१. संविधानसभाको निर्वाचन प्रयोजनका लागि रेग्मी मन्त्रिपरिषद् गठन भएको छ। यो मन्त्रिपरिषद्लाई चुनावी मन्त्रिपरिषद् भनिएको छ। यसको नामबाट नै काम प्रष्ट भएको छ। तर यसका मन्त्रीहरू आफ्नो मुख्य कामभन्दा बाहिर बढी जान खोजेका देखिएका छन्, जसले गर्दा उनीहरूको ध्यान चुनावतिर केन्द्रित नहोला कि भन्ने आशड्ढा उत्पन्न भएको छ।
२. निजामती सेवाबाट निवृत्त भएका प्रशासकहरूले सपनामा पनि नचिताएको मन्त्री पद पाएका छन्। त्यसो हुँदा उनीहरूको महत्त्वाकाँक्षा बढ्नु स्वाभाविक मान्न सकिएला। उनीहरूमा केही खूबी र विशेषता पनि छन्। उनीहरूले आफ्नो अनुभव र विशेषता देखाउनुलाई अन्यथा भन्न पनि नहोला।
३. तर अहिले देखाउनुपर्ने त्यस्ता तपसिलका कुरा होइनन्। विभिन्न मन्त्रीले विभिन्न कुरातिर आफ्नो ध्यान लगाए भने मुख्य मुद्दा चुनावतिर ध्यान कम जान सक्छ। चुनावतिर ध्यान पर्याप्त नपुगेर चुनाव गराउन सकिएन भने त्यसको परिणाम के होला, सोच्नुपर्ने कुरा त्यो हो।
४. मन्त्रीहरू यताउता गएर धेरै भाषण गर्न थालेका छन्। कसैले भ्रष्टाचार फिटिक्क गर्न दिँदैनौं भनेर प्रतिबद्धता जनाएका छन् भने कसैले के आश्वासन दिएका छन्। कोही धार्मिक मठ मन्दिरमा गएर समय खर्चने गरेका छन्। यो एक हप्तामा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी र सदस्यहरूले जे जसरी आफ्नो समय खर्च गरेका छन्, त्यसले प्रश्न उब्जाएको छ।
५. यो पटक चुनाव गर्न त्यत्ति सजिलो छैन। एकातिर केही राजनीतिक पार्टीरू चुनावको विपक्षमा खडा भएका छन् भने नेपाल बार एशोसिएसन पदाधिकारीहरू र केही वकिलहरू सरकारले गरेका अधिकाँश कुरामा कानुनी चुनौती दिँदै सर्वोच्चमा रिट हाल्दैछन्। एकातिरका स्थिति यस्तो छ भने अर्कोतिर उच्चस्तरीय राजनीतिक समिति आफूले जे गरे पनि हुन्छ भनेझैं स्वेच्छाचारी ढङ्गले काम गर्दैछ।
६. चुनावी मन्त्रिपरिषद् गठन भएको एक साता बितेर पनि निर्वाचन आयोगमा पदाधिकारी नियुक्त भएका छैनन्। त्यसमा पनि प्रश्न चिन्ह उत्पन्न भएको छ। पदाधिकारीहरू नभएका कारण चुनावको तिथि तोक्न सकिएको छैन। स्थिति गम्भीर छ। यसलाई सम्झेर यताउता दृष्टि दिने बेला यो होइन।
७. यस्तो बेलामा मन्त्रीहरूले आफ्नो पूरा ध्यान चुनावमा केन्द्रित गर्नुपर्दछ। सस्तो लोकप्रियता कमाउन यताउता गएर अनावश्यक समय बिताउने, प्रतिबद्धता जनाउने, आश्वासन दिने र जनताको आकाँक्षा बढाउने काम गर्नु उचित होइन। मन्त्रीहरू पूर्णरूपले गम्भीर बन्नुपर्दछ, जिम्मेवार बन्नुपर्दछ र उनीहरूको सपना जपना सबै चुनाव हुनुपर्दछ। चुनाव स्वतन्त्र, निष्पक्ष र मर्यादित हुनुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१