विश्व कुष्ठरोग दिवस

सम्पादक
माघ १२, २०७०

१. कुनै बेला कुष्ठरोग रोगहरूमा सङ्क्रमित मानिन्थ्यो। कुष्ठरोग निको पार्ने कुनै औषधि थिएन। त्यो रोग लागेपछि मान्छेको अ·भ· हुने, कुरुप देखिने र हात खुट्टाको औंलाहरू झर्ने गर्दथे। त्यसो भएकाले यसलाई महारोग भन्ने गरिएको थियो। नेपालमा कुष्ठरोज लागेकाहरूका लागि छुट्टै कानुनको तर्जुमा पनि गरिएको थियो।

२. त्यसबेला कुष्ठरोग महारोग भएको र यो सङ्क्रमित पनि भएकाले यो रोग लागेकाहरूले नारकीय जीवनयापन गर्नुपर्दथ्यो। धर्मशास्त्रले समेत यो रोगलाई पूर्वजन्मको पापको फल भनेर परिभाषित गरेपछि यो रोगबाट पीडितहरू समाजमा ज्यादै उपेक्षित र पीडित भएर जीवनयापन गर्नुपर्दथ्यो।

३. फेरि यो रोग लागेर उपचार गरिएन भने पछि त्यसको परिणाम विरामीको हात खुट्टाका औंला झर्ने, मुख बिगार्ने, छाला तन्काउने गरी शरीर र अनुहारलाई कुरुप पार्ने गर्दछ। यसको त्यही परिणामलाई दृष्टिगत गरी मानिसहरूले कुष्ठरोग लागेकाहरूलाई आफ्नो घर परिवार र वस्तीबाट निकालेर पठाउने गर्दथे।

४. त्यसरी समाजबाट निकालेर पठाइएका रोगीहरूले ज्यादै तिरस्कृत र अपहेलित जीवनयापन गर्नुपर्दथ्यो। उनीहरूले ओडार र ठूला रूखमुनि बसेर तथा मागेर आफ्नो जीवन बिताउनुपर्दथ्यो तर अब समयले कोल्टे फेरेको छ। यसको औषधि निस्केको छ। लगातार औषधि सेवन गरे यो रोग निको हुन्छ। धर्मशास्त्रमा वर्ण गरेजस्तो यो पूर्वजन्मको पापको फल पनि होइन। यसै जन्ममा किटाणुबाट लाग्ने अरु रोगजस्तै यो पनि एक रोग हो, साधारण रोग हो।

५. यो साधारण रोग भएकाले यसलाई भेदभाव गर्नु आवश्यक छैन। बरु यो रोग लागेकालाई माया प्रेमको आवश्यकता छ। पुनस्र्थापनाको आवश्यकता छ। औष्धि गरेमा यसबाट अङ्गभङ्ग हुने डर पनि हुँदैन र औषधि खाएको विरामीबाट रोग सर्ने भय पनि हुँदैन। अब यसको लागि बनाइएको कानुन पनि खारेज भएको अवस्था छ।

६. यो रोग निको पार्न अहिले धेरै प्रसास भएको छ। सरकारले एकातिर प्रयास गरिरहेको छ भने हरियोर्खर्क अस्पतालले आफ्नै किसिमले सेवा प्रदान गरिरहेको छ। अकोर्तिर नेपाल कुष्ठरोज निवारण सङ्घले पनि रोगीहरू र उनीहरूको सन्ततिको पठनपाठनलगायत पुनस्थापनाको काम गरिरहेछ। सबैको प्रयासबाट कुष्ठरोगको प्राविधिक भाषामा उन्मूलन भइसकेको छ।

७. प्राविधिक भाषामा १० हजार जनसङ्ख्यामा एक भन्दा कम विरामी रहेको अवस्थालाई निवारण भएको मानिन्छ। तर व्यवस्थामा विडम्बनाको रूपमा भन्नुपर्दछ कि यही पश्चिमाञ्चल क्षेत्रको कपिलवस्तु, रूपन्देही र नवलपरासीमा अहिले पनि रोगीहरू धेरै देखिन्छन्। यो ६१ औं विश्व कुष्ठरोग दिवसमा भेदभावको अन्त्य र प्रभावितको पुनस्र्थापना, कुष्ठरोगमुक्त समाज हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ मनाउने काम भएको छ। यो नारा समसामयिक छ। यसलाई सम्बद्ध सबैले व्यवहारमा उतार्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width