मानव जातिको विकास, धर्म र संस्कृति : एक चर्चा

आदर्श समाज सम्वाददाता
असार १०, २०७३

मानव जातिका पूर्खा बाँदर हुन् भन्ने कुरा मानव शास्त्रीहरुले प्रमाणित गरिसकेका छन्। आज भन्दा कराडौं वर्ष पहिले अफ्रिकाको घनघोर जङ्गलमा पुच्छर बिहिन बाँदरको समुहको विकसित रुप देखियो। त्यही बाँदरको समुह अर्ध मानव हुँदै पूर्ण मानवमा विकास भयो। बाँदर समूह अर्ध मानव समूह हुँदै पूर्ण मानवमा विकास हुँदा हजारौं वर्ष बितिसकेका थिए। तिनै समूहहरु आहाराको खोजी गर्ने क्रममा संसार भरि फैलिए। विस्तारै विस्तारै तिनीहरुको मष्तिस्कको पनि विकास हुँदै गयो। विभिन्न ठाँउको जलवायू अनुकूल उनीहरुको शारीरिक बनावट बन्यो। आज संसारमा जति पनि मानव जातिहरु छन् तिनीहरुको शारीरिक बनावट, रुप, रङ्ग तत् तत् ठाँउको हावा पानीकै प्रभाव रहेको कुरा स्पस्ट छ।

यसरी नै आहार र उर्वर भूमिको खोजी गर्दै हिड्ने क्रममा एउटा मानव समूह उत्तर तर्फ लाग्यो र युरोप हुँदै भारतको गङ्गा मैदानमा आइपुग्यो। त्यो समूहले आफुलाई आष्टो द्रविड समूह भन्दथ्यो। त्यो समूहले सिन्धुघाँटीमा प्रवेश गरे पछि ठूलो भौतिक उन्नति गर्यो। त्यहँा महान सभ्यताको विकास भयो। जुन सभ्यता हरप्पा र मोहन जोदारो नामले इतिहासमा प्रशिद्ध छ। यसरी नै लामो समयको अन्तरालमा आहार र उर्वर भूमिको खोजी गर्ने क्रममा पछि छुटेको अको समूह त्यही महान सभ्याताको विकास भएको सिन्धु मैदानमा आइ पुग्यो। त्यो समूहले आफूलाई आर्य समूह भन्दथ्यो। त्यो सिन्धु मैदानमा भएको अद्भूत भौतिक उन्नति देखेर त्यो आर्य समूह अन्त्यन्त लालायित भयो। त्यो आर्य समूहले आष्टो द्रविडमाथि आक्रमण गर्न थाल्यो। अर्काको उन्नति माथि आक्रमण गर्ने आर्यहरुलाई आष्टो द्रविडहरुले जङ्गली मानव भनेर आरोप लगाए। आर्यहरुले आष्टो द्रविडहरुलाई असुर -दानव) भनेर आरोप लगाए। यी दुर्इ समूह वीच ठूलो तनावको स्थिति पैदा भयो। त्यति बेलानी आर्यहरु मात्र आष्टो द्रविडहरुसँग लडेर जित्ने शक्ति उनिहरुमा थिएन। त्यसैले आर्यहरुले सहयोग जुटाउन लागे। हालको इरानमा त्यतिबेला इन्द्र राज्य गथे। हालको हिमालय प्रदेशमा शिवको राज्य थियो। हालको तिब्बतमा विष्णु राज्य थियो। आर्यहरुले इन्द्र, विष्णु र शिवलाई गुहारे। उनीहरुले  आर्यलाई सहयोग गरे। आर्यहरुले इन्द्र, विष्णु र शिवलाई सोमरस -उत्तम रक्सी) ले खूव स्वागत गरे। सोमरस उनीहरुको प्रिय खाद्य बस्तु थियो। त्यस पछि त्यहाँ आर्य र आष्टो द्रविडहरुको विचमा घमासान लर्डाई भयो। इन्द्रले आष्टो द्रविडहरुका कैयांैलाई दास बनाए। कैयौं भागेर दक्षिण भारततिर लागे। दक्षिण भारतमा अहिले पनि तिनै आष्टो द्रविडहरुका वशंहरु रहेको इतिहासकारहरु बताउछन्। तिनै आर्य र आष्टो द्रविडहरु वीचको युद्धलाई पुराणहरुमा देवता र दानवहरुको लर्डाई भनेर वर्णय गरिएको छ।

