माओवादी स्कुलिङ् र आन्दोलन – एक चर्चा

आदर्श समाज सम्वाददाता
असार १, २०७३

यतिबेला माओवादी घटकहरूका बीचको एकीकरण सँगै माओवादी स्कुलिङ् र माओवादी आन्दोलन बारे चर्चा परिचर्चा चलिरहेका छन्। नेकपा ( माओवादी केन्द्र) निर्माणको घोषणा लगत्तै संबन्धित घटकका नेताहरूको टीम सातै प्रदेशमा प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा जुटेको छ। यसै क्रममा चार नम्बर प्रदेशको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण नाम दिईएको कार्यक्रम पनि चार नम्बर प्रदेशकै राजधानीका रुपमा अनुमान गरिएको शहर पोखरामा हालै सम्पन्न भएको छ। यस प्रदेशका साढे दसै जिल्लाबाट अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको सो कार्यक्रममा संबन्धित घटकका सबै नेताहरूले माओवादी एकताको औचित्य, आवश्यकता र अनिवार्यताबारे विभिन्न कोणबाट व्याख्या एवं विश्लेषण गरेको पाइयो। हुन पनि हो यतिबेला माओवादीहरूको एकीकरण एक ऐतिहासिक आवश्यकता नै हो भन्ने विचार देशभर फैलिएको छ। एकीकरणको शुरुवात भएको छ यो अरु सुदृढ र विस्तार हुन पनि त्यतिकै जरुरी छ भन्नेहरू पनि प्रशस्तै छन्।

त्यसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्ति विशेष मननयोग्य यो मानेमा लाग्यो कि माओवादी स्कुलिङ् र माओवादी आन्दोलनको ऐतिहासिक महत्व एवं मर्मका बारेमा विशेष रुपमा उल्लेख गरिएको थियो। माओवादी स्कुलिङ् र माओवादी आन्दोलनको शुरुवात र माओवादी एकीकरण प्रक्रिया २०४८ सालको सेरोफेरोबाट प्रारम्भ भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले हालको माओवादी एकताको औचित्य पुष्टी गर्ने प्रयत्न गर्दैगर्दा यो पंक्तिकारलाई पनि त्यतिबेलाको राजनैतिक गतिविधिले राम्रैसगं झकझक्यायो। नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन २०१९ देखि नै टुटफुट र विभाजनमा उत्रेको नेपाली कम्युनिष्ट आन्दोलनलाई नेकपा चौथो महाधिवेशन २०३१ ले एकहद सम्म सँगठित गर्ने जमको गर्‍यो। फेरी पनि चौथो महाधिवेशन, मोटो र पातलो मशालका रुपमा विभाजन भइनै रह्यो। त्यस्तै झापाका व्रि्रोही समुह पनि नेकपा माले बनेर अलगै बस्यो। एकातिर पंचायती निरञ्कुश सत्ताले नेपाली जनतामाथि निर्मम ढंगले शोषण र दमन थोपारिरहने र अर्कातिर शोषित, पीडित एवं सर्वहारा वर्गको पार्टीकम्युनिष्ट पार्टि टुटफुट र विभाजनको सिकार भैरहने वस्तुगत स्थितिलाई गम्भीरता पूवक विश्लेषण गरि २०४६ सालको आन्दोलनमा थपउर्जा प्रदानगर्ने हेतुले र्कायगत एकता गर्दै आएका माओवादी पार्टिहरूका बीच २०४७/४८ मा एकीकरण गर्दै माओवादी आन्दोलनलाई सँगठित गर्ने महान् लक्ष्यका साथ बृहत रुपमा बहस छलफल चल्दै गए।

