सबैको पेटमा एउटा किताब

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७०

यो निजामती किताबखानाको कुरा होइन। भौगोलिक हिसाबमा मध्य एटलान्टिक रिजको एक हिस्सा, ऐतिहासिक, राजनैतिक, सांस्कृतिक र व्यवहारिक कारणबाट यूरोपमा सामिल, उत्तरी एटलान्टिक र आर्कटिक महासागरको बीचमा पर्ने प्राकृतिक हिसाबले अति सुन्दर देश आइसलेण्डको विषय हो। यूरोपमा सबैभन्दा कम आवादी देशले चिनिने यो मुलुकको क्षेत्रफल करिब चालिस हजार वर्गमिल छ। नर्डिक ग्रुपभित्र पर्ने यस देशको राजधानी रेक्जाभिक विश्वकै सबैभन्दा उत्तरी भागमा पर्दछ। सवा तीनलाख जति जनसंख्या रहेको यो देश सन् २०१३ को यू एन मानव विकास सूचाङ्कमा १३ औं स्थानमा परेको छ।

यस देशको साहित्यमा उत्तरवासीको (नर्वेजियन) गहिरो प्रभाव परेको छ। यस प्रकारको आयतित साहित्यलाई ओल्ड नोर्स लेटिरेचर भन्ने गरिन्छ। नव आधुनिक कालखण्डमा यस देशको साहित्यिक आयममा पुनः प्रवर्तन भएको छ। निबन्ध, कविता, लघुकथा, अभिव्यंजनावादी लेख आदिले गर्दा संसारभर यस देशको साहित्यको चर्चा अग्रस्थानमा हुने गरेको पाइन्छ। हाल अपराध उपन्यासकार अरनाल्डर इन्डि्रयासनले यस देशको साहित्यको उत्थानमा ठूलो भूमिका निभाएका छन्। यस देशको साहित्यिक परिवेशलाई समेटेर बुँदागत रूपमा केही प्रसङ्ग उल्लेख गरिएको छ।

आइस्लेण्डः

१) विश्वमा सबैभन्दा धेरै लेखक, आइस्लेण्डिक भाषामा ‘सबैको पेटमा एउटा-एउटा किताब हुन्छ अथवा हर कोही एउटा किताब जन्माउँछ’।

२) प्रत्येक दश जनामा एकजना किताब लेख्छ।

३) नोर्स उपनिवेशियहरूको कहानी धेरै हुन्छ, नेप्किन पेपर अथवा कफी प्यालामा समेत साहित्यिक कथा लेखिएको पाइन्छ, सबै झरनामा प्राचीन नायक वा नायिकाको जीवनी जोडिएको हुन्छ भने टुरिष्ट गाइडले पनि कविता भन्छ र पार्कहरूमा बस्ने बेन्चमा समेत कविता लेखिएको हुन्छ।

४) अगला मैग्नुसगटिर आइस्लेण्डिक साहित्यिक केन्द्रकी प्रमुख हुन्। उनका अनुसार यस केन्द्रले साहित्य र अनुवादका लागि सरकारबाट आर्थिक सहायता पाउने गर्दछ। अपराधसित जोडिएका उपन्यासहरूको बिक्री धेरै हुने गर्दछ।

५) प्राकृतिक सुन्दरता, तालतलैया, झरना, ज्वालामुखी, परीकथाका विषयवस्तुहरू पुस्तक लेख्नमा सटीक पृष्ठभूमि बन्दछन्। संयुक्त राष्ट्रसंघको यूनेस्कोले राजधानी रेक्जाभिकलाई साहित्यको सहर घोषित गरेको छ।

६)     सन् १९४४ मा डेनमार्कबाट स्वतन्त्र भए पश्चात् यस देशले आफ्नो पहिचान बनाउन शुरु गर्‍यो। सन् १९५५ मा हाल्डार ल्याक्सनेसले साहित्यको नोबेल पुरस्कार जितेका हुन्। यस देशका जनता आफ्नो घरमा पालेको बिरालोको नाम समेत ल्याक्सनेससित जोडेर राख्दछन्। कसैलाई पुरस्कृत गर्नु परेमा किताब नै दिइन्छ। क्रिस्मसको अगाडि अधिक मात्रामा किताबहरू प्रकाशन हुन्छन्। यहाँ कपाल काट्ने ठाउँमा समेत साहित्यकार र उनका पुस्तकहरूको चर्चा चल्दछ, कुनै-कुनै राम्रा लेखकलाई तलब मिल्दछ।

