युवाकवि मोतीराम भट्ट एक चिनारी

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७४

नेपाली साहित्यका मोती मानिने युवाकवि मोतीराम भट्टको जन्म वि.सं. १९२३ भदौ ५गते कृष्णऔंसीका दिन काठमाडौंको भोसिको टोलमा भएको थियो। उनको पिताको नाम दयाराम भट्ट र माताको नाम रिपुमर्दिनी देवी हो। छः वर्षको उमेरमा नै उनी आमासँग काशीको बनारसमा गएर पढ्ने अवसर पाएका थिए। उनी आठ वर्ष पुग्दा काशीमा नै उनको व्रतबन्ध भयो। व्रतबन्ध भएपछि पनि उनी उतै बसेर संस्कृत र फारसी भाषा पढ्न थाले। वि.सं. १९३७ मा उनी काठमाडौंमा फर्के। त्यसबेला त्यसबखतको रीतिथितिबमोजिम उनको विवाह भयो। त्यसपछि उनी सपत्नी काशीको बनारसमा नै गए र त्यही अङ्ग्रेजी शिक्षा पढ्न थाले। मसिनो र सुरिलो स्वर भएका मोतीरामले बनारसमा बस्ता गितार बजाउन र गीत गाउन पनि सिक्न थाले। त्यसको सात-आठ वर्षपछि उनी काठमाडौंमा आउँछन् र यतै पढ्न थाल्छन्। उनले पढेका विद्यालयमा काशीको हरिश्चन्द्र स्कुल र काठमाडौं दरबार हाइस्कुल हुन्। यी दुर्इ विद्यालय त्यतिबेलाका प्रमुख थिए। शिक्षामा एम. ए. सम्मको अध्ययन गरेका युवक कवि मोतीराम भट्टले नेपाली भाषा बाहेक संस्कृत, अङ्ग्रेजी र फारसी पढेका थिए। उर्दू, हिन्दी, बङ्गाली र नेवारी भाषामा पनि उनी दख्खल थिए। किशोर अवस्थादेखि नै साहित्यमा रूचि राख्ने युवककवि मोतीलाई नेपाली साहित्यकाशको ज्योति मानिन्छ।

नेपाली साहित्यमा भक्तिधारालाई बिदा दिएर श्रृङ्गारिक धारालाई आमन्त्रण, प्रवर्तन र प्रवर्द्धन गर्ने युवककवि मोतीराम भट्टका तीन दर्जन प्रकाशित साहित्यिक कृति र आधादर्जन बढी अप्रकाशित छन्। तीमध्ये पिकदूत, प्रल्हाद भक्तिकथा, गजेन्द्रमोक्ष, उषाचरित्र, प्रियदर्शिका नाटिका, भानुभक्त आर्चायको जीवन चरित्र र मोतीराम भट्टका गजलहरू ज्यादै लोकप्रिय छन्। उनले गद्य र पद्य दुवै विधामा कलम चलाएर आफ्नो प्रतिभाको जादु देखाएर गएका छन्। ज्यादै सरल, शान्त र सहृदयी प्रवृत्तिका मोतीराम भट्टले वि.सं. १९४८ मा सबभन्दा पहिले भानुभक्तलाई आदिकवि भनेर सम्बोधन गरेका थिए। उतिबेला नै उनको गद्य लेखन ज्यादै राम्रो परिष्कृत र उच्चस्तरीय थियो जसको एउटा उदाहरण -“गोर्खा भाषामा हुन त धेरै नामका कवि, भानुभक्तभन्दा पहिला भए तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्।” यसरी मोतीराम भट्टले सर्वप्रथम भानुभक्तको जीवनी लेखेर अन्धकारमा लुकेका भानुलाई सारा नेपाली जनसमक्ष उज्यालोमा ल्याएका थिए। युवककवि मोतीराम भट्टले भक्तिधारामा पनि कविता लेखेको पाइन्छ, जस्तै ?

