भारत र पाकिस्तान बीच तनाव

सम्पादक
फागुन १६, २०७५

१. भारत र पाकिस्तान बीच फेरि तनाव बढेको छ । केही दिन पहिले कस्मीरको फुलवामा भन्ने स्थानमा भारतीय सुरक्षाकर्मीहरुलाई लक्षित गरी आत्मघाती आक्रमण भएपछि भारतले त्यसको बदला लिने धम्की दिएको थियो । भारतले बदला लिने क्रममा पाकिस्तानको बालकोट स्थित जैस ए मुहम्मदको शिविरमा मङ्गलवार सवेरै हवाई हमला गरेको छ ।

२. हवाई हमलामा जैस ए मुहम्मदको शिविरमा के कति क्षति भयो र के कति हताहत भए त्यो प्रष्ट छैन । तर बदलास्वरुप गरिएको त्यस हमला पश्चात भारतमा खुसी छाएको छ । भारत सरकारले आफना लडाकू जहाजहरुले आतङ्ककारीको शिविर ध्वस्त पारेको र आतङकारीहरुको मृत्यु भएको जनाएको छ ।

३. भारत र पाकिस्तान स्वतन्त्र हुँदादेखि नै ती दुई देशको सम्बन्ध अधिकांश समय तनावग्रस्त हुने गरेको सर्वविदितै छ । तिनीहरुका बीच पटक पटक युद्ध पनि भएका हुन् । त्यस्तै युद्धहरुको परिणामस्वरुप पाकिस्तान टुक्रिएर बङ्गलादेश राष्ट्र बन्यो । बङ्गलादेश बनेपछि पनि तिनीहरुका बीच युद्ध भएको थियो ।

४. कस्मीर उनिहरुको पुरानो विवादको विषय बनेको छ ।कस्मीरको केही भाग पाकिस्तानको अधीनमा छ भने अर्को भारतको अधीनमा रहेको छ । स्वतन्त्र कस्मीरको नारा पनि बेलामौकामा निस्कने गर्दछ । त्यहाँ अधिकांश मुसलमानहरु छन् । उग्रवादी मुसलमानहरुले त्यहाँका हिन्दुहरुलाई लखेट्ने काम पनि गर्दछन् ।

५. अफगानिस्तानमा भएको लामो युद्धका क्रममा अफगानिस्तान , पाकिस्तानको केही भाग र कस्मीरको केही भाग आतङ्ककारीहरुको शिविर नै भएको छ । सोही ठाउँबाट तिनीहरुले सीमा वार पार आतङ्ककारी र आत्मघाती हमला गर्ने गर्दछन् । भारत त्यस्तो हमलाको बारम्बार शिकार हुने गरेको छ । दुई साता पहिले मात्र भारतका चार दर्जनजति सैनिकहरु आत्मघाती हमलाको शिकार भएका थिए ।

६. भारत त्यसै बेलादेखि त्यसको बदला लिने साइत हेर्दै थियो । मङ्गलवार विहानै पाकिस्तानको बालकोटमा जुन हवाइ हमला भयो त्यो त्यसैको परिणाम थियो । त्यस घटनाले तिनीहरुका बीच अरु तनाव बढेको छ । भारतले पाकिस्तानको भूभाग भित्र गएर हवाइ आक्रमण गरेको छ । त्यो घटनाबाट के कस्तो प्रतिक्रिया उत्पन्न हुन्छ त्यो भने हेर्न बाँकी नै छ

७. भारत र पाकिस्तान दुबै हाम्रा नजिकका मित्रराष्ट्रहरु हुन् । तिनीहरु सार्कका सदस्य पनि हुन् । तिनीहरुको विग्रदो सम्बन्धले सार्कको सम्मेलनसमेत हुन सकेको छैन । यो घटनाले सार्कको संगठनमा गहिरो चोट पारेको छ । यो दुई छिमेकी बीचको तनाव हो । यसलाई कुनै पनि हालतमा बढाउनु वा लम्ब्याउनु हँुदैन । दुबै पक्षले धैर्यधारण गरेर संयम अपनाउनु पर्दछ । अनुकूलको वातावरण बनाएर वार्ताको टेबलमा बस्नु पर्दछ र वार्ताबाटै समस्याको समाधान गर्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width