गढीमाईको गन्ध

सम्पादक
मंसिर २२, २०७१

१. बारा जिल्लाको बरियापुर गाविसको गढीमाई मन्दिरमा पाँच वर्षको एकपटक लाग्ने गढीमाई मेला सकिएको धेरै दिन बितेको छ। तर गढीमाईमा चढाइएको बलिको गन्ध अझ पनि सेलाएको छैन। पत्रपत्रिकामा त्यसको चर्चा अहिले पनि आउने गरेको छ भने बलि दिएर जथाभावी फालिएको राँगोको दुर्गन्ध अहिले पनि फैलिएको छ।

२. गढीमाईको मेला प्रशिद्ध छ। त्यो मेला पाँच वर्षको एकपटक हुने गर्दछ। त्यो मेला भर्न भारतबाट मात्र हजारौँको सङ्ख्यामा आउँछन्। त्यसरी मेला भर्न आउनेले राँगो, बोका, कुखुरा, परेवा लगायतका जीव जन्तु ल्याउँछन् र गढीमाई मन्दिरको नाममा बलि दिन्छन्। त्यत्ति धेरै बलि दिने भएकोले त्यस ठाउँलाई विश्वको सबभन्दा बढी बलि दिने ठाउँ पनि भन्ने गरिन्छ।

३.यसपटक राँगो मात्र पाँच हजारभन्दा बढी बलि दिएको बताइएको छ। बलि दिएपछि त्यो राँगोको सिनो त्यतै वरपर खेत चौर आदिमा फालिन्छन्। त्यसरी फालिएका सिनो ३/४ दिनमा गन्हाउँछन् र त्यहाँ वरपर टाढा-टाढासम्म दुर्गन्ध फैलिन्छ र रोग फैलिने सम्भावना हुन्छ।

४. यसपटक त्यहाँका सार्की लगायतका तल्लो जातिकाले राँगो उठाएर नलग्ने भएपछि त्यो एक समस्या भएको थियो। केही त चोरेर लगे। तर जति बाँकी भयो, त्यो पनि ठूलो समस्या भयो। त्यो समस्या लगायत बलिको विरोधमा ठूलो आवाज उठेको छ। अघिल्लो पटक त्यहाँका तपस्वी रामबहादुर बम्जनले त्यसको विरोध गरेका थिए भने अहिले पशु अधिकारवादीहरू समेत विरोधमा उत्रेका थिए।

५. कसैको दृष्टिमा बलि दिनु एक धार्मिक अनुष्ठान हो। त्यहाँको लागि त्यो संस्कृति पनि भएको छ। त्यसरी धर्म र संस्कृतिका रूपमा हेर्नेहरूले गढीमाईको बलि प्रथालाई त्यहाँको विशेषता मान्दछन्। तर अहिंसावादी र पशु अधिकारवादीहरू त्यसलाई विकृत मान्दछन् र त्यो कुकृत्य तुरुन्त बन्द गर्नुपर्दछ भन्दछन्।

६. यसपटक भारत सरकारले बलि दिनका लागि राँगो नेपाल लैजान रोक लगाएको जस्तो गरेको थियो। तर परम्परावादीहरू आफ्नो परम्परा किन छाड्थे, वरपरबाट ल्याएर भए पनि उनीहरूले बलि दिए। त्यो भए तापनि विगतहरूमा भन्दा यसपटक केही कम भएको बताइएको छ।

७. बलि दिनु हुन्छ कि हुन्न र त्यो धर्म हो कि पाप हो भन्ने विवाद पहिलेदेखि चलि आएको छ। त्यो निक्यौर्ल गर्न अझ समय लाग्ने छ। तर यो निश्चय हो कि बलि प्रथा हट्दै गएको छ। बलि प्रथाको विरोधमा जनमत बढ्दैछ। भोली यो जे भए पनि, बरियापुरमा बलि दिएर राँगाहरू जे-जसरी यत्रतत्र फालिन्छन्, त्यो कदापि राम्रो होइन। त्यसले रोग फैलिन सक्छ। त्यसकारण सम्बन्धित संस्था र व्यक्तिहरूले त्यसको राम्रो व्यवस्थापन गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width