१. देशमा अहिले कोरोना भाइरसको महामारी फैलिरहेको वेला मौसमी वदलीले पनि चिन्तित बनाइरहेको छ । दिनहुँ असिना पानीले बालीनालीमा क्षति पुर्याइरहको छ । बादल गर्जनबाट पर्ने चट्याङले जनजीवनलाई त्रास बनाएको छ । खोला किनारका वस्तीहरुमा बाढी पसी डुवान भएको छ । वर्ष नलाग्दै यस्तो प्रकोप बेहोर्नु पर्यो।
२. बंगालको खाडीमा आएको शक्तिशाली चक्रवात अम्पुनको प्रभाव नेपालमा परेको मौसमविदहरु बताउँछन् । आँधिका कारण बंगालमा ठूलो धनजनको क्षति भएको छ । अहिले त्यो आँधि मत्थर भएको छ । तापनि त्यसले नेपालमा हुने मनसुनी वार्षालाई पनि प्रभावित बनाउँदछ । नआउनु पर्ने वेला वर्षा हुने र चाहिने वेला वर्षा नहुँदा समयमा गर्नुपर्ने खेतीमा नोक्सानी पुग्ने हुन्छ ।
३. यसैगरी भारतमा यतिखेर विनासकारी कीरा सलहले आतङ्क मच्चाएको छ । राजस्थान, गुजरात, उत्तरप्रदेशसहित महाराष्ट्रमा सलहको प्रकोप देखिएको छ । सलहका कारण सो क्षेत्रका किसानहरु आक्रान्त बनिरहेको र सलह नियन्त्रणका लागि विषादी छर्क दमकल समेत प्रयोग गरिएको समाचारपत्रहरुले उल्लेख गरेका छन् ।
४. सलह एक प्रकारको पट्याङ्ग्रा जस्तो कीरा हो । यो ठूलो समूह आई एकै छिनमामै धेरै खेतीवाली नष्ट गर्दछ । अमेरिकी फौजी कीरा भन्दा कयौं गुणा बढी क्षति गर्न सक्ने यो कीराको समूह यति वेला भारत सहित पाकिस्तान र इरानमा पनि प्रवेश गरेको छ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यसलाई सलह प्लेगको पनि संज्ञा दिएको छ । यसले कोरोना भाइरसले भन्दा पनि बढी क्षति पुर्याउन सक्ने बताइएको छ ।
५. एकदिनमा १३० किलोमिटर सम्म हुल बनाएर हिड्ने यो कीरा नेपालमा पस्यो भने पूर्वीभागबाट तीन चार दिनमै पश्चिमी भागमा पुग्न सक्दछ । भारतमा आइसकेको सलह नेपालमा पनि नआउला भन्न सकिदैन । त्यसको रोकथामको लागि सरकारले वेलैमा ध्यान पुर्याउनु जरुरी छ । सलहबाट प्रकोप भएका देशको अनुवभ छ र ती देशले के विधि अपनाईरहेका छन् विज्ञहरुबाट जानकारी लिएर छिट्टै रोकथामको उपाय गर्नुको अर्काे विकल्प छैन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१