व्यवहारिक पीडा

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७३

दिन रिसाएको थियो। आकास रिसाएको मुद्रामा कालो, निलो मुहार बनाएको थियो। यस्तो लाग्थ्यो, अब के हुन्छ – मौसम यति विध्न प्रतिकूल पहिले कहिल्यै लागेको थिएन या बिर्सिए। अनायास गड्यारू गर्‍यो, माथि कता हो कता। द्वन्द्व काल सम्झना दिलाउने आवाजले मुटु हल्लियो। मन त्यसै-त्यसै डरायो। आमाले भन्नुभो-’असिना पर्छ कि क्या हो ?’

‘यस्तो डरलाग्दो प्रकृति भइरहनभन्दा त जे परे पनि छिटो परे हुने थियो’-मैले अधैर्यतापूर्वक भने। म परिणाम भोगेर आफ्नो अवस्था निर्धारण गर्न चाहन्थे। जे-जस्तो भए पनि सहनै त पर्छ। तर मैले सोचेजस्तो रत्तिभर भएन। दक्षिणतिरबाट विसङ्गत हावा आयो। एक्कासी बाँसको बोट, टेनल र घरमा ठोक्कियो। घरनजिकको लिची, मेवा र कपुरको बोटको आज नै रहेछ अन्तिम मितिजस्तो लाग्यो। त्यसरी एक फेरि मुस्िलएर आएको हावा क्षणभरमा थामियो। दोहोरिदैन होल भन्ने लागेको थियो हुण्डरी, फेरि उही प्रकृतिको। अझै बलवान र वेगवान हावा पखेटा फिँजाएर आयो। घरको छानो उडाउला-उडाउला जस्तो गर्‍यो। मैले धन्सारमा रहेको पाल सम्झिएँ, भूकम्प पीडित र आफ्नो हालत एउटै हुने स्थिति सम्झिएँ। घरको छानो त हावाले उक्काउन सकेन। बारीका दुर्इ टनेल भने सलक्क ढलेछन्।

सायद नियतिको मनसाय त्यतिमा सिमित थिएन। असिना पर्न थाल्यो। अहो ∕ कति ठूला असिना। हयाङ्जाली आलुका दानाजत्रा। पहिला फुक्का असिना बर्बर्र्ती र्छन थाल्यो। टिन छेडिएलाजस्तो गरी। मलाई लाग्यो, यसले तरकारी बारीको नामोनिसान राख्ने भएन।

बा घरमा हुनुहुन्थ्यो। बजार जानु भएको थियो। श्रीमती मकै गोड्ने मेला गएकी थिइन्। घरमा जहान सबै भएको भए पनि अलिकति आड, आधार हुन्थ्यो कि ∕ आमा र म पिढीँमा बसेर असिनाको मनपरीतन्त्र हेरिरÞयौं। त्यति बेला मैले सम्झँे, सानो छँदा असिनाको गेडा बहिनीहरूका पिठयुमा छिराइदिने, बरफसँग दाँजेर मुखमा हाल्ने, हातमा लिएर चिसोपनको महसुस गर्ने, साथीहरूलाई असिनाले हान्ने या हानाहान गरिन्थ्यो। तर अहिले त्यस्ता रमाइला अनुभवबाट म कोसौं टाढा थिएँ। घरायसी जिम्मेवारी बोधले असिना अप्रिय ब्रजपात बनेको थियो। त्यहीँनेर एउटा तीतो अनुभूति झ्

मैले आमालाई सरसर्ती हेरेँ। असिना पर्नुअघि आकासमा देखिएको कालो, निलो रङ उहाँको अनुहारमा छरप्रस्ट थियो। त्यसै चुक, अमिलो पोखिएजस्तो। जसले बारीमा रोपिएका उहाँका वर्वाद भएका सपनालाई सङ्केत गथ्यो। मलाई लाग्यो, आमा केही बोल्नु भए हुन्थ्यो। कमसेकम पीडाको मात्रा अलिकति भए नि घट्ने थियो। अनुहारको कालो बादल पनि फार्ने थियो कि – आमाले लामो सुस्केरा हाल्नुभो र सुस्तरी फुसफुसाउनु भयो, ‘अब केही बाँकी रहेन। सब सोत्राम् भयो। कस्तो पापी समय आयो।’

