१०±२ पढ्ने कि ए लेभल ?

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७३

नेपालको सर्न्दर्भमा एसएलसी पास गरेपछि १०±२ पढ्ने कि ए लेभल पढ्ने भन्नेबारे विगत केही वर्षदेखि विद्यार्थी, अभिभावक अन्यौलको भूमरीमा परेका छन् भने कैंयौ विद्यालय पनि उचित परामर्श दिन असक्षम रहेको पाइन्छ। नेपालको सर्न्दर्भमा कोर्षको उपयोगिताको हिसाबले दुबै विषयले विश्वविद्यालय प्रवेशमा महत्वपूर्ण स्थान राखेका हुन्छन्।

विश्वविद्यलायअन्तर्गत प्रमाणपत्र तह हटाउँदै सार्क देशहरूको अवधारणाअन्तर्गत नेपालमा १०±२ शिक्षाको सुरुवात सन् १९९२ मा भएको हो भने नेपालमा उच्च माध्यमिक शिक्षा परिषद् गठन गरी कक्षा ११, १२ को पढाइ शुरुवात गरिएको थियो। शिक्षा मन्त्रालयको निर्देशन र उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धमा पोखरा स्थित गण्डकी आवासी माविलाई विज्ञान विषयको नेपालको पहिलो उच्च मावि सञ्चालन गर्न अनुमति दिएको थियो। यस लेखको मूल उद्देश्य १०±२ र ए लेभल पर्ढाई कुन, कसरी छान्ने भन्ने रहेकाले त्यसैतर्फ पाठकवर्गको ध्यानाकर्षण गराउन चाहन्छु।

ए लेभल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत जि.शि.इ. -जेनेरल सािवत फिर्केट अफ् एजुकेसन) कार्यक्रमअन्तर्गतको शैक्षिक कार्यक्रम हो। ए लेभलको कोर्ष, प्लस २ सरहकै २ वर्षे कोर्ष हो र ११ लाई ए एस् र १२ लाई ए टु भनिन्छ। ए लेभल संसारकै विभिन्न देशमा सञ्चालित छ र क्याम्ब्रिज विश्वविद्यालयद्वारा नै संसारभरका अन्दाजी पाँच सय सेन्टरबाट एकैचोटी स्तरीय किसिमले ए लेभलको परीक्षा सञ्चालन गरिन्छ र विश्वभरमै नै यो परीक्षा प्रणालीले मान्यता पाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोको रुपमा क्याम्ब्रिज चिनिन्छ। तसर्थ बेलायत नै नगई संसारका विभिन्नन देशमा ए लेभल विषय अध्ययन गरी क्याम्ब्रिजको मान्यता प्राप्त अन्तर्राष्ट्रिय मापनको सर्टिफिकेट विद्यार्थीले पाउने अवसर प्राप्त गर्छन्।

शुल्कको हिसाबले परीक्षा शुल्क बुझाउँदा बेलायतको स्र्टर्लिङ पाउन्डको हिसाबले बुझाउनु पर्दा ए लेभलको परीक्षा शुल्क निकै महङ्गो जस्तो पर्दछ भने अनुभवी शिक्षक, इन्टरनेटर सुविधा, शैक्षिक सामाग्री आदिका कारणले १०±२ तर्फभन्दा ए लेभल पढ्दा विद्यार्थी स्वतन्त्रपूर्वक सोच्ने, रचनात्मक सीपको विकास गर्न सक्ने, कुनै पनि विषयलाई विश्लेषणात्मक किसिमले अध्ययन गरी आफ्नो क्षमताको विकास गर्ने अवसर प्राप्त हुन्छ। अर्को अर्थमा भन्दा ए लेभल अध्ययन गर्दा सोच्ने, खोज्ने आविस्कारक बन्ने प्रेरणा प्राप्त भइरहन्छ। पाठयपुस्तकको विषय सूचना र नमुनाको रुपमा मात्र सीमित रहन्छ। र, ए लेभल पढ्दा इन्टरनेटबाट सम्बन्धित विषय खोजतलास गर्ने गर्दा तपस्वी बन्नुपर्ने हुन्छ। त्यसैले त विद्यार्थीलाई उच्च अध्ययनको अवसरबारे कक्षा लिँदा भन्ने गरिन्छ, ए लेभलमा सिकिन्छ, १०±२ मा पढिन्छ, अथवा ११, १२ मा घोक्ने विद्या धेरै हुन्छ। विश्वका दुर्इ हजार विद्यालयमा ए लेभल पढाइन्छ भने नेपालमा ४० विद्यालयमा ए लेभलको पढाइ हुन्छ। तापनि उपत्यकाबाहिर भने ए लेभलबारे थोरै मानिसलाई मात्र ज्ञात छ। वास्तवमा ए लेभलको पाठ्यक्रम अत्यन्त विस्तृत छ। ५५ बढी विषयमध्ये रोजेर ए लेभल पढ्न पाइन्छ। जसरी ११, १२ मा विज्ञान पढिन्छ त्यसरी नै ए लेभलमा पनि विज्ञान विषय मूल विषयका रुपमा छान्न सकिन्छ। क्याम्ब्रिज परीक्षा भने विद्यार्थी र स्कुलको छनौट अनुसार एएस् र एटु एक-एक वर्षमा या दुर्इ वर्षमा एकै पटक दिन पाउने प्रावधान छ। दुर्इ पटकमा एकैचोटी परीक्षा दिँदा भने परीक्षा शुल्क घटेर करिब ७० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

