सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजनमा प्रतिबन्ध लगाऔं

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७०

आज मई ३१ तरीख अर्थात विश्व धुम्रपानरहित दिवस। सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोग र तिनका कारणले हुने मृत्युदरलाई न्यूनीकरणका लागि विश्व स्वास्थ्य स·ठनले प्रत्येक बर्ष आजको दिनलाई विशेष अवसरको रूपमा मनाउने गरेको छ। सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सर रोगको मुख्य तत्व रहेको विभिन्न सवेक्षण तथा अनुसन्धानबाट प्रभावित  भइसकेको छ। चुरोट, विंडी, तमाखु र सुर्ती आदिलाई सुर्तीजन्य पदार्थको रूपमा लिइन्छ। जुनसुकै रूपमा यसको प्रयोग गरे पनि यसको सेवनले मानिसलाई असर गर्दछ। विश्व स्वास्थ्य स·ठनको प्रतिवेदन  अनुसार  प्रतिवर्ष  ९० लाखभन्दा बढी मानिस यस रोगबाट पीडित हुने गरेका छन्। नेपालमा करिब ४८ हजार क्यान्सर विरामी रहेको अनुमान गरिन्छ। प्रत्येक वर्ष यो सङ्ख्या अझै वृद्धि हने सम्भावना रहेको छ।

धुम्रपान सेवन गर्ने व्यक्तिहरू आत्महत्यातिर उन्मुख हुन्छन् भने अर्काको ज्यान लिने प्रक्रियामा अप्रत्यक्ष रूपमा समेत सहभागी हुन्छन्। विश्व  स्वास्थ्य  सङ्गठनको प्रतिवेदन अनुसार धुम्रपान सेवनको कारणले वर्षेनी ६० लाख व्यक्तिको मृत्यु हुने गरेको छ। यदि यही क्रम जारी रहने हो भने सन् २०६० सम्म प्रतिवर्ष १ करोडको मृत्यु यही सुर्तीजन्य पदार्थको हुनेछ जसमा ६० लाख नेपालजस्तो विकासोन्मुख राष्ट्रको मात्र हुनेछ। धुम्रपानको  अम्मली विकसीत राष्ट्रमा घट्दो देखिए पनि विश्वव्यापी रूपमा बढिरहेको छ।

चुरोटसम्बन्धी तथ्याड्ढका अनुसार एउटा चुरोट करिब १३ मिनेटसम्म बल्छ। अम्मलीहरूले एक मिनेटमा  दुर्इ सको तान्छन् अर्थात उनीहरू ३/४ सेकेण्ड धुवाँ तान्छन्। सको तानेर फोक्सोबाट बाहिर फाल्ने  धुवाँ र सको नतान्दा वातावरणमा गइरहेको धुवाँले धुम्रपान नगर्ने  व्यक्तिलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ। चुरोटको धुवाँमा ४७०० रसायन हुन्छन् तीमध्ये २ सयभन्दा बढी विषालु  र  ५०  भन्दा बढी मानिसमा क्यान्सर उत्पन्न गर्ने रसायन हुन्छन्। उक्त प्रदुषणबाट स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने हरेक व्यक्तिको मानव अधिकार  रक्षाको लागि पनि सुर्तीजन्य  पदार्थको प्रभावकारी नियन्त्रण गर्नु अति आवश्यक भइसकेको छ। विश्वमा धुम्रपानको कारणले प्रत्येक सेकेण्डमा १ जना मानिसको मृत्यु हुन्छ। तथ्याड्ढ अनुसार नेपालमा ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गर्दछन्। सुर्तीजन्य पदार्थका  प्रयोग मात्र रोक्न सक्यो भने ४० प्रतिशत  क्यान्सरको भार घटाउन सकिने  अध्ययनहरूले  देखाइसकेका छन्। नेपाल अर्वुदरोग निवारण संस्थाले विगत ३० वर्षदेखि धुम्रपान नियन्त्रणका साथै क्यान्सर रोगको निवारण क्षेत्रमा अग्रसर रहं’दै आइरहेको छ। सुर्तीजन्य पदार्थको नियन्त्रणको लागि नेपाल सरकारले सन् २००२ मा विश्व स्वास्थ्य स·ठनबाट प्रतिपादित सुर्ती नियन्त्रणसम्बन्धी अन्तराष्ट्रिय महासन्धि ९ ाचamभ धयचप अयलखभलतष्यल यल तयदबअअय अयलतचय स्ि ‘ऋत्ऋ ० सहमति गरेको छ।