मुलतः माओवादी स्कुलिङ् त्यहिबाट प्रारम्भ भयो। माओवाद कि माओविचारधारा भन्ने विषयले महान बहस ९न्चभबत म्भदबतभ० कै रुपलियो। अन्नतः तत्कालिन माओवादी पार्टिहरू, नेकपा मशाल, नेकपा चौथो महाधिवेशन, सर्वहरावादी श्रमिक सँगठन र व्रि्रोही मसाल गरि चार पार्टिहरूको एकतामा २०४८ सालमा एकता महाधिवेशन सम्पन्न भयो। त्यहि एकता महाधिवेशनले माओवाद भन्ने पदावलि नै उचित हुने ठहर गर्‍यो। किनकि विश्व कम्युनिष्ट आन्दोलनमा माओका योगदान सार्वभौम छन् र विशेष गरेर पिछडिएको अर्थतन्त्र भएको, अर्धसामन्ती तथा अर्धऔपनिवेशिक एवं कृषि प्रधान देशमा मार्क्सवादको प्रयोग नौलोजनवादी क्रान्ति मार्फत गर्नुपर्ने विचार संश्लेषण गरि मार्क्सवादमा थप योगदान पुर्‍याएका कारण माओवाद पदावलिले मात्र उक्त योगदानको उच्च मुल्याङ्कन हुन नसक्ने ठहर गरिएको थियो। उक्त एकता महाधिवेशनमा यो पंक्तिकार स्वयम् सहभागी भएको हुनाले यसमा कुनै द्विविधा छैन। सोही महाधिवेशनबाट आधार इलाका सहितको दीर्घकालिन जनयुद्घको नीति पारित गरि गाउँबाट शहर घेर्ने तथा स्थानीय सत्ता कब्जा गर्दै केन्द्रीय सत्ता कब्जा गर्ने नीति नै नेपालको विशिष्ठतामा उपयुक्त हुने ठहर समेत गरेको थियो।

पार्टिको नाम नै नेकपा -माओवादी) नामाकरण गरि २०५२ साल फागुन १ गतेबाट मालेमा वादलाई मार्गनिर्दैशक सिद्घान्तका रुपमा अंगिकार गरि महान जनयुद्घ प्रारम्भ गर्नुलाई माओवादी स्कुलिङ्को व्यवहारिक प्रयोग मान्नै पर्छ। माओवादी सैन्य विज्ञानको आधारमा लडिएको जनयुद्घले तीव्रता लिई छोटै समयमा उच्चता हासिल गर्न सकेको कुरा हाम्रा सामु र्छलङ्घ छ। माओवादी आन्दोलनले सयौं वर्षको केन्द्रीकृत सामन्ती राजतन्त्रको अवशान गरायो तर वर्तमान अवस्थामा पनि सामन्तवादी अवशेषहरू विद्यमान रहेकाले आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनैतिक रुपमा आमुल परिवर्तनको निमित्त सशक्त माओवादी आन्दोलनको फेरी पनि आवश्यकता खड्किएको छ। माओवादी आन्दोलनको रुप सधैं एकै प्रकारको नभई देश, काल, परिस्थितिमा निर्भर हुने कुरा नेताहरूको अभिव्यक्तिमा पाईन्छ। सो अवसरमा अध्यक्ष प्रचण्डको जोड केमा पाईयो भने अघिल्ला दशक अर्थात ५२-६२ को दशक माओवादी आन्दोलनको उत्कर्षको दशक थियो, ६२-७२ को दशक अर्थात शान्तिकालिन अवधी माओवादी आन्दोलनको टुटफुट र विभाजनको दशक बन्यो र अबको दशक अर्थात ७३-८३ को दशक माओवादी आन्दोलनको एकता, विजय र छलाङको दशक हुनेछ। यसबाट परिवर्तनकामी जनतामा आशा, भरोशा र विश्वास स्थापित हुंदै गएको छ।

