१. एउटा निर्वाचित सरकारको अनावश्यक विरोध गर्दा त्यसको परिणाम के हुन्छ भन्ने कुराको उदाहरण अहिले इजिप्ट भएको छ। इजिप्टमा निर्वाचनबाट मुस्लिम ब्रदरहुडका नेता मोहमद मोर्र्सीीराष्ट्रपतिमा निर्वाचित भएका थिए। राष्ट्रपतिमा निर्वाचित भएपछि उनले राम्ररी काम गर्न पाएका थिएनन् कि उनको विरोध सुरु भयो।
२. विपक्षीहरूले उनको यति चर्को विरोध गरे कि देशको शान्ति स्थिति नै बिग्रन गयो। जब शान्ति स्थिति खलबलियो मौकाको ताकमा रहेका फौजी अधिकारीहरूले सत्तामा हात हाल्ने अवसर पाए। फौजी अधिकारीले राष्ट्रपति मोर्र्सीीो सरकारलाई आपदस्थ गरे र सत्ता आफ्नो हातमा लिए।
३. त्यहाँका जनताले सैनिक सरकारलाई अपदस्थ गरेको धेरै भएको छैन। तर त्यहाँ फेरि अर्को सैनिकको हातमा सत्ता गएको छ। सैनिक सरकारको विरोधमा इजिप्टमा दिनहूँ विरोध बढ्दै गएको छ। सङघर्षमा एक हजारभन्दा बढीको ज्यान गएको छ। तर स्थिति शान्त हुनुको साटो अरु तनावपूर्ण हुँदै गएको छ।
४. एउटा विकल्प नसोचिकन, विरोधको लागि विरोध गरियो भने त्यसको परिणाम अनपेक्षित हुन्छ। राजनीति गर्नेहरूले विरोध गर्दा के कति विरोध गर्ने र कहाँसम्म पुग्ने भनी रेखाड्ढन गर्नुपर्दछ। विरोधलाई र विरोधअन्तर्गत गरिने आन्दोलनलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्दछ। आन्दोलन नियन्त्रणमा रहेन भने तेस्रो पक्षलाई फाइदा पुग्न जाने सम्भावना रहन्छ। जस्तो अहिले इजिप्टमा भएको छ।
५. इजिप्टमा सड्ढटकाल लगाइएको छ। फौजी सत्ताले स्थिति नियन्त्रणमा लिन जनतालाई चेतावनी दिइरहेको छ। बख्तरबन्द गाडीहरू समेत सडकमा उतारिएका छन्। तर आन्दोलनकारीहरूले सडक छाडेका छैनन्। त्यहाँको तनाव तन्किँदै गएको छ। कहिले के हुन्छ भन्न सकिने अवस्था छैन। स्थिति चिन्ताजनक भएकोले बाहिरकाहरू पनि बोल्न थालेका छन्।
६. संयुक्त राष्ट्र सङ्घले त्यहाँको दुवै पक्षलाई धैर्यधारण गर्न र स्थितिलाई शान्त पार्न अपिल गरेको छ। अमेरिका, फ्रान्स, बेलायतले अपदस्थ राष्ट्रपतिलाई छोड्न आग्रह गरेका छन्। त्यसैबीच इन्डोनेसियाले इजिप्टमा हस्तक्षेप गर्न राष्ट्र सङ्घ सुरक्षा परिषद्लाई अपिल गरेको छ। उसले मानवीय सड्ढटमा राष्ट्र सङ्घ टुलुटुलु हेरिरहन नमिल्ने बताएको छ।
७. इजिप्टमा लामो सङघर्षको परिणाम बल्ल बल्ल प्रजातन्त्र आएको थियो। नयाँ व्यवस्था अनुसार चुनाव पनि भयो। तर प्राप्त प्रजातान्त्रिक अधिकारलाई जोगाएर राख्न सकेन। विरोधका लागि विरोध गरियो। विरोध गर्नु नै बहादुरी सम्झियो। नयाँ राष्ट्रपतिलाई खास कामै गर्न दिइएन। खूब विरोध भयो। त्यो अनावश्यक विरोधको फल फेरि सैनिक शासन आयो। त्यसलाई कहिले हटाउन सकिएला र त्यसलाई हटाउन कतिको ज्यान जाने हो, भन्न सक्ने स्थिति छैन।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१