त्यति बेलै एकथरी आर्यअरुले ऋग्वेद, यजुर्वेद,सामवेद र अथर्व वेदको रचना -सङ्कलन) गरे। वेद सङ्कलन गर्ने आर्यहरु वैदिन आर्य भनिन थाले।वेद अपौरुषेय ग्रन्थ भनिन्छ। ऋग्वेदका रिचाहरु त्यतिबेला गाइने लोक गीत थिए। तिनै लोक गीतलाई ऋषिहरुले सङ्कलन गरेर वेद तयार गरे। ऋग्वेद प्रार्थनाको सँगालो हो भने यजुर्वेद यज्ञको विधि, सामवेद यज्ञको सुरक्षा विधि र अर्थव वेद कर्मकाण्ड, जादू,सम्मोहन र वसिकरण विधिमा आधारित छ भनिन्छ। त्यस पछि आर्यहरुले पुराणहरु र स्मृति ग्रन्थहरु तयार गरे। वैदिक कालमा कुनै जात, वर्णयव्यवस्था थिएन। आर्यहरुले आफूलाई हिन्दु भन्न थाले। पछि हिन्दु धर्मको उद्य भयो। तिनै वैदिक आर्यहरु विस्तारै विस्तार हुँदै गए र भारतबाट नेपालमा प्रवेश गरे। मुसलमानहरु पनि तिनै वैदिक आर्यका शाखा सन्तान हुन्।सुद्र भनिने कामी, दमाई, पोडे, च्यामे आदि पनि आर्य नै हुन्। एकथरि युरोपबाट पश्चिम नेपाल प्रवेश गर्ने आर्य खस समुदाय छन्। आर्य खस आर्य संस्कृति मान्दछन् भने खस चाही मतवाली मटरो पूजक हुन्। उत्तर तर्फबाट नेपालमा प्रवेश गर्ने गुरुङ, मगर, राई, लिम्वु, तामाङ, सेर्पा मङ्गोलियन हुन्। वैदिक आर्यहरुसँग हारे पछि आष्टो द्रविडहरु चारैतिर फैलिने क्रममा तिनका सन्तानहरु धेरै समय पछि नेपालमा प्रवेश गरे। यसरी नेपालमा धेरै जात जातीहरुको संमिश्रण हुन पुगेको छ। संस्कृति पनि अलग अलग छ।

हरेक समूहहरुले आ आफ्नो संस्कार, सस्कृतिको विकास गर्ने क्रममा वैदिक आर्यहरुले पनि आफ्नो संस्कार र संस्कृतिको विकास गर्दै गए। कालान्तरमा निश्चित उदेश्य साथ समाजलाई ब्राहृमण, क्षेत्री, वैश्य र सुद्र गरी चार वर्णया विभाजन गरियो। श्रमको विभाजन सँगै वर्गको उद्येय भयो। एकातिर डर -भय) थियो भने अर्कातिर समाज नियन्त्रण गर्नु थियो। यसैलेर्र् इश्वरको कल्पना गरियो। पर जन्म, पूर्वजन्म, पाप पुण्यको साछी भनियो। पूर्वजुनीको तपस्याले नै मालिक र दास हुने उल्लेख गरी शास्त्र, विधि विधान रचना गरियो। गरुड पुराण यसै विधि विधान मध्येको एउटा विधान हो।

वैदिक आर्यहरुले जन्मेदेखि मृत्यु सम्मका १.गर्भधान, २.रसवाहन, ३.भीमन्तोनयन, ४.जात कर्म, ५. नामकरण, ६.निष्क्रमण, ७.अन्नप्रासन, ८.चूडाकर्म ९.कर्णयेद, १०.विद्यारम्भ, ११.उपनयन, १२.वेदारम्भ,१३.केशान्त, १४.समावर्तन, १५.विवाह, १६.अन्त्यष्ठी गरी १६ संस्कारको आविष्कार गरेका छन्। यस्ता संस्कारहरु अन्य जातीहरुमा पनि प्रचलित छन् तर एक जातीसंस्कारहरु आको जातिसँग ठ्याक्कै मेल खादैनन्। वैदिक आर्यहरुले मान्दै आएका छुवाछुत, भेदभाव, निच उच आदि विषयहरु त ऐलेको सम्विधानले पनि दण्डनीय बनाएको छ। ती गाईको खुर जति टुप्पी राख्नु पर्ने, वलीवसुदेव गर्नु पर्ने, पाञ्चायन पुज्नु पर्ने, जप -गायत्री) गर्नु पर्ने आदिकुराहरु क्रमश छाडिदै गएका छन्। उपर्युक्त सोह्र संस्कार मध्ये मृत्यु संस्कार बाहेक अन्य संस्कारहरु कतिले गर्छन कतिले गर्दैनन खासै त्यसमा कसैले चासो राख्दैन। प्राय छोडिदै गएका छन्।

वेद पढ्ने र गायत्री मन्त्र जप्ने अधिकार केवल व्राह्मणको मात्र हो भन्ने अति भेदभावपूर्ण सामन्ती सोचले व्राह्मण बाहेक अरु क्षेत्री,वैश्य र सुद्रलाई ज्ञान आर्जन गर्नबाट वञ्चित गराईयो। अहिले कानुनत त्यो बन्देज हटेको छ। प्रथमत सम्पूण्ा मानव जाति एक हो र त्यस पछि मात्र जात जाती हो। हरेक कुरा समय सापेक्ष हुन्छ। हिजो जित्ने मालिक भए। हार्ने दास भए। भनिन्छ जित्नेको मात्र इतिहास लेखिन्छ। दास माथि अनेक बार, बन्देज, दमन उत्पीडन अबको मानव समाजमा पाच्य कसरी हुनसक्छ ? समाजकै चाहना, सोच र सङघर्षबाट परिवर्तन हुन्छ। जो भइरहेको छ।

संस्कार र संस्कृति भनेका जीवन पद्धति हुन्। ती पनि समय सापेक्ष परिर्वतन हुन्छन्। समाजमा तीन थरी सोच भएका मानिस हुन्छन्। एक यथास्थितिवादी दुइ सुधारवादी र तीन क्रान्तिकारी। परम्पराबाट चल्दै आएका संस्कार, संस्कृतिलाई पटक्कै छाड्न हुन्न भन्ने रुढीवादी, प्रत्ययवादी मानसिकता भएका मानिसहरु यथास्थितिवादी हुन्। उनीहरुबाट परिवर्तनको क्रान्ति पनि आशा गर्न सकिन्न। तथापि यिनीहरुले पनि कतिपय परम्परागत संस्कारका कुराहरु छाड्दै आएका छन्। समय सापेक्ष केहि सुधार गर्दै जानुपर्छ भनेर सोच राख्ने सुधारको माग गर्दछन्। सम्पूण्ा कुरामा आमूल परिवर्तन गर्नु पर्छ तब मात्र मानव समाजको गति अघि बढ्छ। रुढीवादी परम्परा र संस्कार नै प्रगतिका वाधक हुन्। भौतिक जगत नै यर्थाथ र सत्य हो भन्ने सोच राख्ने क्रान्तिकारी जीवनवादी हुन्।