हाम्रो घरको गुजारा बेचेर चल्थ्यो। यसो भन्दा लाभन्दा गर्व नै लाग्छ। ता कि स्वावलम्बीपनले जहिले पनि स्वाभिमानको पाठ पठाउँछ। छल, कपट, ठाँट पो लाज, समका कुरा हुन्। हामी बारीमा मेहनत रोप्छौं, पसिना सिञ्चिन्छौं र पौरख फलाउँछौ। अनि बजारमा लगेर बेच्छौं। यसरी नै हाम्रो घर, व्यवहार चलेको, दौडेको छ। चैत, बैशाखमा रुखका पात झरेर वन उजाड होला तर हाम्रो बारी मौसम अनुकूल हरियो हुन्छ। फुल्छ/फल्छ। अहिले पनि थाक्रामा काक्रो, घिरौला, लौका आदि उक्लदै छन्। सिमीका बोट झा·एिर फुलेका र फलेका थिए। बारीका एउटा कुनामा बेमौसमी तरकारी काउली र बन्दा हुर्किएका थिए। धनिया, लसुन र प्याजका बोटले छुटै हरियालीको छनक दिएको थियो। सबै बोटविरुवा, फलफूललाई गोर्खाली सिपाहीले झै निसाना लगायो दैवले। फल धुजा भए, फूल थिलोथिलो।

असिना बिदो भएपछि आमा र म सँगसँगै बारीमा पुग्यौं। परीक्षाफल थाह पाउन गएको मिहनती विद्यार्थीझैं। यता-उता डुल्यौं। सबै विध्वंस, केही चिज सग्लो थिएन। यतिसम्म कि अलिपर रहेका रुखका बोक्रासमेत चोइटिएका। आमाले भन्नुभयो, ‘किसानलाई त केही छैन, बरु सानो भए पनि जागिर नै ठीक।’

मलाई आमाको कुराले च्वास्स घोच्यो, वनको काँडाले पाइतालामा झैं। आफ्नो असफलताप्रति आफैँलाई टीठ लाग्यो। सम्झे ती दिन जुन बेला म पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक पढ्दै थिए। जुन बेला मेरा लमजुङ, तनहुँ, पर्वत र स्याङ्जाका साथीहरू लोकसेवाको तयारीमा थिए। घन घोटी बन्चरोको पद्धतिले पढेका थिए। कतिपय सफल भए। अहिले मेरा साथीहरूले प्रशासन चलाएका छन्। सरकारी जागिरलाई लरतरो ठानेको आफू भने असफलताका अन्तिम सिँढी जीवन नामको बोझिलो जिनिश लिएर हिँडिरहेको छु। कंक्रिट सरहको समयमाथि सघर्ंष्ा गरिरहेको छु। कहिलेकाँही आफैंमा स्वस्फूत हुने असन्तुष्टि र अपूर्णताले मनलाई प्रभावित पार्छ। कहिलेकाँही अभावले सृजना हुने असफलताको धङधङीले भित्र-भित्रै कोक्याउँछ। सोच्छु, बाबुआमाको आशा र भरोसामा मैले अन्याय गरेँ। मैले पनि तीनै साथीको जसरी लोक सेवा दिन किन सकिनँ – के कमी थियो र, मेरो बडे मानको टाउकोमा – यदि बेलैमा जीवन अनुकूलको शुभचिन्ता ममा भइदिएको भए, अहिले त्यस्तो दुख्याहा कर्मबाट म मुक्त हुन्थे। भन्नाले, आमाको त्यस्तो गथासोले मन बिच्किने थिएन। खैर जीवन हो, बोक्नु, थाम्नु र चलाउनुको विकल्प छैन। मैले डेट एक्स्पायर औषधीले रोग थामे जसरी मन थाम्ने प्रयास गरेँ।

