१. भगवान बुद्धको जन्मस्थल लुम्बिनी एक यस्तो स्थल भएको छ जसको महत्व प्राचीन कालदेखि अहिलेसम्म निरन्दर बढ्दै गएको छ। प्राचीन कालमा राम्रो चिनारी पाएको लुम्बिनीमा राजा शुद्धोदनका छोराको रुपमा सिर्द्धार्थको जन्म भएपछि त्यसको महत्व अरु बढ्यो। मानिसहरु त्यस ठाउँबाट आउँदा-जाँदा राजाको छोरा जन्मेको ठाउँ भनेर देखाउने गर्दथे।
२. सिर्द्धार्थले महामिनिस्क्रमण गरेपछि मानिसहरुले जंगलमा जन्मेका राजाको छोरा जंगलमै गए भनी त्यस ठाउँलाई सम्झने गर्दथे। उनले बुद्धत्व प्राप्त गरेपछि त्यस ठाउँको महत्व अरु बढ्यो। मानिसहरुले तयसलाई पवित्रस्थलको रुपमा लिन थाले। आफ्नो उत्तरार्धमा जब उनले चार संवेजनीय स्थलमध्ये लुम्बिनीको नाम लिए। तब त्यसको महत्व अरु बढेर त्यसले तीर्थस्थलको रुप लियो।
३. मानिसहरुले त्यो तीर्थस्थलमा दर्शन गर्न सजिलो होस् भनेर चारैतिर ढुङ्गाहरु राखेर चैत्य जस्तो बनाएर त्यसको माथि एउटा ढुङ्गा राखे। त्यही ढुङ्गालाई हामी मार्कर स्टोन भन्दछौं। त्यसको २५० वर्षपछि भारतका सम्राट आएर त्यही ढुङ्गालाई देखाएर सिर्द्धार्थ जन्मेको स्थान भनी ढु·ाको अग्लो स्तम्भ गाडे र त्यसमा बुद्ध जन्मस्थल यही हो भनी अंकित गरी लेखे।
४. लुम्बिनीमा ध्यान गर्न आउनेको संख्या बढ्यो। तीर्थ यात्रीहरुको संख्या बढ्यो। त्यहाँ बस्ती बस्यो। त्यसरी आउनेहरुमा चिनीयाा यात्रीहरु पाँचौं शताब्दीका फाहियान र सातौं शताब्दीका हुयन साङ विशेष उल्लेखनीय छन्। १४ औं शताब्दीमा कर्ण्ााली राज्यका राजा रिपु मल्ल पनि आएका थिए। त्यसपछि लुम्बिनीमा कालो बादल मडारिएको जस्तो भयो।
५. १८९६ इ. मा पाल्पाका वडाहाकिम खड्ग शमसेर र जर्मनका पुरातत्ववेत्ता डा ए फुहररले अशोक स्तम्भ पत्ता लगाएपछि तयसको महत्व निरन्तर बढ्दै गएको छ। शुरुमा भिक्षु धम्मालेक र भिक्षु अनिरुद्धले त्यसको संरक्षण गरे भने पछि विमलानन्द भिक्षुले लामो समय सेवा गरे। १९६७ इ. मा राष्ट्र संघका महासचिव उथान्त आएपछि लुम्बिनीको काँचुली फेर्न शुरु भएको हो।
६. लुम्बिनी गुरु योजनाले मूर्तरुप लिएको छ। धार्मिक एवम् भौतिक रुपले लुम्बिनी दर्शनीय भएको छ। युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। विभिन्न राष्ट्र र बौद्ध संघ संस्थाहरुले आ-आफ्नै वास्तु शैली अनुसार विहार, गुम्बा, चैत्यहरु निर्माण गरेका छन्। निर्माणको क्रम जारी छ। दर्शनार्थीहरुको संख्या प्रत्येक महिना बढ्दो छ।
७. भैरहवाको गौतमबुद्ध विमानस्थलको स्तरोन्नति भएपछि दर्शनार्थीहरुको संख्या द्रूतगतिले बढ्ने छ। राष्ट्रसंघका निवर्तमान महासचिव वान कि मूनको अवधारणा अनुसारको योजना कार्यान्वयन भएमा कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाको पनि काँचुली फेरिनेछ। तर त्यसलाई सरकारले वास्ता गरेको छैन। त्यो योजना कार्यान्वयन गरिएमा लुम्बिनीको महत्व आजभन्दा भोलि अरु बढ्ने छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१