मृत्यु संस्कार हाम्रो समाजमा अलि जटिल प्रकारको रहेको छ। धर्म, रुढीगत मान्यताले पनि यसलाई जटिल बनाएको छ। नभएको स्र्वर्ग, नर्क, पूर्वजन्म, पर जन्मले पनि घर गरेको छ। जीवीत छदाँ वास्ता नगर्ने, तिरस्कार गर्ने र बृद्धा आश्रममा लगेर छाड्ने बाबु, आमा आदिले मरे पछि पाउछन भनेर दान गर्न उक्साउने पाखण्ड गरुड पुराणको पछि लागेर ऋणमा डुब्ने र डुबाउनेलाई के भन्ने – अझै पनि हाम्रो समाजलाई अन्ध विश्वासले गाँजेकै छ। मानिसको सोच, चिन्तनमा परिर्वतन नआई अन्ध संस्कार, संस्कृतिमा परिवर्तन आउँदैन। पहिला यो संसार असत्य कि सत्य – यो बुझ्न जरुरी छ। संसार असत्य भन्ने एक थरि मत छ। संसार सत्य भन्ने अको थरि मत छ। हाम्रो अगाडि दृश्य जगत छ, र्सूय, चन्द्र, तारा, प्रकृति छ। त्यसलाई  कसरी असत्य भन्ने – हामी समाजमा छौं। समाजलाई पछि छाडेर कोही पनि अघि जान सक्दैन। पथ प्रदर्शकले समाजलाई डोर्याएरै अघि बढ्नु बान्छनीय हुन्छ। परिवर्तन एकैचोटी हुँदैन। मात्रा मात्रामा परिवर्तन भएर गुणमा परिवर्तन हुने हो। हामीले मृत्यु संस्कारलाई जटिलताबाट सरलतातिर अभिमुख गर्नु पर्छ। कोही अलि अघि बढ्छ भने पनि त्यसको खुट्टा तान्नु हुँदैन। हामीले परम्परागत भन्दै आएका धेरै प्रकारका रुढीवादी मान्यतालाई अन्ध परम्परालाई हटाउदै आएका छौ। अझै पनि हाम्रो समाजमा अनेकथरी अन्धविश्वास, रुढीवादी परम्परा, संस्कार र संस्कृति बाँकी छन्। तिनलाई पनि हटाउदै जानुपर्छ। काज क्रियालाई तेह्र दिनबाट हटाएर सात दिनमा झार्न सकिन्छ। अग्रगामी सोच राख्नेहरुले तीन दिनमा झार्छन भने पनि समाजले त्यसलाई मान्यता दिनु पर्छ। दान दक्षिणा गर्ने कुरामा सामान्य गरेर आफन्तका स्मृतिमा अक्षय कोष राख्न सकिन्छ। यसबाट समाजमा सेवा भाव जागृत हुन्छ। मुख्य कुरा त जीवीत छँदै सेवा पुर्याउनु नै हो। दान गरेर मरेका मानिसहरुले पाउछन् भन्ने कुरामा कुनै सत्यता छैन। यो त केवल अन्धविश्वास हो।

हाम्रा राजनेताहरु वी.पी कोइराला, माधव नेपाल, पुष्पकमल दाहाल, साहित्यकार खगे्रन्द्र सङ्ग्रौला समेतले बाबु आमाको क्रिया गरेनन्। कास्की जिल्लाकै सर्न्दर्भमा साहित्यकार भीम रानाभाट एवं समाजसेवी पूर्ण गिरीले परम्परागत काजक्रिया गरेनन्। स्याङजाका साहित्यकार परशुराम कोइरालाले पनि बाबुको काज क्रिया परम्परागत ढङ्गले नगरी परिमार्जन सहित गरे। कास्की कै अर्का साहित्यकार लोक बहादुर थापा मगरले पनि परिमार्जन सहितको काज क्रिया गरे। यी त केही उदाहरण मात्र हुन्। समाजमा यस्ता अग्रगामी, वैज्ञानिक सोच राख्ने अगुवाहरु धेरै छन्। हिजो बाहुनले हलो जोत्न हुन्न भन्ने समयमा बाहुनले हलो जोतेर हलो क्रान्ति ल्याए भविष्य द्रष्टाहरुले। हाम्रा यिनै अग्रगामी सोच राख्ने अगुवाहरुले लगाएको जगमा नै वैज्ञानिक सोच, चिन्तन र विचारको मन्जिल खडा गर्दै जानुनै अबको समाजको हितमा छ भन्ने कुरा सचेत नागरिकले सोच्न जरुरी छ।

Related News

सम्बन्धित समाचार

hero news full width