राजपा र चुनाव

सम्पादक
जेठ १९, २०७४

१. सरकारले स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टीकाई सहभागी बनाउन धेरै प्रयास गर्दै आएको छ। सरकारले त्यस पार्टीको मागलाई दृष्टिगत गरी संविधान संशोधनको तैयारी गरेको सर्वविदितै छ। तर त्यो संशोधन प्रस्ताव संसदबाट पारित गराउन आवश्यक दुर्इ तिहाई बहुमत नजुट्ने भएपछि त्यो प्रस्ताव त्यसै रहेको छ।

२. सरकारले त्यस पार्टीकाई निर्वाचनमा सहभागी गराउने उद्देश्यले चुनावको मिति पर सारेको छ। एकै चरणमा सम्पन्न गराउने भनिएको निर्वाचनलाई दुर्इ चरणमा गर्ने गरिएको छ। पछिल्लो चरणमा गर्ने भनिएको निर्वाचनको मिति पनि पटक-पटक सारिएको छ। हुँदा हुँदै अब चुनाव आषाढ १४ गते हुने भएको छ।

३. त्यति गर्दा गर्दै पनि राष्ट्रिय जनता पार्टीले चुनावमा सहभागी हुने प्रष्ट संकेत गरेको छैन, त्यसले आन्दोलनको कार्यक्रम स्थगित गरेकोले त्यो पार्टीनिर्वाचनमा सकारात्मक भएको हो कि जस्तो देखिएको छ। तर उनीहरूले त्यो कार्यक्रम स्थगित गरेको सहभागी हुन होइन, निर्वाचनको तिथि सारिएकोले हो भन्ने गरिएको छ।

४. यस पटकको स्थानीय तहको निर्वाचनमा भारत पनि सकारात्मक देखिएको छ। भारतीय राजदूत मञ्जीव सिंह पुरीले पनि आफ्नो सकारात्मकता, आफ्नो प्रयासबाट देखाएका छन्। उनले जनता पार्टीका शीर्ष नेताहरूलाई दूतावासमा बोलाएर उनीहरूले विचार जान्न खोजेका छन्। उनले यसलाई नेपालको आन्तरिक मामिला भन्दै छन्।

५. यी सबै भएर पनि राष्ट्रिय जनता पार्टीचुनावमा किन आउन चाहेको छैन, त्यो रहस्यमयी भएको छ। मधेसवादी दल विजय गच्छदारको पार्टीचुनावमा सहभागी भएका छन् भने उपेन्द्र यादव पनि पहिलो चरणको चुनावमा सहभागी भइसकेको छ। ती दुवै पार्टीरू दोस्रो चरणमा सहभागी हुनु स्वभाविक हो।

६. यत्ति हुँदाहुँदै पनि राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरू हिचकिचाई रहेका छन्। चुनाव फेरि एक महिना पर सारिएको छ। यसलाई त्यस पार्टीले एक अवसर सम्झनु पर्दछ र चुनावमा सहभागिता जनाउनु पर्दछ। सधैं आन्दोलन मात्र भन्नु पनि उचित हुँदैन। त्यसले आफ्नो निर्णयमा पुन विचार गर्नु नितान्त आवश्यक छ।

७. चुनाव जसरी पनि हुन्छ। यसमा कसैले शंका गर्नु हुँदैन। जसले चुनावमा भाग लिँदैन, त्यसैलाई नोक्सान हुन्छ। यो कुरा विगतको इतिहासले पनि देखाएको छ। अहिले २० वर्षपछि चुनाव हुन गइरहेको छ। स्थानीय जनता चुनावको लागि व्यग्र प्रतीक्षामा छन्। जनतालाई सहभागी हुनबाट रोक्न सकिँदैन। जनताको सहभागिताबाट चुनाव सम्पन्न भयो भने राष्ट्रिय जनता पार्टीको भविष्य कस्तो होला, त्यो पनि सोच्नु पर्दछ। नेताहरूले चुनावमा उपेन्द्र यादव र गच्छदारका पार्टीसहभागी छन् भन्ने कुरा बिर्सनु हुँदैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग