र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width