रेलमार्गको शिलान्यास

सम्पादक
असार ४, २०७१

१. भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले गत आइतबार सर्लाहीको रानीगञ्जमा बर्दीबास-सिमरा विद्युतीय रेलमार्गको शिलान्यास गरेपश्चात् यातायातको क्षेत्रमा एउटा नयाँ उत्साह थप भएको छ। बर्दीबास-सिमरा खण्ड एक सय आठ किलोमिटर छ भने त्यो पूरा गर्न छ वर्ष लाग्ने अनुमान गरिएको छ।

२. त्यसो त नेपालमा करिब सय वर्ष पहिले रेलमार्गको कल्पना गरिएको थियो। त्यसबेला नेपालको अमलेखगञ्जबाट भारतको रक्सौलसम्मको ४० किलोमिटर लामो रेल मार्ग बनाइएको थियो। त्यहीअन्तर्गत अहिले २५ किलोमिटरको जयनगर-जनकपुर रेलमार्ग चालु छ। त्यो पुरानो रेल भए पनि त्यसले स्थानीय जनताको सेवा गरिरहेको छ।

३. अहिले सरकारले मेची-महाकाली दु्रत विद्युतीय रेल मार्ग निर्माण गर्ने अठोट गरी त्यसको बर्दीबास-सिमरा खण्डको काम सुरु गर्न लागेको हो। त्यो खण्ड सकिना साथ सरकारले अर्को खण्डको काम थाल्ने अपेक्षा गरिएको छ। करिब सय वर्षपछि रेल सेवा विस्तार गर्न लागेकोमा सबैले आशाको दृष्टि राखी त्यसलाई हेरिरहेका छन्।

४. सरकारले जनाए अनुसार मेची-महाकाली द्रुत विद्युतीय रेलमार्ग मेचीको काँकडभिट्टादेखि महाकाली अञ्चलको गण्डाचौकासम्म जोड्ने छ। त्यो मार्ग पूरा भएपछि त्यसको लम्बाई नौ सय ४५ किलोमिटर हुनेछ। त्यो रेलको गति प्रतिघण्टा १६० हुनेछ। त्यो काम पूरा गर्न ७० अर्ब लाग्ने अनुमान गरिएको छ। त्यसमा १०६ स्टेशन हुनेछन्।

५. कुनै बेला पूर्व-पश्चिम राजमार्गलाई नेपाल र नेपालीको भाग्य रेखाको रूपमा लिइएको थियो भने यो मेची-महाकाली रेलमार्गलाई पनि त्यस्तै महत्त्वको रूपमा लिइएको छ। यो बनेपछि उत्तर-दक्षिण रेलमार्ग जोड्न सजिलो हुनेछ भने अर्को यसले भारतको विभिन्न रेलमार्गसँग जोड्ने काममा पनि उत्तिकै सघाउ पुर्‍याउने छ। देशको ६ ठाउँबाट अन्तर्देशीय सेवा उपलब्ध गराउने प्रावधान राखिएको छ।

६. यसलाई जति ठूलो प्रोजेक्ट भनिन्छ, उति महत्त्वपूर्ण प्रोजेक्ट पनि हो। त्यसमा पनि रेल मार्गलाई अन्य मार्गभन्दा सस्तो र सुरक्षित पनि मानिन्छ। ढुवानी गर्न पनि यो सुलभ सरल हुन्छ। यसले यातायातको क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्दछ।

७. सरकारले ठोस काम केही गरेन भन्ने गुनासो आइरहेको बेला यो ठूलो कामको शिलान्यास भएको छ।सरकारले रेलमार्गको विभिन्न कामको ठेक्का समेत गरिसकिएकोले त्यो बन्छ भन्ने भएको छ। आगामी बजेटमा त्यसको लागि पर्याप्त बजेट विनियम गरी अघि बढ्यो भने यो रेलमार्ग यो सरकारको महत्त्वपूर्ण उद्धार हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै