शून्य देखियो राजनीतिक आकाश

आदर्श समाज सम्वाददाता
पौष १, २०७०

‘मेरो कल्पना यस्तो एउटा लोकतान्त्रिक र मुक्त समाज हो जहाँ सबै जना सौहार्दपूर्वक रहन सकून्, सबैलाई बराबरीको मौका मिलोस्। यो यस्तो सोच हो जसलाई प्राप्त गर्न म बाँचिरहन चाहन्छु-नेल्सन मण्डेला।

सन् २०१३ को डिसेम्बर ५ देखि यी राजनीतिक आकाशका उदाहरणीय तारा सदाको लागि अस्ताए। आफ्नो ८९ औं जन्मोत्सवको अवसरमा स्थापित उनको ‘एर्ल्र्डस’ नामक संस्था पनि टुहुरो भयो, विश्व प्रसिद्ध मण्डेला फाउण्डेशनको भविष्य कस्तो रहनेछ भन्ने कुरा पूर्व अनुमान गर्न सकिँदैन। उनले आफूसँग केवल हँसिलो अनुहार, लामो कद र विश्वका ७ अर्ब जनताको निस्वार्थ प्रेम लिएर गए तर समानता, स्वतन्त्रता र मानवताको असीम शृङ्खला हामीलाई छोडे।

सङ्र्घर्ष नै जीवन भएका अतुलनीय व्यक्तित्वका धनी मदीबा दक्षिण अफ्रीकाको पूर्वी केपटाउनमा सन् १९१८ को जुलाई १८ मा एउटा कुलीन परिवारमा जन्मिएका थिए। ९५ वर्षको आफ्नो दीर्घजीवन कालको अधिक समय त्यस देशको रंगभेदी सरकारको ठाउँमा एक लोकतान्त्रिक र बहुनस्ली आकार बनाउनको लागि लामो सङ्र्घर्षशील र कठिनपूर्ण जेल जीवन बिताए। उनका पिता थेंबू राज परिवारका सल्लाहकार थिए। मण्डेला ९ वर्षको हुँदा उनका बुवाको स्र्वर्गवास भयो। मण्डेलाको आफ्नो कुलको नाम रोलिहलाहला दालिभंगा थियो। पछि स्क’लमा एक शिक्षकले उनको अङ्ग्रेजी नाम नेल्सन राखिदिएका हुन्। यी कानुनका विद्यार्थी हुन्।

सानै उमेरदेखि उनलाई राजनीतिमा चासो जागेको थियो। ७९ प्रतिशतभन्दा बढी अफ्रीकी मूलका काला जाति रहेको यस देशमा केवल ८-९% गोराहरूको राज, त्यसमा पनि सामाजिक, राजनीतिक र व्यवहारिक जीवनमा अत्यधिक पक्षपातपूर्ण व्यवहारको परिस्थितिले गर्दा सचेत नागरिकमा एउटा अग्रगामी परिर्वर्तनको भावना जागृत हुनु स्वभाविक मनस्थिति हो। उनलाई तत्कालीन अफ्रीकी अव्यवस्थाले पीडित बहुसङ्ख्यक जनताको मुक्तिको लागि केही गर्न आत्मीय प्रेरणा दियो। आफू २५ वर्ष्को लक्का जवान हुँदा नहुँदै मण्डेला स्वतन्त्रताको लागि संगठित अफ्रीकी नेशनल कङ्ग्रेसमा आबद्ध भए। सा·ठनिक काममा व्यस्त हुँदै गर्दा सन् १९५६ मा उनलाई देश द्रोहको आरोप लाग्यो। केही महिनापछि सरकारले त्यो आरोप फिर्ता लिए पनि उनी गोरा शासकको तारो बनि नै रहे। सन् १९६२ मा पुनः देशद्रोही र आतड्ढकारकिो अभियोग लगाएर तत्कालीन सरकारले सन् १९९० सम्म २७ वर्ष विभिन्न प्रकारका यातनापूर्ण क्रियाकलापसहित जेलमा बन्दी बनाएर राख्यो। विश्व जनमत बन्दी बनेन निरन्तर उनको पक्षमा वकालत गरि नै रहृयो। अन्ततोगत्वा सन् १९९० मा उनलाई रिहा गर्न बाध्य भयो रंगभेदी सरकार। फलस्वरूप, अफ्रीकी नेशनल कङ्ग्रेसका अध्यक्ष समेत रहेका मण्डेला सन् १९९४ मा त्यस देशको प्रथम काला राष्ट्रपतिको रूपमा निर्वाचित भए। क्षमाशील स्वभावका उदारवादी गान्धीत्वका अनुयायी शालीन व्यक्तित्व आजर्का विश्वनेता मण्डेलाले आफूलाई हैरान गर्ने गोरा समूहसित कुनै पनि बिन्दुमा बदला लिएनन् बरू दक्षिण अफ्रीकालाई अनेकतामा एकता भएको देशको रूपमा स्थापित गरे। धन्य हुन् मण्डेला देशमा जरा गाडेको कयौं सङ्र्घर्षहरूमा पनि शान्ति वहाल गर्न अग्रणी भूमिका निभाए। यसकै श्रेयले गर्दा उनी सन् १९९३ को नोबेल शान्ति पुरस्कारले सुशोभित भए।