ए लेभल पढेका विद्यार्थी संसारको जुनसुकै विश्वविद्यालयमा भर्ना भई पढ्न पाउँछन् भने केही विश्वविद्यालयले अङ्ग्रेजी विषयमा उत्कृष्ट ग्रेड प्राप्त गरेका विद्यार्थीलाई टोफेल, आइएलटीसजस्ता अङ्ग्रेजी टेन्ट दिनु नपर्ने प्रावधान पनि राखेका छन्। अन्तर्राष्ट्रिय कोर्ष भएका कारणले १०±२ ले समुन्द्रपारका देशमा गएर विश्वविद्यालयमा गर्नुपर्ने ब्रिज कोर्ष पनि प्रायः ए लेभललाई छुट दिएको पाइन्छ । अब प्रश्न आयो ए लेभल पढ्ने कि १०±२ – ए लेभल पढ्दाका पाइदा त चर्को शुल्कबाहेक अरु सबै निकै आकषिर्क रहेछन् तर होइन विद्यार्थी भाइबहिनीहरू, यदि तिमीहरूले १२ को पढाइपछि जसरी पनि समुन्द्र पारका देशमा गएर पढ्न सपना देखेका छौ र दृढ लक्ष्य लिएका छौ भनेमात्र तिमीहरूले ए लेभल पढ्नुपर्छ। अन्यथा, तिमीले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश आदि सार्क देशको विश्वद्यािलयमा पढ्ने त्रि्रो दृढ निश्चय छ, यिनै देशमा पढेर डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, प्राफेसर कानुवेत्ता, व्यवसायी बन्ने त्रि्रो इच्छा छ भने तिमी कदापि ए लेभलमा भर्ना नभई १०±२ मा भर्ना भई पढ्नु सवोर्त्तम हुनेछ। किनभने यी देशबाट डाक्टर, इन्जिनियर आदिको कोर्ष गर्दा ए लेभलको कन्टेन्ट अपुरो भइ तिमी प्रतिस्पर्धामा पछाडि पर्ने छौं। किनभने सार्क कन्ट्रीको परिप्रेक्ष्यमा तयार गरिएका कोषहरू अति विस्तृत तथा सान्दर्भिक हुने हुँदा ए लेभलभन्दा कक्षा ११ १२ को पढाइ अति उपयोगी सावित हुनेछ त्रि्रोलागि।

यससम्बन्धी विषयमा कक्षा १० मा पढ्दा नै विद्यालयले उच्च अध्ययन तथा वृत्ति विकास शाखाका विशेषज्ञबाट विद्यालयमै विद्यार्थी ओरिन्यन्टेसनहरू सञ्चालन गरी विद्यार्थीलाई पूर्ण जानकारी दिलाउनु पर्छ। ताकि एसएलसीपछि के पढ्ने भन्नेबारे विद्यार्थी र सम्बन्धित अभिभावक कुहिरोको काग बन्न नपरोस्, बेलैमा त्यसको निर्णय गरी एसएलसीको नतिजा सार्वजनिक हुनुभन्दा पहिलाको समय कसरी बिताउने भन्ने मार्ग निर्देशन प्राप्त हुन सकोस्।