चुनौतिहरू

पहिलो कुरा पूव, पश्चिम, उत्तर, दक्षिण चारतिर फर्कका माओवादी घटकहरूलाई एकैठाउँमा उभ्याउने प्रचण्डहरूले भागिरथ प्रयत्न गर्नु परेको बेहोरा स्पष्ट त छदैछ यसका साथै अन्य घटकहरू पनि एकताप्रति सकरात्मक हुनु स्वागत योग्य कुरा हो। तर यो एकता मिश्रण -ःष्हतगचभ) मात्र रहने कि रासायनिक परिवर्तन जसरी योगिक अर्थात -ऋomउयगलम) नै बन्ने प्रश्न गम्भीर छ। एकीकरण आमुल परिवर्तनलाई आत्मसात गरेर अर्थात दायित्वबोध गरेर निर्माण भयो कि लोभ, लालच एवं स्वार्थ पे्ररित भएर भयो भन्नेमा समाजका प्रबुद्घ नागरिकहरूले गहिरो गरि नियाली रहेका छन्। स्वार्थ पे्ररित हिसाबले एकीकरण भएको भए फेरी पनि टुटफुट विभाजन निम्तिने कुरा निश्चित छ। यसप्रति नेतृत्व पंक्ति सचेत रहन नितान्त जरुरी छ। साँचो अर्थमा समाज रुपान्तरणको खातिर एकीकरण भएको भए त्यो एकता स्वागत योग्य अवश्य छ। तर एक हजार एक सय जनाको महाधिवेशन आयोजक समिति  देख्दा र पात्रहरूको चेहरा हेर्दा व्यक्तिगत स्वार्थ पे्ररित एकीकरण त होइन ? भन्ने आशंका गर्ने ठाउँ प्रसस्त भेटिन्छ। निश्चित रुपमा एघार सय सबैको प्रश्न होइन तर कतिपय पात्रहरूको हकमा आवश्यक मात्रामा वैचारिक निष्ठा, राजनैतिक निरन्तरता एवं इमान्दारिता, योग्यता तथा योगदान पाउन कठिनै छ। इमान्दार कार्यकर्ताले मात्र होइन अपित शुभचिन्तकहरूले पनि यसलाइ गहिरो गरि अध्ययन गरिरहेका छन् र नेतृत्वप्रति  औला ठड्याई रहेका छन्। यसको परिणाम के कस्तो हुने हो नेतृत्व पंक्तिले बुझन जरुरी छ। हेडक्वाटरमा, स्थायी समितिमा, पोलिटब्युरोमा र आयोजक समितिमै पनि के कस्ता पात्र पुगेका छन् भन्ने कुरा नेतृत्व पंक्तिले हेक्का राख्नै पर्ला।

अको पाटो के पनि छ भने मैले ठाँउ पाइन उसले पायो भनेर भेला प्रशिक्षण समेत बहिस्कार गर्दै कार्यक्रममा सहभागी नै नहुने अको अति पनि त्यहाँ रहेछ। सो कुरा स्वयम् प्रचण्डका अभिव्यक्तिले जानकारी गरायो। यसबाट के बुझन्िछ भने एकाथरी स्वार्थ पे्ररितहरू भित्र पसेर अनि अकोर्थरि स्वार्थ पे्ररितहरू उच्च स्थान प्राप्त गर्न नपाएर रमिते बन्ने वातावरण सिर्जना हुने संभावनालाई नकार्न सकिन्न। यी दुवैथरिहरूबाट माओवादी आन्दोलनको निरन्तरताको अपेक्षा गर्ने कि नगर्ने – प्रश्न गम्भीर छ। न त स्वार्थ पे्ररित पदासिनहरूबाट माओवादी आन्दोलन सशक्त रुपमा अघि बढ्ने आशा गर्न सकिन्छ न त पद प्राप्त गर्न नपाउदा सर्वस्व गुमेको सम्झनेहरूबाट समाज रुपान्तरणको अपेक्षा गर्न सकिन्छ। लाग्दछ, यस्ता पात्रहरू माओवादी स्कूलिङ्का उपज हुन सक्दैनन्। यस्ता पात्र एवं प्रवृत्तीले केवल परिवर्तनका पक्षधर नेपाली जनताका भावाना, चाहना एवं अपेक्षा माथि बरफ मात्र बर्षाउने छन्। त्यसले यथास्थिति र प्रतिक्रियावादी तत्वहरूलाई मात्र बल पुग्नेछ।

अतः नेतृत्व पंक्तिले यस्ता यावत विषयलाई सुक्ष्म अध्ययन गरि गलत रिपोर्टमा विश्वास नगरि माओवादी एकीकरणलाई सुदृढ एवं विस्तार गर्दै माओवादी आन्दोलनलाई सँगठित रुपमा निरन्तरता दिन सके मात्र पार्टीको लक्ष्य उद्देश्य तथा राष्ट्र र जनताको आवश्यकता पुरा गर्न सक्नेछ। यो अत्यन्त चुनौती पूर्ण कार्य हो फेरी पनि दृढतापूवक अघि बढ्न सके सफलता अवश्यमभावी छ।

Related News

सम्बन्धित समाचार

hero news full width