होलीको आध्यात्मिक रहस्य

एक मायाको रंग र दोस्रो इश्वरको रंग। यी रंगमा रंगिनु श्रेष्ठ होली मनाउनु हो, किनकि यस रंगमा रंगिने मनुष्य नै योगी हो। माया अर्थात् विषय-विकारमा रंगिने मानिस त भोगी हो।

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७२

होली पर्व शिवरात्रीपश्चात् फागुन पूर्णिमामा पर्दछ। मानिसहरू यसलाई प्रायः तीन प्रकारले मनाउँछन्। उनीहरू प्रथम दिन होलिका जलाउँदछन्, एकअर्कामा रंग खेल्दछन् र फेरि मंगल मिलन मनाउँछन्। होली मनाउने तिथि र उपयुक्त तीन तरीकामा ध्यान दिनाले होलीको वास्तविक रहस्य सजिलै बुझ्न सकिन्छ।

फागुन पूणिर्माको रात्रीमा होलीका जलाउनुको अर्थ पछिल्ला वर्षका तीता र तिखा स्मृतिलाई जलाउनु, आफ्ना दुःख भुल्नु र हाँस्दै-खेल्दै नयाँ वर्षको आÞवान गर्नु हो। पुरानो वर्षको अन्त्यमा यस पर्वलाई मनाइनुले यो पर्व पहिला कलियुगको अन्त्यमा मनाइएको रहस्य अनुमान गर्न सकिन्छ। जसपश्चात् सतयुगका सुख, शान्तिका दिन सुरु भएका थिए। कलियुगको अन्त्यमा होलिका जलाउनाले मनुष्यका दुःख, दरिद्रता, वासना तथा व्यथा सबै मेटिएका थिए। प्रश्न उठ्छ कि होलिका जलाउनाले मनुष्यका विकार र विकर्म, दुःख र क्लेष कसरी नास हुन सक्दछन् ?

यसबाट स्पष्ट हुन्छ कि लठ्ठी तथा गोबर जलाउनु नै होलिका दहन होइन। लठ्ठी तथा गोबर जलाउने जस्ता प्रचलनलाई कतैकतै आजसम्म कायम राखेता पनि यहाँ दुःख, दरिद्रता तथा अपवित्रताको प्रज्वलन त भएको छैन र अझै दिनानुदिन त्यस्ता अनैतिक प्रवृत्तिमा वृद्धि भइरहेको छ। अतः विचार गर्दा सबैले यही मान्नेछन् कि योगाग्नी प्रज्वलित गर्नाले नै हाम्रा पुराना तीता स्मृतिहरू मेटिदै जान्छन्। हाम्रा दुःख टाढा हुन्छन् र उल्लास आउन सक्छन्। त्यसैले होलीका दिन गोबर र घासलाई अग्निको ज्वालामा जलाउनु वास्तवमा मनको उबडखाबड अथवा दूषित वृत्तिलाई योगाग्नीद्वारा भस्मसात गर्ने प्रेरणा दिन्छ। यसै कारण यस पर्वलाई राक्षस विनाशक पर्व पनि मानिन्छ। यो पर्व माया रुपी राक्षसलाई ज्ञान रुपी होहल्लाले भगाउने पर्व हो।

होलीको अर्थ अको शब्दमा यस प्रकार पनि गर्न सकिन्छ : होली अर्थात् जो बित्यो, सो बित्यो, बितिसकेका कुराको चिन्ता नगरौँ र अबका लागि श्रेष्ठ ज्ञानयोग युक्त भएर गरौँ। होली अर्थात् म आत्मा अर्ब इश्वर-अर्पण भईसकें अर्थात् अब जे पनि कर्म गर्दछु त्यो परमात्माको आदेश अनुसार नै गर्नुछ। अङ्ग्रेजी भाषको होली शब्दको अर्थ नेपालीमा पवित्र बन्नु हो। त्यसैले जे पनि कर्म गर्नुछ, कुनै मनोविकारको वशीभूत भएर नहोस् अर्थात् शुद्ध होस्। यस प्रकारबाट हामी होली पर्वको एक शब्दबाट नै अनेक शिक्षा ग्रहण गर्न सक्दछौँ।

होलीमा एक-अर्कालाई रगं लगाइदिने प्रथा छ। ज्ञानलाई रंग भनिन्छ। ज्ञानी मनुष्यको रंग अर्थात् सम्बन्ध, सर्म्पर्कमा रहने आत्मालाई पनि ज्ञानको रंग चढ्दछ, उनीहरूलाई चोला धारण गर्नेवाला चोली -आत्मा)को परमात्मासँग सम्बन्ध जोडाएर उहाँको लालीबाट लाल गर्दछ। अर्थात् शक्ति लिने विधि थाहा हुन्छ। यस सृष्टिमा दुर्इ नै रंग छन् : एक मायाको रंग र दोस्रो इश्वरको रंग। यी रंगमा रंगिनु श्रेष्ठ होली मनाउनु हो, किनकि यस रंगमा रंगिने मनुष्य नै योगी हो। माया अर्थात् विषय-विकारमा रंगिने मानिस त भोगी हो।

आजकल होलीको दिन सानाठूला सबै मिलेर एकअर्कामा होली खेल्दछन्। साना बच्चाले पनि ठूलाको टोपी नै उतारीदिन्छन् भने ठूलाहरू पनि फोहोर छेपाछेप गर्दछन्। एकअर्कालाई गाली पनि दिने गर्छन्। दुर्भाग्य यही छ कि होली जस्तो पावन पर्वलाई मानिसले हुल्लडबाजीको पर्व बनाइदिए।

होलीले कलियुग अन्त्य र सतयुगको आदिको संगम समयको याद दिलाउँछ। परमपिता परमात्मा ‘शिव’ले अवतरित भएर ज्ञान होली खेल्नुभयो र आत्मालाई आफूसँग मंगलमिलन मनाउनु भएको थियो। हिरण्यकश्यपुलाई वरदान मिलेको थियो कि न दिन होस्, न रात। यसले यही संगमको समयको नै याद दिलाउँछ किनकि सतयुग र त्रेतायुगलाई ब्रम्हाको दिन तथा कलीयुगलाई ब्रहृमाको रात्रि भनिन्छ। वर्तमान संगमको समयलाई न दिन न रात्रि भनिन्छ। वर्तमानमा परमपिता परमात्मा प्रत्यक्ष ज्ञानको होली र मगंलमिलन मनाइरहनुभएको छ। तर यस रहस्यबाट अनविज्ञ मानिसले स्थूल रंगको होली मनाएर समय, धन, वस्तु र शक्ति र्व्यर्थ गुमाइरहेका छन्।

अब भगवानको आज्ञानुसार आपसी शत्रुता, भेदभाव र द्वेषलाई मेटाइदिनु पर्छ। आपसमा जुन अनुचित कुरा भएका छन्, तिनलाई ‘होली’ अर्थात् भइसक्यो भन्ने बुझेर होली मनाउनुपर्छ। यस्तो होली मनाउनाले नै यथार्थ मगंलमिलन हुनेछ। यस शिक्षामा चलेर आत्माको चोली ज्ञानले रंगाएर परमात्माबाट वास्तविक मंगलमिलन मनाउनुपर्छ।

Related News

सम्बन्धित समाचार

hero news full width