७) लेखकहरू जिउँदै स्र्वर्ग गए भने यही देशमा पुग्दछन्।

लेखन र लेख्य विषय र समाजको सम्बन्ध बहुत गहिरो हुन्छ। पाठक समाज धेरै संवेदनशील हुँदै गैरहेको छ। कहिलेकाहीं संवेदनशीलता अघि र पाठक पछि परेका हुन्छन्। कालान्तरमा महसुस हुन्छ विशेषताको र मान्छेले खोज गर्दछ। यस्तै प्रकारका केही सर्न्दर्भहरू यहाँ वर्ण्र्ाा गरिएको छ।

क) विस्टन चर्चिल – ग्रेट विटेनका पूर्व प्रधानमन्त्री विस्टन चर्चिलले आफू फौजी सेवामा रहँदा सन् १८९९-१९०० मा लेखेको “आवर मर्डन वाच वर्डस” नामक ४० लाइनको कविता करिब १५ हजार पौण्ड -चौबिस लाख नेपाली) मा लिलामी हुँदैछ। लय विहिन यो कविताले हेरो स्कूलको साहित्य प्रतियोगितामा पुरस्कार पाएको थियो। यस कविताको पाण्डुलिपिको खोज पूर्वव्यापारी राय डेभिडले गरेका हुन्। सेनाले प्रयोग गर्ने कागजमा नीलो पेन्सिलले लेखिएको यो कवितामा दश-दश लाइनका चार पद छन्। सबै मिलाएर ४० लाइन हुन्छन्।

ख) नेशनल लाइब्रेरी अफ स्कटलेण्डले पचासी वटा स-साना किताबहरू प्रदर्शनको लागि राखेको छ। चामलको दाना जत्रो ०.९ मिलिमिटर उचाई भएको यो किताब प्रदर्शनीमा राखिएका मध्य सबैभन्दा सानो हो। यो किताब प्रस्लीस्थित ग्लेनियर प्रेसमा छापिएको हो।

ग) सन् १६४० मा संयुक्र राज्य अमेरिकाको म्यासाच्युसेटमा प्रकाशित भएको ‘दि बे साम बुक’ नामक पुस्तक न्यूयोर्कमा लिलामी हुँदैछ। करिब तीन करोड यु.एस. डलर भन्दा माथि मूल्यमा बिक्री हुने आशा गरिएको यो पुस्तक अनुवादित एघार प्रति मध्ये यो एक हो।

घ) महात्मा गान्धीको चिठी – सन् १९४३ मा जुन बेला गान्धी जेलमा थिए तत्कालीन भारतका अतिरिक्त सचिवलाई आफू र आफ्ना समर्थकहरूलाई रिहायी गर्न अपिल गर्दै एउटा चिठी लेखेका रहेछन्। त्यो चिठी भारतीय स्वतन्त्र आन्दोलनको समयमा सहयोद्धा एकजना साथीको हातमा रहेछ। कसरी-कसरी त्यो चिठी बेलायतीको हातमा पुग्यो। कसै-कसैले भारतीय नागरिकले आफ्नो घरर्खर्च चलाउन बिक्री गरेको हो भन्ने पनि गर्दछन्। हाल उक्त चिठी एक लाख त्रिपन्न हजार छ सयमा लिलामी भएको छ।

ङ) नेपोलियन बोनापार्टले लेखेको २०० वर्ष पुरानो चिठी लिलामी : सन् १८१२ मा नेपोलियनले आफ्ना विदेशमन्त्री हु बनर्डलाई लेखेको एउटा सामरिक महत्वको चिठी फ्रान्सको राजधानी पेरिसको एक संग्रहालयले एकलाख बाइस हजार पाउण्डमा खरिद गरेको छ। यो चिठीमा रुसको क्रेमलिनमा धावा बोल्ने तयारी भएको कुरा उल्लेख छ।

स्रोतः बि.बि.सी. हिन्दी

Related News

सम्बन्धित समाचार

hero news full width