नेपाल अर्वुदरोग निवारण संस्था लगायतको वषौर्ंदेखिको अथक प्रयास र पहलमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने विधेयक ऐन कार्यान्वयनमा आई नियमावली समेत जारी भइसकेको छ। सुर्तीजन्य पदार्थ  नियन्त्रण र नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने, उत्पादकले सुर्तीजन्य  पदार्थको  बट्टा, पाकेटका कुल बाहिरी भागको कम्तीमा ७५ प्रतिशत भागमा चेतनामूलक सन्देश तथा चित्र उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ। सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्धन तथा प्रायोजन गर्न नपाइने, १८ वर्षमुनिका व्यक्ति र गर्भवती महिलाहरूलाई सुर्तीजन्य पदार्थको बिक्री वितरण  गर्न नपाइने साथै ऐनमा भएको  व्यवस्था उल्लङ्घन गर्नेलाई दण्ड सजायँको पनि व्ययस्था गरिएको छ। क्यान्सर रोगको मुख्य  कारक तत्वको  रूपमा रहेको सुर्ती सेवन विरुद्धको अभियानमा नागरिक  समाजलगायत सबै पक्षकबो सहयोग र सद्भावले सफल हुन मदत पुर्‍याउँदछ। नेपाल जस्तो विकासोन्मुख  गरिब मुलुकमा  महङ्गो  स्वास्थ्य सेवा  र गरिबी व्याप्त समाजबाट सुर्तीजन्य पदार्थलाई समाजबाटै विस्थापित गर्दै लैजान आजको अपरिहार्य आवश्यकता रहेको छ।

मई ३१ मा विश्वभरि मनाइने यस वर्षको धुम्रपानरहित दिवसको मुख्य नारा ‘सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजनमा प्रतिबन्ध लगाऔं’ रहेको छ। सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्तीजन्य उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। सुर्तीजन्य कम्पनीहरूले प्रशस्त खर्च गरेर किशोरकिशोरीलाई लत बसाएर मर्ने वा सुर्ती छाड्ने ग्राहकको प्रतिस्थापन गर्छ। सुर्तीजन्य  पदार्थको प्रयोगलाई निरुत्साहित गर्न विज्ञापन, प्रचार-प्रसार, प्रवर्द्धन र विभिन्न नाममा हुने प्रायोजनलाई प्रतिबन्ध लगाउन ढिलो भइसकेको छ।नेपालमा सुर्तीजन्य पदार्थबाट वाषिर्क ४ अर्ब राजश्व उठ्छ तर करिब १६ अर्ब रुपैयाँ सुर्तीजन्य पदार्थबाट उत्पन्न हुने रोगको उपचार गर्न खर्च हुन्छ। अतः सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजनमा प्रतिबन्ध लगाउनु अत्यावश्यक भइसकेको छ।

नेपाल जस्तो बिकाशोन्मुख देशमा सरकारी राजस्व, रोजगारीको सृजना आदि कारणले सुर्तीजन्य पदार्थको नियन्त्रणमा प्रभावकारी कार्य हुन सकेका छैनन्। यिनै तथ्यलाई ध्यान दिँदै नेपाल अर्बुद रोग निवारण संस्थाले अन्य सङ्घसंस्थाको सहयोग र सहकार्यमा धुम्रपान नियन्त्रणका साथै क्यान्सर रोगको रोकथाम र उपचारको कार्यमा विभिन्न प्रतिकारात्मक र उपचारात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। क्यान्सर रोगको रोकथाम र जनचेतनाको महत्वपूर्ण भूमिका रहने हुँदा प्रतिकारात्मक क्षेत्रतर्फ यस संस्थाले धुम्रपान र क्यान्सर रोगबारे जनमानसमा सचेतनाको लागि विद्यालय, क्याम्पस, समुदायस्तरीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी क्यान्सर रोगको कारक तत्व, निदान र उपचार सम्बन्धमा जानकारी दिँदै आइरहेको छ भने उपचारात्मक क्षेत्रतर्फ नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगीहरूलाई सर्वसुलभ तरिकाबाट रेडियोथेरापी, केमियोथेरापी, सर्जरी आदि स्वास्थ्य सेवा दिँदै आएको छ।

नेपाल अर्बुदरोग निवारण संस्थाले नेपालमा सन् २०२० सम्ममा सुर्तीमुक्त राष्ट्रको रूपमा स्थापीत गर्ने आवश्यकतालाई सफल पार्न सम्पूर्ण सङ्घसंस्था, सञ्चारमाध्यम र नागरीक समाजलगायत सवैको सहयोग आवश्यक रहेको छ। एकातिर धुम्रपान पदार्थको नियन्त्रण र नियमनसम्बन्धी ऐनलाई प्रभावकारी कार्यान्वयन अकोर्तिर धुम्रपानले पार्ने नकारात्मक असरबारे जनचेतनामूलक कार्यक्रम जनस्तरसम्म गर्नुपर्ने अवस्था रहेको छ। धुम्रपानले धुम्रपान नगर्ने विशेष गरी वालवालीका, महिला तथा सर्वसाधारणलाई बढी नकारात्मक असर परेको छ। विशेषज्ञहरूले धुम्रपान प्रदुषणमुक्त वातावरण जीवनयापन गर्न पाउन हरेक व्यक्तिको मौलीक अधिकार रहेको उल्लेख गर्दै धुम्रपान गर्नेले अर्काको मानव अधिकार समेत हनन समेत गरेको हुन्छ। अतः यिनै तथ्यलाई ध्यान दिँदै सुर्तीजन्य पदार्थको प्रभावकारी नियन्त्रण र नियमन गर्न सके समाजले स्वास्थ्य वातावरणमा बाँच्न पाउनुपर्ने  अधिकार समेत सुनिश्चित गर्न सक्ने आजको आवश्यकता रहेको छ।

(लेखक नेपाल अर्वुदरोग निवारण संस्था, कास्कीका सभापति हुन्।सं. )

Related News

सम्बन्धित समाचार

hero news full width