६ डिसेम्बरको एकाबिहानै विश्वलाई निष्तब्ध पार्दै वर्तमान दक्षिण अफ्रीकी राष्ट्रपति जेकव जूमाले गहिरो दुःख प्रकट गर्दै राष्ट्रले आफ्नो पिता गुमाएको पुष्टि गरे। सारा अफ्रीकीलाई यस्तो दिन अपरिहार्य भएको ज्ञात भए तापनि नोक्सानीको भर्पाइ लिने ठाउँ नभएको यथार्थ सुनाए। साँचै कुरा हो अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेझैं अब मण्डेला हाम्रा होइनन् युगका साझा सम्पत्ति हुन्। मण्डेलाको कैदी जीवनदेखि राष्ट्रपतिसम्मको यात्राले मानव मनमा एउटा विश्वास जन्माएको छ कि असल कामले एउटा मानिस र एउटा देश बदल्न सकिन्छ। नेतृत्व वर्गले यदि जिम्मेवारी साँच्चै वहन गर्न चाहन्छ भने मण्डेलाको जीवनीसँग प्रेरित हुनै पर्दछ।

उनले आफ्ना विरोधीलाई क्षमा नदिएर प्रतिशोधको भावना लिएको भए आध्यात्मिक रूपमा मण्डेला जेलमै हुने थिए। उनको जीवनीबाट हामीले धेरै कुरा सिक्न सकिन्छ। मान्छेमा क्षमा दिन सक्ने साहस चाहिनछ, मानिसको जन्म अकोर्लाई पीडा दिनमात्र भएको होइन, अकोर्लाई प्रेम गर्नु पनि हो। यस्तै आदर्शले गर्दा उनको मृत्युलाई पनि शानदार मृत्यु भनिन् उनकी छोरी मकाजिवेले। उनको मृत्यु हुँदाका अवसरमा श्रीमती ग्रेसा, छोरी मकाजिबे र नातिनातिना अतीत सम्झँदै एकग्रतापूर्वक हेरिरहेका थिए। मण्डेला आफू बिदा भए पनि आफ्नो र दक्षिण अफ्रीकी देशको इतिहास भने छोडेर गए। इन्द्रधनुषीप राष्ट्र (रेन्बो नेशन कन्सेप्ट) मा अगाडि बढेको यो राष्ट्र अन्तर्राष्ट्रिय वृत्तमा माध्यमिक शक्तिको रूपमा परिचित छ। जनसङ्ख्याको दृष्टिले २४ सौ र भूभागको हिसाबले २५ सौ ठूलो देशमा गनिने यो देशको वर्तमान जनसङ्ख्या ५,२९,८१,९९१ छ। ११ वटा सरकारी भाषा बोलिने, लेखिने यस देशलाई २७९८ कि.मी पानीले घेरेको छ। एटलाण्टीक तथा इण्डियन ओसनले परिवेष्ठित दक्षिण अफ्रीकाले युरोपियनलाई सन् १४८७ बाट नै लोभ्याउन थाल्यो। पोर्र्चुगिजहरूको अवतरणपछि विस्तारै डचहरू आउन थाले। उनीहरूले इण्डोनेसिया र भारतबाट नोकरहरू त्यहाँ लगे। त्यहाँका आदिवासी जोसा र जुलुलाई दबाए, हिरा र सुन खानी आफ्नो हात पारे। यस्ले गर्दा युरोपियनहरूमा त्यहाँ जाने र बहुमूल्य वस्तु हत्याउने प्रतिस्पर्धा बढ्यो र बृटिशरहरूको आँखा लाग्यो। बृटिशहरूले केप टाउन कब्जा गरे। विस्तारै विस्तारै अन्य युरोपियनहरूलाई पनि हराएर बृटिशहरूले आफ्नो आधिपत्य कायम गरेका हुन्। सुका लिडरको नेतृत्वमा सङ्र्घर्ष गर्दागर्दै अफ्रीकीहरू एकीकृत हुँदै जाँदा सन् १९६१ मा स्वतन्त्र भएको दक्षिण अफ्रीका केबल गोरेहरूको मात्र देश भएको थियो। कालेहरूको कुनै अधिकार थिएन। मत दिने अधिकारको कुरा त परै रहोस् देशको हरेक क्षेत्रमा काला जातिहरू पशु समान भएर बस्नुपरेको थियो। यही विडम्बना तोड्न नेल्सन मण्डेलाले आफ्नो जीवन उर्त्र्सग गरेका हुन्।

यस देशमा इन्थाका, जुलु, गोरा र इण्डियनको बस्ती छ। कालाहरूको संख्या ७९.२ प्रतिशत, रंगीनहरूको ८.९ प्रतिशत गोरे ८.९ प्रतिशत र भारतीयहरू २.५ प्रतिशत र अन्य ०.५ प्रतिशत गरी एउटा राष्ट्रको रूपमा पहिचान भएको यस देशको कार्यकारी राजधानी, न्यायसम्बन्धी राजधानी र व्यवस्थापकीय राजधानी बेग्लाबेग्लै ठाउँमा रहेका छन्। देशको राजधानी भने प्रिटोरिया हो। यहाँ अपर हाउस (नेशनल काउन्सिल प्रोभिन्स) र लोअर हाउस (नेशनल एसम्ली) गरी द्विसदनात्मक व्यवस्था रहेको छ।

यसै देशको सन् १९४४ देखि ५ वर्ष राष्ट्रपति रहेका सफल राजनीतिज्ञ तथा असफल गृहस्थीका रूपमा चर्चित नेल्सन मण्डेलाको अन्तिम संस्कार उनकै पैतृक गाउँ कुनुमा हुने भएको छ। दक्षिण अफ्रीकाको संसदले विशेष सत्र बोलाएर मण्डेलाको स्मृति सभा सम्पन्न गरेको छ। डिसेम्बर १०-२०१३ मा सम्पन्न उक्त स्मृति सभामा विश्वका ९१ देशका राष्ट्र प्रमुखहरू, १० पूर्व राष्ट्र प्रमुखहरू ८६ प्रतिनिधि मण्डल र ७५ विशिष्ट महानुभावसहित लाखौं देशी विदेशी उपस्थित हुनुभएको थियो। नेपालबाट परराष्ट्र मन्त्रीको नेतृत्वमा एक प्रतिनिधि मण्डल गएको छ।

यस सर्न्दर्भमा मण्डेलालाई सम्झी रहँदा महात्मा गान्धी, दलई लामा, मिखाइल गोर्वाचोभ, मदर टेरेसा, लेक वालेसा, मार्टिन लुथर कि· र आँग सा· सुकीको पनि स्मरण हुनु कुनै अनौठो कुरा होइन। सन् १८९३ देखि १९१४ सम्म महात्मा गान्धी दक्षिण अफ्रीकामा वकालत र एउटा पत्रिका चलाएर बस्दथे। मण्डेलाको जीवनमा गान्धीको ठूलो प्रभाव परेको कुरा उनका जीवनी लेखक एंथोनी होम्पसनले भनेका छन्।

दक्षिण अफ्रीकी राजधानी प्रिटोरियाको युनियन विल्डिङमा १६ डिसेम्बर २०१३ मा हुन गैरहेको मेलमिलाप दिवसको अवसरमा हाम्रा सम्झनाका शब्दहरू पनि त्यहाँको स्क्रीनमा तरङ्गीत होउन, श्रद्धाञ्जली विश्वदूत नेल्सन मण्डेलालाई।

Related News

सम्बन्धित समाचार

hero news full width