‘टनेलका खाँबा त दह्रै थिए, कस्तरी लडे होलान्’, मैले नियतिकेा विरोध गर्दै भने। ‘मुख्य भर यही टनेलको थियो क्यारे। अब कसरी बनाउने हो। एउटा बाँसको पाँच सय लिन्छन्’ आमाले निराशाजनक तवरले भन्नुभयो।

बजार जानु भएको बुबा पनि आउनुभयो। उहाँ सरासर बारीतर्फ आउनुभयो। जहाँ म र आमा सन्तप्त अवस्थामा गुज्रेका थियौ। ‘हत्तेरिका टनेल पनि लडेछन्’, उहाँले पहिलो विज्ञप्ति निकाल्नुभयो। सायद गोलभेडा खेती नै आम्दानीको प्रमुख र आकर्षक स्रोत भएर होला, उहाँको अन्य तरकारीका बोटविरुवामा ध्यान नगएको। यताउति अध्ययन र अनुगमन गरेपछि भनि भन्नुभयो, ‘सब खत्तम पारेछ, भूकम्पले बल्लबल्ल जोगिएको थियो, असिनाले निमासै पार्‍यो, यो वर्ष त कस्तो शनि, संकटको वर्ष रहेछ। अनिकाल पो पर्छ किझ्’

‘असाध्यै घाती हुँदो रहेछ यो असिनाको  जात। हिजो दुर्इ बोट काउली गौराको गाईले खाँदा कति गाली गरेकी थिएँ। छोरीले फर्सीलैजान्छु भन्दा अलि साना छन्, पछि लैजालिस् भनेँ। आज सबै बारी धुली मैदान पार्‍यो। के गर्ने धर्ती जसरी सहनुपदो रहेछ’-आमाले नरमाइलो मान्दै भन्नुभयो।

‘कस्सो अस्ति टनेलको प्लाष्टिक झिकिएछ नत्र कत्रो खति हुने’, बाले अलिकति खुशी मानेझैँ गर्नुभो।

त्यसपछि बा घरतिर लम्किनु भयो। आमा बारीमै थचक्क बस्नुभयो। बोझ थाम्न नसकेझँै गरी। मैले वारीतिर एकपल्ट फेरि आँखा डुलाएँ। लसुन, प्याज र धनिया माटोमा मिलेका थिए। काउली, बन्दा र फर्सीछियाछिया परेका थिए। काक्रा, करेला, घिरौलालगायत थाक्रोबाट चुडिएका थिए, बेनियमसँग तलतिर झुण्डिएका थिए। सद्धे र सग्लो कुनै तरकारी थिएन। सम्झेँ, कति खटिएका थियौ, बारीमा हामी सबै। कुनै दिन त खाना खाएर बारीको काममा निस्केर बेलुकामात्र फर्किन्थ्यौ। मल र्छर्नु, खन्नु, गोड्नु, थाक्रा गाड्नु हाम्रो दैनिकी हुन्थ्यो।

यसो त खेती भन्नु नै दुःखको पर्याय हो। त्यति ठूला सपना नहोलान् तरकारी खेती लाउँदाका तर गुजाराका लागि प्रयाप्त थिए र छन्। आखिर आ-आफ्नै स्तरले गुजारा गर्नु त हो जीवन। हाम्रो घरको एकमात्र गुजाराको स्रोत तरकारी खेती त्यसरी असिनाले निमिटयान्न पार्दा बाआमामा व्यवहारिक पीडा थियो, म पनि त्यो पीडाबाट अछुतो थिइनँ।

Related News

सम्बन्धित समाचार

hero news full width