विदेशी खेलको रहस्योद्घाटन

सम्पादक
माघ २२, २०७१

१. विदेशी र विदेशी कूटनीतिक प्रतिनिधिहरूको व्यवहारबारे चर्चा परिचर्चा भइरहेको बेला एमाओवादी महासचिव कृष्णबहादुर महराले विदेशी शक्तिको भूमिकाबारे अको रहस्योद्घाटन गरेका छन्। उनले सत्तापक्ष र प्रतिपक्षलाई जुधाएर देशमा राष्ट्रपति शासन लगाउने कसरत महरालेे खुलासा गरेका छन्।

२. महासचिव महराले त्यो शक्तिबारे अरु भनेका छन्। उनका अनुसार त्यो शक्तिले आफूहरूलाई आन्दोलमा नझुक भन्दैछ भने काङ्ग्रेस र एमालेलाई विपक्षीलाई पेलेर अगाडि बढ भन्दैछ। यी दुर्इ पक्षलाई लडाएर सत्ता राष्ट्रपतिको हातमा पुर्‍याउने त्यो शक्तिले कसरत गरिरहेको महासचिव महराको भनाइ छ।

३. यसअघि पनि विदेशी शक्तिले दोहोरो भूमिका खेलेर सत्ताबाट कसलाई फाल्ने र सत्तामा कसलाई आसिन गराउने भनी कसरत गरेको राजनीतिमा रुचि राख्ने धेरैलाई थाहा छ। यो एक नेपालीका लागि ठूलो शिक्षा हो। तर हाम्रा नेताहरूले त्यो शिक्षालाई व्यवहारमा अपनाएको देखिँदैन।

४. कतिपय नेताहरू अझ पनि विदेशीको आशीर्वाद पाउन लालयित हुन्छन्। उनीहरू विदेशीको एउटा कुरालाई आÇनो शक्ति ठान्छन् र त्यही कुरालाई आÇनो अचुक गन्तव्य ठान्छन्। नेताहरूको यसतो प्रवृत्ति र व्यवहारले गर्दा धेरै नेताहरू प्रत्यक्ष/अप्रत्यक्ष उनीहरूको गोटी बनिरहेका छन् र उनीहरूले हाम्रा नेताहरूलाई नचाइरहेका छन्।

५. निश्चय नै विदेशीहरूले हाम्रो देश विकासको लागि सहयोग गरिरहेका छन्। उनीहरूको सहयोगले केही विकास पनि भएको छ। तर त्यस्तो सहयोग बिनास्वार्थ हुनुपर्नेमा त्यस्तो भएको छैन। उनीहरूको स्वार्थयुक्त भएको सहयोग हाम्रो हातमा पर्ने भएको छ। हामी पनि त्यसैमा द· छौँ।

६. उनीहरूले हाम्रो व्यक्तिगत स्वार्थ र सहयोगका लागि पनि धेरै रकम खचेका छन्। उनीहरूले आइएनजीओ लगायतको संस्थामार्फत हामीलाई विदेश भ्रमण गराउनेदेखि व्यक्तिगत दक्षिणा दिने काम पनि गरेका छन्। यसरी दाताहरूको लिने हाम्रो प्रवृत्ति र व्यवहारले गर्दा उनीहरूले हामीमाथि धेरै खेल्ने मौका पाएका हुन्।

७. यो कुरालाई सबैले चिन्तन-मनन गर्नुपर्‍यो। किञ्चित स्वार्थको लागि उनीहरूको खेलौना हुनुभएन। हामी कमजोर भएकै कारण उनीहरूले त्यो अवसर र अवस्था प्राप्त गरेकाले अब छिट्टै सबै मिलेर संविधान निर्माण गरी देशलाई समृद्धिको मार्गमा लग्नुपर्‍यो। महासचिव महराले भनेको कुरा कटु सत्य हो। त्यो सत्यलाई पराजित गर्न सबै पार्टीमिल्नुपर्‍यो र मिलेर अघि बढ्नुपर्‍यो। सानातिना मतभेदलाई तिलाञ्जली दिनुपर्‍यो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width