“यता हेर्‍यो यतै मेरो नजर्मा राम प्यारा छन्,

उता हेर्‍यो उतै मेरा नजरमा राम प्यारा हुन्।”

तर पछि यिनले नेपाली साहित्यमा श्रृङ्गारिक धारालाई नै आत्मसात् गरी युग नै परिर्वतन गरेका थिए।

हिन्दी साहित्यकार हरिश्चन्द्रबाट प्रभावित मोतीराम भट्टको पद्य लेखन अझ सुन्दर   पाइन्छ। त्यसको प्रमाणका लागि उनका केही कविता यहाँ प्रस्तुत गरिन्छ। उनको आफ्नो मातृभूम्रि्रति लेखिएको एक टुक्रा कविता-

“अचल् झन्डा फकोर्स् फरफर गरी कान्तिपुरीमा।

रिपुको मन थकोर्स्  थरथर गरी छीन घडीमा।।

यवन्ले राज् गर्दा कति पतित हिन्दूस्थल भयो।

फगत् यो नेपालको मुलुक बचि कञ्चन् रहिगयो।।”

नेपाली काव्यजगत्मा मोतीराम भट्टले सर्वप्रथम नेपाली साहित्यमा गजल र समस्यापूर्र्ति जस्ता नौला काव्य विधाको प्रवेश गराएको पाइन्छ। श्रृङ्गार रसमा यिनले लेखेको एक टुक्रा गजलको नमूना यसमा उद्धृत गरिन्छ –

“दुर्इ अँखिभौं तयार छन्, तरवार पो किन चाहियो।

तिमी आफू मालिक भै गयौ, सरकार पो किन चाहियो।।”

युवककवि मोतीराम भट्टका कवितामा नारी सौर्न्दर्यको मात्र होइन, प्राकृतिक सौन्द्रयको वर्ण पनि ज्यादै राम्रो पाइन्छ, जस्तैः-

“घनो क्वै एक् ज·ल रूख- रूख चढ्याका ति लहरा।

नजर्गर्दा अल्गा गढिसरि खडा जो छ पहरा।।

झरक् झर्झर्झर्झर्झरझर गरी र्झछ छहरा।

चुटुक्का भूचुक्का गरि झुलिझुली बोल्दछ चरा।।”

साथै उनका कवितामा सुधारको सन्देश पनि पाइन्छ, जस्तैः-

“गाली गर्नुहओस् बरू म सहुँला, अपशोच् नमानी रति।

जुन् जूवाकन खोलि श्रेय नहुन्या, क्या खेल्नु घुडाँ घसी।।”

यसरी युवककवि मातीराम भट्टले गीत, गजल र कविता लेखे। नाटक पनि लेखे। साथै नेपाली साहित्यमा सर्वप्रथम समीक्षाको श्रीगणेश पनि गरे। उनले नै आफ्ना पालामा सर्वप्रथम मोतीकृष्ण पुस्तकालयको स्थापना गरे। यसका साथै पाशुपत छापाखाना खोले र नेपाली भाषाको पहिलो गोरखा भारत जीवन नामक पत्रिका निकाले।

यस्ता नेपाली भाषा-साहित्यका साधक युवककवि मोतीराम भट्टको निधन वि.सं. १९५३ मा अर्थात् उनी जुन दिन जन्मिएका थिए ठीक त्यही भदौ कुशेऔसींका दिन काठमाडौंमा भयो। आफूले संसार छाड्ने बेलामा उनले आफ्नी आमालाई भनेका थिए रे “मेरा सन्तान भएनन् भन्ने हजूरलाई ठूलो अपशोच थियो। यसमा पनि गजेन्द्रमोक्ष, प्रल्हादभक्ति  आदि गरिएका म देखि पैदा भएका जति ग्रन्थ छन् ती नै मेरा अमर सन्तान् हुन्। ….. तिनीहरू ता कल्पान्तजीवी हुन्। …. मैले पढेका जति किताब छन्, तिनबाट कसैको उपकार हुन्छ भने उपकारै गरी बक्सिएला, …. कुनै लाइबेरीमा राखी दिने बन्दोबस्त हुन सक्तछ भनेे त्यसै गरी दिए पनि हुन्छ,… जसबाट मैले अनेक ज्ञान पाएँ, तिनलाई ब्रि्री गरी खानु तिनको बेइज्जती गर्नु हो।” यसका साथै उनले आमालाई आÇना कृति दिदैँ भनेका थिए रे “पर्छे यी कविता शरण सकलका पालन गरून्   प्रीतिले।” जम्मा ३०वर्षको अल्पायुमै भए पनि नेपाली भाषा साहित्यलाई युवककवि मोतीराम भट्टले धेरै धनी बनाएर गए। आफू बाँचुञ्जेल उनले नेपाली साहित्यका ज्यादै ठूला र महत्त्वपूर्ण कार्यहरू गरेका छन्। उनी हाम्रा राष्ट्रिय विभूति हुन्। आज उनी भौतिक रूपमा हामी माझ नभए पनि, उनी आफ्ना कृतिहरूबीच बाँचिरहनेछ। नेपाल र नेपालीले उनलाई कहिल्यै बिर्सने छैनन्।

Related News

सम्बन्धित समाचार

hero news full width