नेपालको सर्न्दर्भमा ए लेभलको प्रसङ्ग कोट्टयाउँदा ब्रिटिस सरकारद्वारा १९८१ मा स्थापित बूढानीलकण्ठ स्कूलमा पहिलो पटक ए लेभल पढाइ शुरु गरेको थियो। तर त्यस बखत एसएलसी परीक्षा दिएर एक वर्षको ओ लेभल पढाइ पूरा गरेपछि मात्र दुर्इ वर्षको ए लेभलको पढाइ सञ्चालन हुन्थ्यो। यसले गर्दा ए लेभल पूरा गरेकालाई बिएससी प्रथम वर्ष सरहको मान्यता तोकिएको थियो तर यो अव्यवहारिक महसुस भइरहेका बखत क्याम्ब्रिजले ओ लेभल कोर्ष हटाएर ए लेभलको कोर्षमात्र राखेपछि एसएलसीपछि हुने २/२ वर्षको १०±२ र ए लेभल कोर्ष समानान्तर रुपमा स्थापित भइ दुबै समकक्षमा छन्। बूढानीलकण्ठ स्कूलले १९९० को अन्तिम वर्षतिर ए लेभल परीक्षामा तीन वर्ष लगातार विश्वभरमै उत्कृष्ट नतिजा प्राप्त गरेकाले संसारका १० उत्कृष्ट हाइस्कूलको सूचिमा पर्न सफल भएको थियो।

पोखरा स्थित गण्डकी आवासी उच्च मावि लामाचौरको क्याम्ब्रिज विश्वविद्यालयसँगको सम्बन्धको आफ्नै इतिहास छ। हुन त कोही कोही नबुझेका मानिस पोखराको गण्डकी बोर्र्डिङ स्कुल बूढानीलकण्ठको शाखा विद्यालयका रुपमा स्थापित भनी भ्रम पनि गर्ने गर्छन्। जुन बिलकुल सत्य होइन, गण्डकी आवासीयको स्थापना १९६६ मा भएको थियो भने सन् १९८१ मा स्थापित बूढानीलकण्ठ स्कुलको शाखा गण्डकी कसरी हुन सक्ला। फरक त्यति हो, गण्डकी आवासीय उयुनाइटेड मिसन टु नेपालले स्थापना गरी सन् २००५ मा नेपाल सरकारलाई हस्तान्तरण गरियो भने सन् १९९४ मै ब्रिटिस सरकारले बूढानीलकण्ठ स्कुल नेपाल सरकारलाई हस्तान्तरण गरेकेा थियो।

१९९१ मा अङ्ग्रजी माध्यमबाट एसएलसी दिने गण्डकी बोर्र्डिङ स्कूलका विद्यार्थीलाई क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा ओ लेभलको पढाइ सञ्चालन गरिएको थियो तर राष्ट्रिय शिक्षा समिति र शिक्षा मन्त्रालयद्वारा नेपालको पहिलो विज्ञान सङ्कायको १०±२ सञ्चालन गर्ने निर्देशन भए अनुरुप ओ लेभलको पढाइ १९९२ बाट स्थगित गरी कक्षा ११, १२ सञ्चालन गरियो। यद्यपि १९९५ सम्म विद्यालयमा प्राइभेट परीक्षाको रुपमा ओ लेभल सञ्चालन भइरह्यो भने विद्यार्थीले ओ लेभलमा उत्कृष्ट नतिजा पनि प्राप्त गरेका थिए।

सन् २०१० मा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्य पूर्र्ति गर्न गण्डकी आवासीय उच्च माविमा क्याम्ब्रिजको पुरानै दर्तालाई नवीकरण गरी १०±२ का साथसाथै ए लेभलको पढाइ भयो। गण्डकीमा शान्त र सुन्दर वातावरणमा अरुको तुलनामा सस्तो शुल्कमा अनुवभी शिक्षकबाट प्रभावकारी किसिमले ए लेभलको पढाइ सञ्चालन भइरहेको छ। सन् २०११ मा मेनोलिन शर्माले ए लेभलमा रसायन शास्त्रमा उत्कृष्ट अङ्क ल्याई क्याम्ब्रिज अवार्ड प्राप्त गरिन् भने सन २०१४ मा एलिशर चौधरीले अङ्ग्रजी विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी क्याम्ब्रिज अवार्ड प्राप्त गरी विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाए। कक्षामा कहिल्यै दोस्रो नभइ ४ कक्षादेखि १० कक्षासम्मै प्रथम स्थान प्राप्त गर्ने प्रतिभाशाली छात्रा रश्मी लामिछानेले १०±२ लाई छाडेर गण्डकीमै ए लेभल कोर्ष पढी उत्कृष्ट अङ्क ल्याएर जर्मनी स्थित प्रसिद्ध ज्याकोब युनिभर्सिटीमा पूर्ण छात्रवृत्ति प्राप्त गरी अध्ययन पूरा गरिन्। यही जेठमा त्यही विश्वविद्यालयबाट उनी दीक्षित हुँदै छिन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै