राष्ट्रपति डा. यादवको प्रयास

सम्पादक
माघ २६, २०७१

१. अभिभावकीय भूमिकामा रहेका राष्ट्रपति डा. रामवरण यादव राजनीतिक दलहरूमा आएको मतभेद र उनीहरू आपसमा पानी बाराबारको स्थितिमा रही उनीहरूका बीच वार्ता समेत नभएकोमा चिन्तित रहेका छन्। माघ ८ गते संविधान घोषणा गर्नुपर्नेमा त्यही बेलादेखि ती दलहरूमा चको ध्रुवीकरण भएको छ।

२. स्थितिको गाम्भीयतालाई मनन गरी राष्ट्रपति डा. यादव केही समयदेखि सक्रिय रहेका छन्। उनले वर्तमान गतिरोध हटाउन नेताहरूलाई बोलाउँदै भेट्ने गरेका छन्। उनले सबैसँग समान चिन्ता व्यक्त गरी नेताहरूको कुरा सुन्ने र वार्ताका लागि अनुकूल वातावरण निर्माण गर्न भनेका छन्।

३. उनले प्रधानमन्त्री सुशील कोइरालालाई विपक्षीहरूलाई विश्वासमा लिन र वार्ताका लागि अग्रगामी भूमिका निभाउन भनेका छन् भने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई संविधानसभा छाडेर नजान वार्ताको टेबुलमा बस्नुपर्ने बताएका छन्। त्यसैगरी उनले एमाले नेताहरूलाई पनि भनेका छन्।

४. उनको सक्रियताले सकारात्मक संकेत देखिएको छ। सरकारमा रहेका दलहरूले संविधान सहमतिमा नै निर्माण गर्ने हो भन्दै सहमतिको ढोका बन्द नभएको जनाएका छन् भने प्रतिपक्षी गठबन्धनले प्रक्रिया खारेजै हुनुपर्दछ भन्न छाडेका छन्। उनीहरूले अहिले प्रक्रियालाई रोक्नुपर्ने कुरा मात्र गरेका छन्।

५. कडा दन्तबजानपछि नेताहरूमा होस् खुलेको छ। उनीहरू अहिले ‘फेस सेभिङु खोजिरहेका छन्। हिजो प्रधानमन्त्री कोइराला निवासमा आउँदा त्यत्ति ख्याल नगरेका एमाओवादी अध्यक्ष दाहाल अहिले प्रधानमन्त्री कोइरालाले वार्ताका लागि बोलाउनुपर्‍यो भन्दैछन्। प्रधानमन्त्री कोइरालाले पनि केही दिनमा ‘ब्रेक थुु भई समस्या समाधान हुने बताएका छन्।

६. हाम्रा नेताहरूको जोस छ, होस छैन। विरोध गर्न सक्छन् तर सत्ता कसरी चलाउने, त्यो खुबी छैन। त्यसैले बेला मौकामा गतिरोध उत्पन्न हुने गरेको छ। अहिलेको गतिरोध पनि त्यही श्रंखलाको एक भाग हो। नेताहरूले किञ्चित मात्र बुद्धि पुर्‍याएको भए, त्यो स्थिति आउने नै थिएन।

७. त्यो जे भए पनि, राष्ट्रपति डा. रामवरण यादवको अथक प्रयासस्वरुप नेताहरू नजिक आएर वार्ताको टेबुलमा बस्न तैयार भएका छन्। गत साता नेताहरूले एक अकोर्माथि जे जसरी हिलो छ्यापे, त्यो हेर्दा उनीहरू त्यत्ति छिट्टै नजिक आउलान् भनी कल्पना गरिएको थिएन। अहिले उनीहरू नजिक आउन चाहेको प्रष्ट देखिएको छ। तर यत्ति नै पर्याप्त भने होइन। राष्ट्रपतिले अरु प्रयास गरी संविधानको मस्यौदा तैयार नभइञ्जेल नेताहरूसँग निकटको सर्म्पर्क राखी आÇनो प्रयास जारी राख्नु आवश्यक छ

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width